Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

गाजामा लगभग ९० वटा सहायता ट्रक पठाइयो : राष्ट्रसङ्घ

खबरडबली संवाददाता

गाजा । गाजामा सहायताका लागि बुधबार करिब ९० वटा ट्रक पठाइएको संयुक्त राष्ट्रसङ्घले बताएको छ । युद्धले ध्वस्त पारेको प्यालेस्टिनी क्षेत्रमा इजरायलको नयाँ आक्रमण र नाकाबन्दीलाई लिएर अन्तर्राष्ट्रिय दबाब बढेको छ ।

मार्चको सुरुदेखि गाजामा सहायता वितरण भएको थियो भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अस्थायी युद्धविरामका लागि खुला रहेको बताए पनि सबै क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिने कुरा दोहोर्‍याएका थिए । इजरायलले सीमित सहायताको प्रवेश अनुमति दिने घोषणा गरेको तीन दिनपछि संयुक्त राष्ट्रसङ्घले करिब ९० ट्रक सामान गाजा पठाएको राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले बताएका छन् ।

इजरायली सेनाले कब्जा गरिएको पश्चिम किनार भ्रमण गर्ने विदेशी कूटनीतिज्ञहरूको प्रतिनिधिमण्डल नजिकै सेनाले गोली चलाएको केही समयपछि भएको घटनाले विश्वव्यापी निन्दा खेपिरहेको छ । गाजाको मिडियाले ८७ वटा सहायता ट्रकको आगमन भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय र स्थानीय संस्थाहरूलाई ‘तत्काल मानवीय आवश्यकताहरू’ पूरा गर्नका लागि निर्धारित गरिएको उल्लेख गरेको छ ।

नेतान्याहुले गाजामा ‘हाम्रो कार्यको स्वतन्त्रताको संरक्षण गर्न मानवीय सङ्कटबाट बच्न’ आवश्यक रहेको बताएका छन् ।
इजरायली नाकाबन्दीले खाद्यान्न र औषधिको गम्भीर अभाव निम्त्याएका कारण प्यालेस्टिनीहरू आधारभूत आवाश्यकता परिपूर्तिका लागि सङ्घर्ष गरिरहेका छन् ।

यसैबीच इजरायलले आक्रमण जारी राख्दा गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ८२ जनाको शव अस्पतालमा लगिएको जनाएको छ ।मानवीय सहायता समूहले गाजामा प्रवेश गर्ने सहायताको मात्रा सङ्कट कम गर्न आवश्यकभन्दा धेरै कम रहेको जनाएको छ । संयुक्त राज्य अमेरिका समर्थित गाजाको मानवतावादी फाउन्डेसनले आगामी केही दिनमा यस क्षेत्रतर्फ सहायता पठाउने बताएको छ । यसै गरी संयुक्त राष्ट्रसङ्घ र यसका एजन्सीहरूले सहयोग गर्ने बताएका छन् ।

इजरायलले आक्रमण रोक्न र गाजामा सहायताको प्रवेशलाई अनुमति दिन सहयोगीहरूबाट बढ्दो दबाबको सामना गरेको छ ।युरोपेली सङ्घ (इयु) विदेशमन्त्रीहरू मङ्गलबार इजरायलसँग व्यापार समावेश भएको सहयोग सम्झौता संशोधन गर्न सहमत भएका छन् । इजरायलको विदेश मन्त्रालयले इयुले इजरायलले सामना गरिरहेको जटिल वास्तविकताको बुझाइको पूर्ण अभावलाई प्रतिबिम्बित गरेको घोषणा गरेको छ ।

स्विडेनले इजरायलमाथि प्रतिबन्ध लगाउने दबाब दिने बताएको छ भने बेलायतले इजरायलसँग स्वतन्त्र व्यापारमा वार्ता स्थगित गरी इजरायली राजदूतलाई बोलाएको छ । पोप लियो चौधौँले गाजाको अवस्थालाई ‘पीडादायी’ भन्दै ‘पर्याप्त मानवीय सहायताको प्रवेश’ को आह्वान गरेका छन् । जर्मनीले इयु र इजरायलबीचको प्रमुख सहयोग सम्झौताको रक्षा गर्दै गाजाको अवस्थाबारे छलफल गर्नुपर्ने बताएको छ ।

नेतान्याहुले हमास र यसका सहयोगीहरूले हिरासतमा लिएका कम्तीमा २० जना अझै जीवित रहेको विश्वास व्यक्त गर्दै बन्धकलाई मुक्त गर्न अस्थायी युद्धविरामको विकल्पमा इजरायल तयार हुने बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending