Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

माओवादीमा प्रचण्डपछि उत्तराधिकारीको श्रृंखला तयार छ: पुन

खबरडबली संवाददाता

भक्तपुर । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वपछि माओवादी पार्टी कुन रूपमा चल्छ भन्नेबारेको बहस निरर्थक रहेको बताएका छन् । पार्टी सम्बद्ध योङ कम्युनिष्ट लिग (वाइसीएल) को बागमती प्रदेशको अधिवेशनलाई सोमबार भक्तपुरमा उद्घाटन गर्दै पुनले उपयुक्त समय आएपछि विधिबाटै पार्टीको भावी नेतृत्व तय हुने बताए ।

अध्यक्ष प्रचण्डले नै पार्टीको गत महाधिवेशनमा नेतृत्वको श्रृंखला तयार पार्ने विधि प्रस्ताव गरेको भन्दै पुनले सबै तहका पार्टी कमिटी र जनवर्गीय सङ्गठनहरूमा त्यस प्रकारको अभ्यास आरम्भ भएको उल्लेख गरे ।

पार्टी नेतृत्व भनेको व्यक्ति नभई टिम भएको र नेताहरूकोबिचबाट चयन भएको नेताले पार्टी हाँक्ने उनले उल्लेख गरे । ‘कति मान्छेहरु भन्छन् कमरेड प्रचण्डपछि तिम्रो पार्टीमा नेता को हो ? माओवादी पार्टी रहन्छ ? हामी भन्छौँ रहन्छ र पार्टी चल्छ । अध्यक्षजस्तो टावरिङ पर्सनालिटी त नहोला तर, उहाँले जसरी हामीले विधिमा नेतृत्व पङ्क्तिलाई तयारी गरेका छौँ । नेतृत्व टिमबाट तयार हुन्छ । नेताहरूको बिचबाट एउटा नेताले नेतृत्व गर्छ’, पुनले भने, ‘कमरेड प्रचण्डकै प्रस्तावमा हामीले गतमहाधिवेशनबाट जनवादी ढङ्गले नेतृत्वको  श्रृंखला तयार गर्नेबारे विधि बनाएका छौँ ।’ 

प्रचण्डले जनयुद्धको तयारी, जनयुद्ध सञ्चालन, शान्ति प्रक्रिया हुँदै समाजवादको आधार तयार पार्ने कामसम्मको नेतृत्व गरेको भन्दै पुनले पछिल्लो समय उनीप्रति थप आकर्षण बढेको दाबी गरे । ‘कमरेड प्रचण्ड र पार्टी नेतृत्वप्रति देशभर जनतामा आकर्षण बढेको छ’, पुनले भने ।

तत्कालीन आकस्मिकता र सामूहिक आवश्यकताको बिचबाट नेतृत्वको जन्म हुने उनको भनाइ थियो । ‘अध्यक्ष कमरेड प्रचण्ड र उहाँका पुस्ताका नेताहरू इतिहासको आवश्यकता र आकस्मिकताले पैदा गरेका नेताहरू हुनुहुन्छ । प्रचण्डको नेतृत्व प्राधिकारका रूपमा निर्माण भएको थियो’, उनले भने । 

पुनले  अझै केही समय प्रचण्डको नेतृत्वलाई बलियो र सम्मानित बनाएर लैजानुपर्नेमा पार्टीभित्र कसैको फरक मत नरहेको स्पष्ट गरे । फरक प्रसङ्गमा पुनले  वर्तमान काँग्रेस–एमाले गठबन्धन सरकार बिचौलिया र स्वार्थ समूहले बनाएको हो भन्ने आमजनताबिचमा स्थापित भएको बताए । गाउँ गाउँसम्म अहिलेको सरकार बिचौलियाको हो भन्ने स्थापित भएको दाबी उनले गरे ।

‘अध्यक्ष प्रचण्डसहित हामीले सांसदबाटै यो सरकार बिचौलियाले बनाएको हो भन्दै आयौँ । सुरुमा हाम्रो कुरालाई सरकारबाट हट्दाको पीडा भन्ने गरिन्थ्यो । एक वर्ष बित्दै गर्दा अहिले सबै जसोले त्यही भन्न थाले’, पुनले भने, ‘गाउँ गाउँका जनता र गृहणीहरुसम्मले यो सरकारलाई बिचौलियाले बनाएको सरकार भनिरहेका छन् । अझ कतिपय अवस्थामा त हामीले कम भनेको जस्तो हुने गरेको छ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: