Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

पाँचथरको हेवाखोलामा पुनः बेलिब्रिज जडान हुने

खबरडबली संवाददाता

पाँचथर । दुई पटक बाढीले पुल बगाएको मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवाखोलामा पुनः जडान हुने बेलिब्रिजका पार्टपुर्जा जडान स्थलमा ल्याइपु(याइएको छ । पछिल्लो पटक गत असोज १२ गते आएको बाढीले त्यहाँ निर्मित बेलिब्रिज बगाएपछि सडक डिभिजन इलाममार्फत पुनः जडानको प्रव्रिmया अगाडि बढाइएको हो ।

बेलिब्रिज जडानका लागि संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बेलिब्रिजका आधारका लागि फिदिम नगरपालिकातर्फ दुई हजार छ सय घनमिटर ग्याबिङ पर्खाल र चार सय घनमिटर पक्की पर्खाल निर्माण भइसकेको छ । फिदिमतर्फ पहुँच सडकको काम पनि पूर्ण भएको सडक डिभिजन इलामका इन्जिनियर सीताराम गौतमले जानकारी दिए ।

खोलापारि हिलिहाङ गाउँपालिकातर्फ ट्र्याक खोल्ने काम सकिएकोे छ भने बेस ढलान गरिँदै छ । बेलिब्रिज जडान, बेस निर्माण र पहुँच सडक निर्माणको सबै काम गर्न सडक डिभिजन इलामसँग दोभान–सुपर सौगात–लाइट बिल्डर्स जेभी नामक निर्माण कम्पनीले सम्झौता गरेर काम गरिरहेको छ ।

निर्माण कम्पनीका प्रतिनिधि पवन भट्टराईका अनुसार बेलिब्रिजको सुरक्षाका लागि फिदिमतर्फ पर्खालभन्दा तल ‘ड्रिल’ गरेर खोलाको सतहसम्म एक सय वटा फलामे पाइप गाडिएको छ । उनले बेलिब्रिज जडानका लागि आवश्यक पर्ने पार्टपुर्जा ढुवानी भइसकेको बताए ।

भट्टराईले भने, “बेस निर्माण र पार्टपुर्जा ढुवानीको सबै काम सकियो । जडान गर्ने प्राविधिक फोक्सिङटारको बेलिब्रिज खोल्दै हुनुहुन्छ । उहाँ यहाँ आएर काम थालेको १५ दिनभित्र पुलबाट गाडी आउजाउ गर्न सक्छन् । ती सबै काम पूरा हुन बढीमा २० दिन लाग्छ ।”

यहाँको पक्की पुल पहिलो पटक २०८० असार २ गतेको बाढीले पक्की पुल बगाएको थियो । त्यसपछि २९ दिन लगाएर निर्माण गरिएको बेलिब्रिज पुनः २०८१ असोज १२ गतेको बाढीले बगाएपछि यहाँ सङ्घीय सरकारले दोस्रो पटक बेलिब्रिज जडान गर्ने प्रक्रिया अगाडि बढाएको हो । बेलिब्रिज बगेपछि हाल हेवाखोलामा ह्युमपाइपबाट पानी पठाएर (डाइभर्सन) सवारी र ढुवानी साधन आवागमन गरिँदै छ ।

यहाँ बेलिब्रिज जडान गर्न सडक डिभिजन कार्यालय इलामसँग बेलिब्रिज ढुवानी, संरचना निर्माण, पहुँचमार्ग निर्माण तथा जडानको ठेक्का दोभान–सुपर सौगात–लाइट बिल्डर्स जेभीसँग सम्झौता गरी काम अगाडि बढाएको छ । सबै कामका लागि तीन करोड ४९ लाख रुपियाँमा ठेक्का सम्झौता भएको सडक डिभिजन इलामले जनाएको छ । सडक डिभिजन इलामका इन्जिनियर सीताराम गौतमका अनुसार हेवामा जडान हुने बेलिब्रिजको लम्बाइ ७० मिटर रहने छ । यो नेपालमा हालसम्म जडान भएकामध्ये सबैभन्दा लामो बेलिब्रिज हो । 

हेवाखोलामा बेलिब्रिज जडानको काम सकिएपछि मेची राजमार्ग हुँदै झापाबाट इलाम–पाँचथर–ताप्लेजुङ आवागमन र उपभोग्य वस्तु ढुवानी सहज हुने छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending