Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

युरोपसँग ‘आपसी विश्वास’ पुनर्निमाण गर्न तयार रहेको इरानको भनाइ

खबरडबली संवाददाता

तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार उनको देश सन् २०१५ को आणविक सम्झौताअन्तर्गत इरानमाथि संयुक्त राष्ट्रसङ्घीय प्रतिबन्ध पुनः लागू गर्ने विचार गरिरहेका युरोपेली शक्तिहरूसँग विश्वास पुनर्निर्माण गर्न तयार रहेको बताएका छन् ।

“युरोपेली पक्षबाट वास्तविक इच्छाशक्ति र स्वतन्त्र दृष्टिकोण देखेमा इरान युरोपसँगको सम्बन्धमा नयाँ अध्याय सुरु गर्न तयार छ”, विदेशमन्त्री अराघचीले तेहरानमा आयोजित एक कूटनीतिक मञ्चमा भने, “यदि युरोपसँग यो मार्ग सुधार्ने आवश्यक इच्छाशक्ति छ भने इरानले पारस्परिक विश्वास पुनर्निर्माण गर्न र सम्बन्ध विस्तार गर्नमा कुनै बाधा देख्दैन ।”

शुक्रबार वरिष्ठ इरानी कूटनीतिज्ञहरूले अमेरिका–इरान आणविक वार्ताको स्थितिबारे वार्ताका लागि बेलायत, फ्रान्स र जर्मनीका समकक्षीहरूसँग भेट गरेका थिए । तेहरानले वासिङ्टनसँग ओमानको मध्यस्थतामा आणविक वार्ताको चार चरण सम्पन्न गरेको छ । यो अमेरिकाले सन् २०१५ को आणविक सम्झौता त्यागेपछि दुई शत्रुबीचको उच्च–स्तरको सम्पर्क हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा आफ्नो पहिलो कार्यकालमा सन् २०१५ को आणविक सम्झौताबाट एकतर्फी रूपमा हट्दै र इरानको तेल निर्यात र बैंकिङ क्षेत्रमा प्रतिबन्ध फेरि लगाएर प्रभावकारी रूपमा सम्झौतालाई विफल पारेका थिए ।

एक वर्षपछि इरानले सम्झौताप्रतिको आफ्नो प्रतिबद्धताहरू कम गर्न थाल्यो । उक्त सम्झौताले आणविक गतिविधिहरूमा संयुक्त राष्ट्र–अनुगमन प्रतिबन्धको बदलामा प्रतिबन्ध राहत प्रस्ताव गरेको थियो ।

सन् २०१५ को सम्झौताका पक्षमा रहेका तीन युरोपेली शक्तिले इरानी गैर–अनुपालनको जवाफमा संयुक्त राष्ट्र प्रतिबन्धहरू पुनः लागू गर्ने ‘स्न्यापब्याक’ प्रक्रिया सुरु गर्ने विचार गरिरहेका छन् । यो विकल्प अक्टोबरमा समाप्त हुन्छ ।

अराघचीले यस महिनाको सुरुमा बेलायत, फ्रान्स र जर्मनीले प्रतिबन्ध पुनः लगाउने कदम चाले ‘अपरिवर्तनीय’ परिणामहरू हुने चेतावनी दिएका थिए ।

उनले यसअघि आणविक मुद्दाका साथै ‘पारस्परिक हित र चिन्ताका’ क्षेत्रहरूमा छलफल गर्न लन्डन, पेरिस र बर्लिन भ्रमण गर्ने प्रस्ताव राखेका थिए । आइतबार आफ्नो भाषणमा उनले युरोपेलीहरूलाई मतभेदभन्दा साझा हितमा बढी ध्यान केन्द्रित गर्न आग्रह गरे । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: