Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

खबरडबली संवाददाता

काठमाडौँ । परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल र चीनबिच सदियौँदेखि रहिआएको गहिरो मित्रवत् सम्बन्ध पछिल्लो समय जनस्तरमा समेत प्रगाढ हुँदै गएको बताएको छन् ।

नीति अनुसन्धान प्रतिष्ठानद्वारा मङ्गलबार यहाँ आयोजित ‘नेपाल–चीनबिचको सम्बन्ध र सम्भावनाको समीक्षा’  विषय गोष्ठीको उद्घाटन सत्रमा उनले चीन नेपालको विश्वासिलो र भरपर्दो छिमेकी मित्र भएको स्पष्ट पारे । उनले भनेयो, “नेपाल–चीन आर्थिक, सामाजिक, सांस्कृतिक एवम् परम्परागत सम्बन्ध रहिआएको घनिष्ट मित्रराष्ट्र हुन् । हामीले एक अर्काको चासो र सवेदनशीलतालाई बुझ्नुपर्छ, नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ, नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने नेपालको स्पष्ट नीति रहिआएको छ ।”

नेपाल र चीनले एक अर्काका आकाङ्क्षालाई सम्मान गर्दै आएको स्मरण गर्दै उहाँले नेपालको सार्वभौमसत्ता र भौलोगिक अखण्डता एवम् राजनीतिक स्वतन्त्रताप्रति चीनले लिँदै आएको नीतिप्रति आभार व्यक्त गर्नुभयो । सचिव राईले भने, “हामी नेपाली जनता चीनको सहयोगप्रति आभारी छौँ, नेपालका लागि चीन आर्थिक सहभायताको सबैभन्दा ठुलो देश मात्र नभई दोस्रो ठुलो व्यापार साझेदार मुलुक हो ।”

सचिव राईले मित्रराष्ट्रको समृद्धिका लागि चीनका लागि राष्ट्रपति सी चिनफिङ्ले अगाडि बढाउनुभएको बेल्ट एन्ड रोड इनिसिएटिभ ९बिआरआई० मार्फत दुई देशबीचको सम्बन्ध बहुआयामिक तहमा विस्तार हुँदै गएको बताउनुभयो । उहाँले बिआरआइमार्फ अगाडि बढेका आयोजनाले नेपालको आर्थिक विकास र रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सिनले विगत ७० वर्षदेखि नेपाल र चीनबिच रहिआएको कूटनीतिक सम्बन्ध जनतस्तरसम्म पुगेको र यसले दुवै देशको चासोलाई सम्बोधन गर्दै आएको बताए ।

उनले भने, “विभिन्न समयमा हुँदै आएको उच्चस्तरीय राजनीतिक भ्रमणले दुई देशबिचको सम्बन्ध घनिष्ट तुल्याउन योगदान पुगेको छ, सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङले गरेको नेपाल भ्रमण र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो चीन भ्रमणले आपसी सम्बन्धलाई अझै उचाइमा पुर्‍याएको छ ।”

नेपालको पूर्वाधार, स्वच्छ ऊर्जा, पावर ग्रिडजस्ता आयोजनामा चीनले नेपाललाई सहयोग गर्दै आएको र बिआरआइमार्फत नयाँ आयोजना अगाडि बढेको उल्लेख गर्दै उनले आगामी दिनमा द्विपक्षीय सहयोग र सहकार्य थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे। चीनले नेपाललाई सधैँ समान र सहअस्तित्वको भावनाबाट सम्मान गर्दै आएको स्पष्ट पार्दै उपप्रमुख वाङले एकअर्काको आपसी चासोलाई दुवै देशले अन्तरमनबाट सहयोग गरिरहेको बताए।

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षको उत्सव मनाइएका बेला दुवै देशका सरकारी ‘थिङ्क ट्याङ्क’ ले आयोजना गरेको ऐतिहासिक गोष्ठी हो ।

नेसनल इन्स्टिच्युट अफ इन्टरनेसनल स्टाटेजी अफ दि चाइनिज अकाडमी अफ सोसल साइन्स ९निस०ले पहलमा भएको यस गोष्ठीले औपचारिक सहकार्यको जग बसाल्ने आयोजकको अपेक्षा छ ।

त्यस अवसरमा प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्राडा लेखनाथ शर्माले नेपाल र चीन एकअर्काका विश्वासिला छिमेकी मित्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल र चीनबीच सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध पाँचौँ शताब्दीदेखि नै रहिआएको छ, पूर्वाधार र उद्योगदेखि मानवीय सहयोगसम्म नेपालको विकासमा चीनको योगदान छ, जुन महत्त्वपूर्ण र प्रशंसनीय छ ।”

विगतमा काठमाडौँ अन्तर्राष्ट्रिय व्यापार, पारवहन र सम्पर्क सञ्जालको प्रमुख केन्द्रका रूपमा रहेकामा अहिले पनि त्यसलाई निरन्तरता दिन आवश्यक रहेको अध्यक्ष शर्माको भनाइ थियो ।

विश्वमा भएका विभिन्न घटना र परिवेशले नेपाल र चीनबीच स्थिर, सहयोगी र अग्रगामी साझेदारीको आवश्यकतालाई आह्वान गरिरहेको जनाउँदै उनले हाम्रा सम्बन्ध दुई राष्ट्रहरूको फाइदाका लागि मात्र नभई समग्र एसिया क्षेत्रमा शान्ति, स्थिरता र साझा समृद्धिका लागि हुने धारणा व्यक्त गरे ।

नेपाल–चीन रणनीतिक सहयोग साझेदारीको प्रभावकारी कार्यान्वयनमा नेतृत्व र निर्णयकर्तालाई मार्गदर्शन गर्न सक्ने कार्ययोग्य नीतिगत सिफारिस गर्नु गोष्ठीको उद्देश्य रहेको जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...

रूकुम पूर्वमा प्रचण्ड जीत नजिक

रूकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) यहाँ प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मत...

रोल्पामा नेकपाका वर्षमान पुनको अग्रता

रोल्पा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार उनले १,४७६ मत प्राप्त ...

मोरङ पुगे बालेन शाह

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह मोरङको उर्लाबारी पुगेका छन्। शुक्रबार दिउँसो उनले विराटनगर विमानस्थल हुँदै उर...

धनकुटा निर्वाचन अपडेट: श्रम संस्कृति पार्टीका सानबहादुर राईको अग्रता

धनकुटा । एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १,५९० मतसहित अग्रता कायम गरेका छन्। मुख्य निर्वाच...

गोरखामा खराब मौसमका कारण मतपेटिका बोकेको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण

गोरखा । उत्तरी गोरखाबाट मतदान केन्द्रका मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमको कारण गोरखा सदरमुकाममा अवतरण गर्न नसकेर पोखरामा आकस्मिक अवत...

बाँके १ र ३ मा रास्वपाका चौधरी र खगेन्द्र सुनारको फराकिलो अग्रता

नेपालगन्ज । प्रतिनिधि सभा सदस्यको निर्वाचनको जारी मतगणना अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवा...

सर्लाही–४ मा ११ सय ३३ मतले अमरेशको अग्रता

काठमाडौं। सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो मतान्तर बढाउँदै अघि बढेका छन्। पछिल...

झापा ५ मा ५ हजार बढी मतान्तरले बालेन अगाडि

झापा। झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाह ले मतान्तर बढाउँदै आफ्नो अग्रता अझ मजबुत बनाएका छन्। यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएक...

काठमाडौं-३ मा कुलमानसँग राजुनाथ पाण्डेले बढाए मतान्तर, ४ हजार ४३९ मतको फरक

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले उज्यालो नेपाल पार्टीका कुलम...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE