Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

भारतीय सेनाध्यक्ष सेठ नेपाल भ्रमणमा आउँदै

खबरडबली संवाददाता

काठमाडौं । भारतीय सेनाका प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने तयारीमा छन्। उच्च सरकारी स्रोतका अनुसार उनी आगामी अगस्ट १६ मा नेपाल आउने कार्यक्रम तय भएको छ।

जनरल सेठले सन् २०२६ जुन ३० मा भारतीय सेनाको नेतृत्व सम्हालेका थिए। प्रधानसेनापति बनेपछि हुने परम्परागत द्विपक्षीय भ्रमणअन्तर्गत उनको नेपाल भ्रमण हुन लागेको हो।

नेपाल र भारतबीचको सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित हुने यस भ्रमणका क्रममा उनले नेपाली सेनाका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। साथै प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटको सम्भावना पनि रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटका लागि प्रस्ताव पठाइएको भए पनि समय र भेटको टुंगो भने लागिसकेको छैन।

नेपाल र भारतका सेनाबीच लामो समयदेखि विशेष सम्बन्ध रहँदै आएको छ। दुवै देशका सेनाध्यक्षलाई एक–अर्को देशको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा सन् १९५० देखि सुरु भएको हो।

यस परम्पराअनुसार नेपाली सेनाका प्रधानसेनापतिले भारतीय सेनाको मानार्थ महारथीको दर्जा पाउने र भारतीय सेनाध्यक्षले नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्राप्त गर्ने प्रचलन छ।

नेपाली सेनाका वर्तमान प्रधानसेनापति अशोकराज सिग्देलले पनि भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरिसकेका छन्। २०८१ साल मंसिर २७ गते नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई उक्त सम्मान प्रदान गरेकी थिइन्।

करिब ७५ वर्ष पुरानो यो सैन्य परम्परा नेपाल–भारत सम्बन्धको एउटा महत्वपूर्ण पक्षका रूपमा रहँदै आएको छ। जनरल सेठको आसन्न भ्रमणले दुई देशका सेनाबीचको सहकार्य र आपसी सम्बन्धलाई थप निरन्तरता दिने अपेक्षा गरिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा बैठकमा चार विधेयक प्रस्तुत हुँदै, दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...

विशेष महाधिवेशनले कांग्रेस कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...

दोलालघाटबाट बेपत्ता ६७ वर्षीया तिलकुमारीको शव सुनकोशीमा भेटियो

काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्याल...

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र ...

आगामी निर्वाचनको तयारी थाल्न महामन्त्री आचार्यको आग्रह

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...

तुलसीपुरमा एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...

नेतृत्व फेरे प्रधानमन्त्री नै बन्छु भन्नेले पनि हार्ने परिस्थिति आयो: नेता महत

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...

हामी कानुनी रूपमा बलिया छौँ, सर्वोच्चको आदेशबाट नडराउन सभापति थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...

ठेक्का लागेर पनि रोकियो तटबन्ध : सुस्तावासीको श्रमदानमै छ गाउँको भरोसा

पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending