Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

मनसुनजन्य विपद् प्रतिकार्य योजनाका लागि तयारी हालतमा रहन निर्देशन

खबरडबली संवाददाता

काठमाडौँ। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले मातहत युनिटका कमान्डरलाई मनसुनजन्य विपद् प्रतिकार्य योजनाका लागि तयारी हालतमा रहन निर्देशन दिएको छन् ।

सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सह–प्रवक्ता शैलेन्द्र थापाले आइतबार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले भर्चुअल माध्यमबाट सशस्त्र प्रहरी बल नेपालका सबै युनिट कमान्डरलाई सो निर्देशन दिएको बताए।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट आइतबार अतिरिक्त महानिरीक्षक पौडेलले अघिल्ला वर्षमा भएको विपद्का घटनाहरूलाई विश्लेषण गर्दै आगामी दिनमा हुनसक्ने मनसुनजन्य विपद् न्यूनीकरण तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालका सबै युनिटमा विपद् व्यवस्थापनका सामानहरू तयारी हालतमा राख्नुको साथै विपद् सम्बन्धी अनुशिक्षण तथा अभ्यास सञ्चालन गर्न निर्देशन दिएको हो ।

उनले विपद् भएको स्थानमा छोटोभन्दा छोटो समयमा पुग्नसक्ने गरी सशस्त्र प्रहरी बल नेपालको जनशक्ति तयारी हालतमा राख्नुको साथै टोलटोलमा विपद् सूचक राखी समुदाय लक्षित विपद्सम्बन्धी स्वयंसेवक तालिम समेत सञ्चालन गर्न निर्देशन दिएको छन् ।

अतिरिक्त महानिरीक्षक पौडेलले मनजसुनजन्य विपद् घटनामा क्षति न्यूनीकरणका लागि सकेसम्म घटनास्थलमा छिटोभन्दा छिटो पुगी उद्धार गर्न निर्देशन दिएको छन् । साथै यस विषयमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले परिपत्र समेत गरेको छ । 

भर्चुअल मिटिङमा सबै प्रदेशका बाहिनीपतिहरूले आ–आफ्नो क्षेत्रमा भएका विपद् उद्वारको तयारीबारे जानकारी गराएको थिए । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका सिनियर तथा जुनियर अधिकृत, हवलदार र जवानहरू समेतको उपस्थिति रहेको थियो ।      

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केन्द्रीय सुरक्षा समितिको बैठक: निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय

काठमाडौं । गृहमन्त्रालय मा बसेको केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ। बैठकले भोलि निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय गरेको गृह मन्त्रालयकी...

दाङका मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा जडान

घोराही। दाङका तीनवटै निर्वाचन क्षेत्रमा मतगणनाका लागि मतगणनास्थल तयार गरिएको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा लमही, घोराही तुलसीपुरमा मतगणन...

मोदीले बालेनलाई शुभकामना दिएको भनी भ्रम फैलाउने व्यक्ति पक्राउ

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी का क...

यूएईमा ट्रान्जिटमा रोकिएका नेपालीहरूको विवरण संकलन सुरु

काठमाडौं । कन्सुलर सेवा विभाग ले यूएईमा ट्रान्जिट परेर रोकिएका नेपालीहरूको विवरण संकलन सुरु गरेको छ। नेपाल फर्किन वा तेस्रो मुलुक जाने क्रममा हालको पर...

डोल्पाको दुर्गम मतदान केन्द्रमा कर्मचारी बिरामी, हेलिकप्टरमार्फत उद्धार

डोल्पा । डोल्पाको माथिल्लो क्षेत्रमा पर्ने एक दुर्गम मतदान केन्द्रमा खटिएका बिरामी कर्मचारीहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको शे(फोक्स...

बाँकेमा सुरक्षा व्यवस्था कडा, ढुक्क भएर मतदान गर्न प्रशासनको आह्वान

जमुनाह। बाँके जिल्लामा भोलि हुने निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको छ ।  जिल्ला प्रशासन कार्यालय बाँकेका प...

रास्वपाका सर्लाही–३ उम्मेदवार नरेन्द्र साह कलवार कालोसूचीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पाइएको छ। कालोस...

ललितपुरमा ड्युटीमा खटिएका प्रहरीमाथि पटक-पटक आक्रमण, १२ जना पक्राउ

ललितपुर । ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ। चाँगाथली र झम्सीखेलमा भएका घटनामा संलग्न कुल...

निर्वाचन र सार्वजनिक बिदामा तनहुँ जिल्ला अदालत खुला रहने

तनहुँ। निर्वाचन र सार्वजनिक बिदामा पनि तनहुँ जिल्ला अदालत खुला रहने भएको छ । बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका अवसरमा सरकारले फागुन २० देखि ...

निर्वाचन तयारीबारे दिउँसो २ बजे विशेष पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी दिन विशेष पत्रकार सम्मेलन गर्ने भएको छ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE