Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमको हिस्सा

खबरडबली संवाददाता

काठमाडौं । भारत–पाकिस्तान युद्द होस वा रुस– युक्रेन युद्द नै किन नहोस, यतिखेर परमाणु हतियारको चर्चा निकै चलिरहेको छ। यो आणविक वा परमाणु हतियार जुन युरेनियम बिना बनाउन असम्भव छ। विश्व आणविक संघको प्रतिवेदनमा विश्वमा २० वटा मात्रै युरेनियम उत्पादन गर्ने देश रहेको उल्लेख छ । तर, युरेनियम उत्पादनको मामिलामा भने मुस्लिम राष्ट्रको वर्चस्व कायमै छ। त्यो नाम हो–कजाकिस्तान ।

जम्मा २ करोड जनसंख्या भएको कजाकिस्तानको ७० प्रतिशत जनसंख्या मुस्लिम रहेको छ भने यहाँ क्रिस्चियनहरू दोस्रो स्थानमा छन्, जसले जनसंख्यामको हिस्सा १७ प्रतिशत ओगटछन् ।

कजाकिस्तानले मात्रै विश्वलाई हरेक वर्ष २१ हजार टन युरेनियम उत्पादन गर्ने गर्छ । योसँगै क्यानडा दोस्रो स्थानमा (७३५१ टन)र नामिबिया तेस्रो स्थानमा ९५६१३ टन० रहेको छ । यस्तो अवस्थामा आणविक हतियारका लागि युरेनियम कति महत्त्वपूर्ण छ, हतियारका लागि यसले कसरी काम गर्छ र एक किलो युरेनियमले कति ऊर्जा निकाल्छ भन्ने प्रश्न उठन सक्छ ।

पहिले कजाकिस्तानमा यति धेरै युरेनियम किन छ भन्ने कुरा गरौं । यसका पछाडि तीनवटा कारण छन्, भौगोलिक, राजनीतिक र ऐतिहासिक। कजाकिस्तानको जमिन मुनि ठूला चट्टानहरू रहेका छन्, जसमा युरेनियम प्रशष्त पाइन्छ। यहाँका चट्टानहरू विशेषगरी युरेनियम जम्मा गर्नका लागि उपयुक्त रहेको छन्।

र, ऐतिहासिक कारण के हो भने काजाकस्तान पहिले सोभियत संघको एक हिस्सा थियो, त्यो अवधिमा सोभियत संघका वैज्ञानिकहरूले ठूलो मात्रामा युरेनियम पत्ता लगाएर उत्खनन गरेका थिए । त्यो अवधिमा धेरै खानीहरू निर्माण भएका थिए।

कजाकिस्तानको भूमिबाट विशेष प्रविधि प्रयोग गरेर युरेनियम निकालिन्छ, जुन सस्तो मात्र होइन वातावरणका लागि पनि राम्रो छ। यही कारणले गर्दा विश्वको कुल युरेनियमको ३० प्रतिशतसम्म कजाकिस्तानले मात्र उत्पादन गर्छ । यो प्रचलन सोभियत संघको समयदेखि चलिआएको छ ।

युरेनियम आणविक हतियार बनाउनको लागि सबैभन्दा महत्त्वपूर्ण तत्व हो । तर, हरेक प्रकारको युरेनियम यसलाई बनाउन उपयोगी साबित हुँदैन। युरेनियम– २३८ र युरेनियम–२३५ आणविक हतियार बनाउन प्रयोग गरिन्छ। युरेनियम २३८ प्राय: प्राकृतिक रूपमा पाइन्छ तर यो प्रत्यक्ष रूपमा परमाणु हतियारमा प्रयोग हुँदैन। तर, युरेनियम– २३५ भने निकै दुर्लभ मानिन्छ। यो हतियारहरू निर्माणमा प्रयोग गरिन्छ किनभने यस प्रकारको युरेनियमलाई विखंडनमा प्रयोग गर्न सकिन्छ, जसले ठूलो मात्रामा ऊर्जा जारी गर्दछ। आणविक हतियारको लागि युरेनियम आवश्यक छ तर सबै युरेनियम उपयोगी छैन।

जब परमाणु हतियार बिष्फोट हुन्छ,  यसले यति धेरै ऊर्जा उत्पादन गर्छ कि यसले निमेषमा नै लाखौंको मृत्यु निम्त्याउँछ। युरेनियम– २३५ न्युट्रोनसँग टक्कर हुँदा यसले ठूलो मात्रामा ऊर्जा उत्पादन गर्छ। आणविक हतियारमा ९० प्रतिशतसम्म युरेनियम–२३५ हुन्छ । यो बिना परमाणु बम बनाउन सम्भव छैन् । यो ऊर्जा विनाशको लागि प्रयोग गर्न आवश्यक छैन। 

यो परमाणु विखंडनबाट गर्मी उत्पन्न गर्न परमाणु ऊर्जा संयंत्रहरूमा प्रयोग गरिन्छ। जसका कारण टर्बाइन घुमाएर स्टीम उत्पादन हुन्छ र बिजुली उत्पादन हुन्छ । जब परमाणु हतियारमा लगेर जोडिन्छ, यसले यति धेरै ऊर्जा उत्पादन गर्छ कि यसले लाखौंको मृत्यु निम्त्याउँछ।

युरेनियम कत्तिको शक्तिशाली छ भन्ने कुरा यस तथ्यबाट बुझ्न सकिन्छ कि एक किलोग्राम युरेनियम–२३८ को विखण्डनले हजारौं टन टीएनटी नामक विस्फोटक पदार्थबाट निस्कने जति ऊर्जा उत्पादन गर्छ। यही कारण हो कि यदि यसलाई गलत नियतका साथ प्रयोग गरियो भने यसले लाखौं जीवनलाई नष्ट गर्न सक्छ र यदि यसलाई राम्रोसँग प्रयोग गरियो भने यसले विश्वमा ठूलो परिवर्तन ल्याउन सक्छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending