Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

राष्ट्रिय सभामा गृहमन्त्री गुरुङले माफी माग्दै भने– मेरो भाषा अलि ठाडो भयो, क्षमा चाहन्छु

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा सांसदहरूसँगको सवाल–जवाफका क्रममा प्रयोग भएको आफ्नो शैलीप्रति गृहमन्त्री सुधन गुरुङले आत्मालोचना गर्दै माफी मागेका छन्। मनसुनजन्य विपद् व्यवस्थापनबारे भइरहेको छलफलका क्रममा भएको चर्काचर्कीपछि मन्त्री गुरुङले रोष्ट्रमबाटै आफ्नो अभिव्यक्तिका लागि क्षमायाचना गरेका हुन्।

बैठकमा सांसदहरूले विपद् व्यवस्थापनसँग सम्बन्धित विषय उठाइरहेका बेला निर्मला पन्त हत्याकाण्डको प्रसङ्गसमेत जोडिएको थियो। त्यस क्रममा मन्त्री गुरुङले भावनात्मक प्रतिक्रिया दिँदै ‘निर्मला पन्तको विषयमा प्रश्न नगर्नुस्’ भन्दै जवाफ दिएका थिए। उनको उक्त अभिव्यक्ति र प्रस्तुत शैलीप्रति सदनभित्र प्रश्न उठेपछि उनले पुन: रोष्ट्रममा आएर आफ्नो धारणा स्पष्ट पारेका हुन्।

मन्त्री गुरुङले आफूबाट जवाफ दिने क्रममा केही कडा शैली प्रयोग भएको स्वीकार गर्दै भने, “हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ, सिक्दै जानेछौँ। मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो। यसका लागि म क्षमाप्रार्थी छु र हजुरहरूसँग माफी माग्न चाहन्छु।”

उनले आफू नयाँ जिम्मेवारीमा रहेको र अनुभवी सांसदहरूबाट सिक्ने क्रममा रहेको उल्लेख गर्दै आफ्नो व्यवहारलाई त्यही रूपमा बुझिदिन आग्रह गरे।

यद्यपि, माफी मागेपछि पनि मन्त्री गुरुङले विपद् व्यवस्थापनसम्बन्धी छलफलमा अन्य राजनीतिक तथा पुराना घटनाका विषय जोडिँदा विषयवस्तुबाट बहस बाहिर गएको भन्दै असन्तुष्टि जनाए।

उनको भनाइ थियो, “हामी विपद् व्यवस्थापनको विषयमा छलफल गरिरहेका थियौँ। तर विषयकेन्द्रित छलफलभन्दा निर्मला पन्त हत्याकाण्ड जोडियो। निर्मला पन्त हत्याकाण्ड र मनसुनजन्य विपद् व्यवस्थापनको सम्बन्ध के हो भन्ने कुरा मैले बुझ्न सकिनँ। माननीयज्यूहरूले छलफललाई विषयकेन्द्रित बनाउनुपर्छ।”

मन्त्रीले आफ्नो शैलीप्रति क्षमा मागेपछि केही समय तनावपूर्ण बनेको सदनको वातावरण सामान्य भएको थियो। त्यसपछि बैठक पुन: विपद् व्यवस्थापनसँग सम्बन्धित विषयमा केन्द्रित भएको थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजारमा ग्यास अभाव भैरहँदा 'होटल रेडिसन'मा भेटियो १८४ वटा सिलिन्डर मौज्दात

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित 'होटल रेडिसन'मा अनुगमन गर्...

रोल्पामा पहिरोले घर-गोठ पुर्दा पाँच जनाको मृत्यु, बेपत्ता भएका आठ जनाको पहिचान खुल्यो (अपडेट)

रोल्पा। रोल्पाको थबाङमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुर्दा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा परि दुई जना घाइते भएका छन् भने ...

कांग्रेस इतर समूहको कार्यालय चुनदेवीमा टाँसियो ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको सम्पर्क कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड राखिएको छ। करिब पाँच महिनाको स्वास्थ्य उपचार...

निजी क्षेत्रलाई चलायमान बनाएर ६६ खर्बको अर्थतन्त्र अघि बढाउने सरकारको लक्ष्य, आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको बताएको छन्। आफ्नो निर्वाचन क्...

पत्रकार श्रेष्ठलाई हतकडीसहित जिल्ला अदालतमा उपस्थित गराइयो

काठमाडौं । बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हतकडी लगाएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। अदालतमा उपस्थित गराउनुअघि ...

चुनदेवीबाट देउवाको चेतावनी: यीनीहरूलाई भोलिदेखि हामीले देखाउँछौं, राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ ?

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई दबाबमा पार्न विगतमा विभिन्न प्रयास भए पनि सफल हुन नसकेको...

सातामा दुई दिन सार्वजनिक बिदा तत्काल नहट्ने

काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने वर्तमान व्यवस्था तत्काल परिवर्तन नगर्ने स्पष्ट पारेको छ। राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदह...

रोल्पामा पहिरोको कहर : मृतकको संख्या ७ पुग्यो, ५ जना अझै बेपत्ता

काठमाडौं । अविरल वर्षापछि आएको पहिरोमा परी रोल्पामा मृत्यु हुनेको संख्या सात पुगेको छ। थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति खसेको पहिरोमा परी सात...

प्रहरी कार्यालय र हिरासत कक्षमा सीसीटीभी क्यामेरा राख्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...

प्रहरी कार्यालय र हिरासतमा सीसीटीभी अनिवार्य गर्न सर्वोच्चमा

काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending