Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

युरोपसँग ‘आपसी विश्वास’ पुनर्निमाण गर्न तयार रहेको इरानको भनाइ

खबरडबली संवाददाता

तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार उनको देश सन् २०१५ को आणविक सम्झौताअन्तर्गत इरानमाथि संयुक्त राष्ट्रसङ्घीय प्रतिबन्ध पुनः लागू गर्ने विचार गरिरहेका युरोपेली शक्तिहरूसँग विश्वास पुनर्निर्माण गर्न तयार रहेको बताएका छन् ।

“युरोपेली पक्षबाट वास्तविक इच्छाशक्ति र स्वतन्त्र दृष्टिकोण देखेमा इरान युरोपसँगको सम्बन्धमा नयाँ अध्याय सुरु गर्न तयार छ”, विदेशमन्त्री अराघचीले तेहरानमा आयोजित एक कूटनीतिक मञ्चमा भने, “यदि युरोपसँग यो मार्ग सुधार्ने आवश्यक इच्छाशक्ति छ भने इरानले पारस्परिक विश्वास पुनर्निर्माण गर्न र सम्बन्ध विस्तार गर्नमा कुनै बाधा देख्दैन ।”

शुक्रबार वरिष्ठ इरानी कूटनीतिज्ञहरूले अमेरिका–इरान आणविक वार्ताको स्थितिबारे वार्ताका लागि बेलायत, फ्रान्स र जर्मनीका समकक्षीहरूसँग भेट गरेका थिए । तेहरानले वासिङ्टनसँग ओमानको मध्यस्थतामा आणविक वार्ताको चार चरण सम्पन्न गरेको छ । यो अमेरिकाले सन् २०१५ को आणविक सम्झौता त्यागेपछि दुई शत्रुबीचको उच्च–स्तरको सम्पर्क हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा आफ्नो पहिलो कार्यकालमा सन् २०१५ को आणविक सम्झौताबाट एकतर्फी रूपमा हट्दै र इरानको तेल निर्यात र बैंकिङ क्षेत्रमा प्रतिबन्ध फेरि लगाएर प्रभावकारी रूपमा सम्झौतालाई विफल पारेका थिए ।

एक वर्षपछि इरानले सम्झौताप्रतिको आफ्नो प्रतिबद्धताहरू कम गर्न थाल्यो । उक्त सम्झौताले आणविक गतिविधिहरूमा संयुक्त राष्ट्र–अनुगमन प्रतिबन्धको बदलामा प्रतिबन्ध राहत प्रस्ताव गरेको थियो ।

सन् २०१५ को सम्झौताका पक्षमा रहेका तीन युरोपेली शक्तिले इरानी गैर–अनुपालनको जवाफमा संयुक्त राष्ट्र प्रतिबन्धहरू पुनः लागू गर्ने ‘स्न्यापब्याक’ प्रक्रिया सुरु गर्ने विचार गरिरहेका छन् । यो विकल्प अक्टोबरमा समाप्त हुन्छ ।

अराघचीले यस महिनाको सुरुमा बेलायत, फ्रान्स र जर्मनीले प्रतिबन्ध पुनः लगाउने कदम चाले ‘अपरिवर्तनीय’ परिणामहरू हुने चेतावनी दिएका थिए ।

उनले यसअघि आणविक मुद्दाका साथै ‘पारस्परिक हित र चिन्ताका’ क्षेत्रहरूमा छलफल गर्न लन्डन, पेरिस र बर्लिन भ्रमण गर्ने प्रस्ताव राखेका थिए । आइतबार आफ्नो भाषणमा उनले युरोपेलीहरूलाई मतभेदभन्दा साझा हितमा बढी ध्यान केन्द्रित गर्न आग्रह गरे । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending