गुल्मी । नेकपा (एमाले)का उप–महासचिव प्रदिव ज्ञवालीले धेरै प्रतिकुलताकोबिच देश बन्दै गरेको बताएका छन् । एमाले धुर्कोट गाउँ कमिटीको आयोजनामा बोमबहादुर–टोमलाल स्मृति प्रतिष्ठानको भवन उद्घाटन गर्दै ज्ञवालीले व्यावस्थाको प्रतिकुलता चाहने शक्तिले देश बन्दैन भनेर भ्रम छरे पनि प्रतिकुलताबिच देश बन्दै गएको बताएका छन् ।
एमालेले समृद्ध मुलुक निर्माणको संकल्प बोकेकाले ज्ञवालीले सडक, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायतका थुप्रै क्षेत्रमा सरकारले काम गरिरहेको बताए । उनले विकास निर्माणको जग बसाउने तथा सामाजिक अभियान्ता स्वर्गीय टोमलाल पाण्डे र बोमबहादुर खड्काको प्रशंसा गर्दै धेरै पैसा र ओहोदाभन्दा बाँचुञ्जेल गरिने कर्म जनताको देशको लागि महत्त्वपूर्ण हुने बताए । उनले भने,“२०५० सालमा मदन र जिवराजसँगै एमाले त्रिशुलीमा खस्यो भन्नेहरु पनि थिए । हामी शोकलाई शक्तिमा बदलेर द्वन्द्व, भूकम्प, नाकाबन्दी, बाढीपहिरोसहित विभिन्न शक्तिलाई परास्त गरेर जनताको लागि काम गरिरहेका छौँ ।”
कार्यक्रममा एमालेका सचिव तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्ट, एमाले धुर्कोट गाउँकमिटी अध्यक्ष लो बहादुर केसीले सम्बोधन गरे । कार्यक्रममा जग्गादाता हिमप्रसाद पन्थी, निर्मला बन्जाडे, फर्निचर सहयोग गर्ने खिमानन्द भण्डारी, धुर्कोट–काठमाण्डौ सम्पर्क मञ्च, भवन निर्माण समिति, पार्टी सदस्यता लिएर नवीकरण गर्दै आएका ७० जना ज्येष्ठ नागरिक, बोम बहादुर खड्का र टोमलाल पाण्डेयको परिवार र धुर्कोट गाउँपालिकालाई सम्मान गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८२ - २०:२९
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य छविजर्घा मगरको निधन भएको छ । रौताम...
आषाढ़ ८ गते, २०८२ - २०:२१
आछाम । अछाममा बलात्कृत दृष्टिविहीन महिलाले बच्चा जन्माएकी छन् । २१ वर्षीया महिलाले जिल्ला अस्पताल मंगलसेनमा आइतबार छोरा जन्माएकी हुन् । अस्पताल स्र...
आषाढ़ ८ गते, २०८२ - २०:०९
झापा । झापाको भद्रपुर भन्सार चोकबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको ...
आषाढ़ ८ गते, २०८२ - २०:०६
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका वडा नम्बर ६ को कुनाउरीको भलुवाखोलाब...
आषाढ़ ८ गते, २०८२ - २०:०२
तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन वि.सं. २०८३ मङ्सिरभित्र हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँ ...
आषाढ़ ८ गते, २०८२ - १९:०२
काठमाडाैं । संघीय संसदमा बजेटमाथिको छलफलको अन्तिम दिन प्रतिनिधिसभाका माननीय सांसद डा. सुनिलकुमार शर्माले प्रस्तुत गरेको सम्बोधनले सदनलाई भावुक बनायो ।...
आषाढ़ ८ गते, २०८२ - १८:५७
काठमाडौं । क्यानडा अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० पुरुष विश्वकपमा छनोट भएको छ । अमेरिकी छनोट अन्तर्गत शनिबार राति भएको खेलम...
आषाढ़ ८ गते, २०८२ - १८:५३
बाजुरा । गौमूल गाउँपालिकामा खोलाले बगाएर आइतबार एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गौमूल वडा नम्बर३ का ४५ वर्षीय धनबहादुर बोहरा रहेको जिल्ला प्र...
आषाढ़ ८ गते, २०८२ - १८:२३
काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने २० वर्षीय अम्मरनाथ कुमारलाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प...
आषाढ़ ८ गते, २०८२ - १८:१९
बैङ्कक । इरान विरुद्धको इजरायलको युद्धमा आफूलाई सम्मिलित गर्दै वासिङ्टनले इरानको फोर्डो इन्धन संवर्धन प्लान्टमा आफ्नो विशाल ‘बङ्कर–बस्टर’ बमहरू प्रयोग...
प्रतिकृया लेख्नुहोस्: