Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

सत्ता समीकरण तत्काल परिवर्तन नगर्ने मुडमा छन कांंग्र्रेस सभापति देउवा

नेका संसदीय दलको बैठकमा काठमाडौँ, ३ जेठः नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा शनिबार बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवा र उपसभापति नेका पूर्णबहादुर खड्का। तस्बिरः गोपाल दाहाल÷रासस
खबरडबली संवाददाता

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेपाली कांग्रेस र नेकपा एमालेसहितको गठबन्धन सरकारप्रतिको आलोचना बढ्नेक्रम जारी छ। संसद्का दुई प्रमुख ठूला दल कांग्रेस र एमाले सम्मिलित गठबन्धन सरकारबाट आमनागरिकले ठूलो अपेक्षा राखेका थिए।

तर, जनअपेक्षा पूरा गर्न त परै जाओस् सरकारका काम कारबाही औसतभन्दा पनि कमजोर भएपछि सरकारप्रतिको आक्रोश बढ्दै गएको छ। अर्कोतर्फ प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र लगायतका विपक्षी दलहरू सरकारको नेतृत्व परिवर्तनको लागि निरन्तर कसरत गरिरहेका छन्।

प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वर्तमान सत्ता गठबन्धन र ओली नेतृत्वको सरकार ढाल्न अनेक कार्ड प्रयोग गरिरहेका छन्।

शुक्रबार प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै गृहजिल्ला डडेल्धुराबाट टेलिफोन सम्वाद गरेका थिए। टेलिफोन सम्वादलगत्तै प्रचण्डले आफ्नो पार्टी नेकपा माओवादी केन्द्रका प्रभावशाली नेतासमेत रहेका उपमहासचिव जनार्दन शर्मालाई देउवा निवास बूढानीलकण्ठ पठाएका थिए। उपमहासचिव शर्माले देउवासँग समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिएका छन्।

त्यसो त सत्ता साझेदारको प्रमुख घटक नेपाली कांग्रेसभित्र चुलिरहेको सरकारप्रतिको असन्तुष्टिले सरकारको आयुबारे आशंका उत्तिकै जन्माएको छ। पछिल्लो समय नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तमा कांग्रेस र एमालेबीच देखिएको विवादले वर्तमान सरकार अब धेरै दिन नजाने दाबी गरिँदै आएको छ।

सरकारको चौतर्फी आलोचना भइरहेको सन्दर्भ र विपक्षी दलहरूले सरकार परिवर्तनको लागि पटक(पटक आग्रह गरे पनि सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने एमालेसँग भएको सात बुँदे सम्झौताप्रति प्रतिबद्ध देखिएका छन्।

चौतर्फी विरोध र दबाबकाबीच पनि सभापति देउवा वर्तमान गठबन्धनलाई नै अगाडि बढाउने मनसायमा देखिएका छन्। चौतर्फी दबाबका बीच पनि सभापति देउवा वर्तमान गठबन्धनप्रति प्रतिबद्ध हुनुमा मुख्य गरी तीन फ्याक्टरले काम गरेको देखिन्छ।

पहिलो(सभापति देउवा एमालेसँग भएको सात बुँदे सम्झौता कार्यान्वयन हुनेमा ढुक्क हुनु, उक्त सम्झौतामा प्रधानमन्त्री ओलीपछि चुनावी सरकारको नेतृत्व देउवाले गर्ने उल्लेख छ। दोस्रो(देउवाको इमानदारी, पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवा नेपालको राजनीतिमा इमानदार नेताको रूपमा चिनिन्छन्।

यसअघि, नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरणमा पनि देउवा प्रतिबद्ध नै थिए। तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै २०७४ को चुनावअघि र २०७९ सालको चुनावपछि कांग्रेससँगको सहमति तोडेका थिए।

तेस्रो(आफू अनुकूल परिस्थिति नबन्नु, नेपालको राजनीतिमा देउवा सत्ता राजनीतिको माहिर खेलाडीको रूपले चिनिन्छन्। परिस्थिति परिपक्व नहुँदासम्म देउवाले कदम चालेको उदाहरण अहिलेसम्म देखिँदैन।

नेपाली कांग्रेस संसद्को सबैभन्दा ठूलो दल भए पनि अहिले सरकार बनाउन पर्याप्त संख्या छैन। एमालेसँगको गठबन्धन तोडेर आफ्नै नेतृत्वमा सरकार गठन गर्न अंकगणितको कारण निकै कठिन छ।

अर्कोतर्फ, सभापति देउवाको लागि अहिले अन्तर्राष्ट्रिय परिस्थिति पनि अनुकूल नरहेको उनी निकटैकै नेताहरूको दाबी छ। त्यसकारण पनि सभापति देउवा सरकार परिवर्तन गर्न अनिच्छुक देखिएको कतिपयको तर्क छ।

सभापति देउवाले वर्तमान सरकारका केही कमी कमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका छन्। कांग्रेस ठूलो पार्टी भए पनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको भन्दै उनले अहिलेको कांग्रेस(एमालेको संयुक्त सरकारका केही कमी कमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका हुन्। वर्तमान निर्वाचन प्रणालीमा कुनै पनि दलको बहुमत आउन गाह्रो हुने भएकाले मिलेर सरकार बनाउनुपर्ने र मिलेरै चुनाव लड्नुपर्ने बाध्यता रहेको स्पष्ट पार्दै सभापति देउवाले भने, ‘समावेशी र समानुपातिकताको कारण कसैको पनि बहुमत पुग्न सम्भावना छैन ।

हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी छ तर, बहुमत छैन । वर्तमान सरकारमा केही कमी कमजोरी होलान्, त्यसमा सुधार्दै जानुपर्ने छ। विकासको कुरालाई अघि बढाउँछौँ । बहुमत नभएको पार्टीले कसै न कसैसँग गठबन्धनको सरकार बनाउन आवश्यकता र बाध्यता छ।’

सभापति देउवाले २०५२ सालमा आफू प्रधानमन्त्री हुँदा सांसदहरूलाई सुविधाका लागि सबैको सहमतिमा गाडी खरिदमा भन्सार छुट दिने योजना ल्याएको स्मरण गर्दै त्यसलाई विरोध गर्नेले पजेरो काण्ड भन्ने गरेको जिकिर गरे। त्यसबेला भन्सार छुट दिने योजनाको विरोध गर्नेले नै सबैभन्दा पहिले छुटमा गाडी किनेको उहाँको दाबी छ । सो समयमा भन्सार छुटमा पाइएको गाडीको व्यापारसमेत सांसदहरूले गरेको आरोप लाग्दै आएको छ। हिमालय टाइम्स दैनिकबाट

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending