गाजा । गाजामा सहायताका लागि बुधबार करिब ९० वटा ट्रक पठाइएको संयुक्त राष्ट्रसङ्घले बताएको छ । युद्धले ध्वस्त पारेको प्यालेस्टिनी क्षेत्रमा इजरायलको नयाँ आक्रमण र नाकाबन्दीलाई लिएर अन्तर्राष्ट्रिय दबाब बढेको छ ।
मार्चको सुरुदेखि गाजामा सहायता वितरण भएको थियो भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अस्थायी युद्धविरामका लागि खुला रहेको बताए पनि सबै क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिने कुरा दोहोर्याएका थिए । इजरायलले सीमित सहायताको प्रवेश अनुमति दिने घोषणा गरेको तीन दिनपछि संयुक्त राष्ट्रसङ्घले करिब ९० ट्रक सामान गाजा पठाएको राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले बताएका छन् ।
इजरायली सेनाले कब्जा गरिएको पश्चिम किनार भ्रमण गर्ने विदेशी कूटनीतिज्ञहरूको प्रतिनिधिमण्डल नजिकै सेनाले गोली चलाएको केही समयपछि भएको घटनाले विश्वव्यापी निन्दा खेपिरहेको छ । गाजाको मिडियाले ८७ वटा सहायता ट्रकको आगमन भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय र स्थानीय संस्थाहरूलाई ‘तत्काल मानवीय आवश्यकताहरू’ पूरा गर्नका लागि निर्धारित गरिएको उल्लेख गरेको छ ।
नेतान्याहुले गाजामा ‘हाम्रो कार्यको स्वतन्त्रताको संरक्षण गर्न मानवीय सङ्कटबाट बच्न’ आवश्यक रहेको बताएका छन् ।
इजरायली नाकाबन्दीले खाद्यान्न र औषधिको गम्भीर अभाव निम्त्याएका कारण प्यालेस्टिनीहरू आधारभूत आवाश्यकता परिपूर्तिका लागि सङ्घर्ष गरिरहेका छन् ।
यसैबीच इजरायलले आक्रमण जारी राख्दा गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ८२ जनाको शव अस्पतालमा लगिएको जनाएको छ ।मानवीय सहायता समूहले गाजामा प्रवेश गर्ने सहायताको मात्रा सङ्कट कम गर्न आवश्यकभन्दा धेरै कम रहेको जनाएको छ । संयुक्त राज्य अमेरिका समर्थित गाजाको मानवतावादी फाउन्डेसनले आगामी केही दिनमा यस क्षेत्रतर्फ सहायता पठाउने बताएको छ । यसै गरी संयुक्त राष्ट्रसङ्घ र यसका एजन्सीहरूले सहयोग गर्ने बताएका छन् ।
इजरायलले आक्रमण रोक्न र गाजामा सहायताको प्रवेशलाई अनुमति दिन सहयोगीहरूबाट बढ्दो दबाबको सामना गरेको छ ।युरोपेली सङ्घ (इयु) विदेशमन्त्रीहरू मङ्गलबार इजरायलसँग व्यापार समावेश भएको सहयोग सम्झौता संशोधन गर्न सहमत भएका छन् । इजरायलको विदेश मन्त्रालयले इयुले इजरायलले सामना गरिरहेको जटिल वास्तविकताको बुझाइको पूर्ण अभावलाई प्रतिबिम्बित गरेको घोषणा गरेको छ ।
स्विडेनले इजरायलमाथि प्रतिबन्ध लगाउने दबाब दिने बताएको छ भने बेलायतले इजरायलसँग स्वतन्त्र व्यापारमा वार्ता स्थगित गरी इजरायली राजदूतलाई बोलाएको छ । पोप लियो चौधौँले गाजाको अवस्थालाई ‘पीडादायी’ भन्दै ‘पर्याप्त मानवीय सहायताको प्रवेश’ को आह्वान गरेका छन् । जर्मनीले इयु र इजरायलबीचको प्रमुख सहयोग सम्झौताको रक्षा गर्दै गाजाको अवस्थाबारे छलफल गर्नुपर्ने बताएको छ ।
नेतान्याहुले हमास र यसका सहयोगीहरूले हिरासतमा लिएका कम्तीमा २० जना अझै जीवित रहेको विश्वास व्यक्त गर्दै बन्धकलाई मुक्त गर्न अस्थायी युद्धविरामको विकल्पमा इजरायल तयार हुने बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: