Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

बेलैमा नचेते १० वर्षे जनयुद्ध जस्तै अर्को विद्रोह हुनसक्ने प्रचण्डको चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकार बेठीक बाटोमा गइरहेको बताएका छन् । जागरण अभियानअन्तर्गत बागलुङ बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले सरकार भ्रष्टाचारीहरूको संरक्षण र दलालहरूको हित गर्नेतिर लागेको बताए। उनले भने, ‘अहिले म सुन्दैछु विमानस्थल भन्सारमा लाखौँ–करोडौँको घोटाला हुने गरेको छ । म प्रधानमन्त्री र नारायणकाजी गृहमन्त्री भएको बेलामा हामीले एकपछि अर्को नीतिगत निर्णय गर्दै टाइट गर्दै लगेका थियौँ। अहिले एउटै रुटबाट सरकारको हातमा ५०औँ लाख गइरहेको छ भ्रष्टाचारको रूपमा । यो स्थिति भएपछि कसरी आर्थिक स्थितिमा सुधार हुन्छ ?’

प्रचण्डले अहिले अभियानमा हिँड्नुको पछाडि पनि सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्नु मुख्य उद्देश्य भएको बताए। उनले थपे, ‘हामी अहिले सरकारलाई खबरदारी गरिरहेका छौँ, यसबाट पनि शिक्षा लिँदैन भने आन्दोलित हुने तयारीको पनि उद्देश्य रहेको छ।’

उनले देश बन्दैन, कुनै पार्टी पनि राम्रा छैनन् भन्ने भाष्य बनेकोप्रति चिन्ता व्यक्त गरे। प्रचण्डले भने, ‘यदि सरकारले आफूलाई सच्याउनेतिर गएन भने नेपालका निकै ठूलो जनआन्दोलनको स्थिति बन्नेछ । जनतामा दिनप्रतिदिन आवेग र आक्रोश बढ्दैछ। सरकार उल्टो बाटो चल्दै गएको छ। जति उल्टो बाटोमा चल्छ त्यति जनतामा आक्रोश बढ्छ।’

अहिले प्रमुख प्रतिपक्ष दलको हैसियतले अहिले सरकारलाई खबरदारीमात्रै भनेको बताए । उनले थपे, ‘हामीले आन्दोलनको अपिल अझै गरेका छैनौँ, तर सरकार यही रूपले अगाडि बढ्ने हो भने सायद आउने वर्षापछि शक्तिशाली आन्दोलन नेपालमा बन्छ । त्यसले नयाँ आर्थिक र सांस्कृतिक क्रान्तिको वातावरण बन्छ । समाजलाई नयाँ समृद्धिको यात्रा त्यहाँबाट हुनेछ । तर हामी चाहन्छौँ । यो सरकारले समयमै चेतोस्। माओवादीले जब गम्भीर ढङ्गले अपिल गर्दै हिँड्छ त्यसको विशेष अर्थ र महत्त्व हुन्छ । विगतमा पनि हामीले उठाएको विषयलाई गम्भीरतापूर्वक नलिँदा १० वर्षे जनयुद्धको रूपमा विद्रोहले जन्म लियो ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending