सर्लाही। पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका–१, पानी ट्याङ्की चोकमा शनिबार बिहान टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बालुवा लोड गरेर बागमतीबाट हरिवनतर्फ आउँदै गरेको ना.७ ख. ६३९१ नम्बरको टिप्परले विपरीत दिशाबाट गइरहेको बा. ६६ प. ८४६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मलङ्गवा नगरपालिका–१०, का २१ वर्षीय मोहमद कैफ मिकरानीको मृत्यु भएको हो ।
मिकरानीलाई नमूना अस्पताल हरिवनमा सामान्य उपचार पश्चात थप उपचारका लागि एलएस न्यूरो अस्पताल वीरगन्ज लैजाँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार मलङ्गवा नगरपालिका–१०, कै २४ वर्षीय सुमितकुमार यादव गम्भीर घाइते भएको छन् । सुमितको एल एस न्यूरो अस्पतालमा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिने टिप्पर र टिप्पर चालकलाई नियन्त्रणमा लिइएको हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - १७:३१
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...
फाल्गुन २२ गते, २०८२ - १७:१८
रूकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) यहाँ प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मत...
फाल्गुन २२ गते, २०८२ - १७:१३
रोल्पा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार उनले १,४७६ मत प्राप्त ...
फाल्गुन २२ गते, २०८२ - १७:०७
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह मोरङको उर्लाबारी पुगेका छन्। शुक्रबार दिउँसो उनले विराटनगर विमानस्थल हुँदै उर...
फाल्गुन २२ गते, २०८२ - १६:५५
धनकुटा । एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १,५९० मतसहित अग्रता कायम गरेका छन्। मुख्य निर्वाच...
फाल्गुन २२ गते, २०८२ - १६:४७
गोरखा । उत्तरी गोरखाबाट मतदान केन्द्रका मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमको कारण गोरखा सदरमुकाममा अवतरण गर्न नसकेर पोखरामा आकस्मिक अवत...
फाल्गुन २२ गते, २०८२ - १६:४०
नेपालगन्ज । प्रतिनिधि सभा सदस्यको निर्वाचनको जारी मतगणना अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवा...
फाल्गुन २२ गते, २०८२ - १६:२९
काठमाडौं। सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो मतान्तर बढाउँदै अघि बढेका छन्। पछिल...
फाल्गुन २२ गते, २०८२ - १६:००
झापा। झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाह ले मतान्तर बढाउँदै आफ्नो अग्रता अझ मजबुत बनाएका छन्। यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएक...
फाल्गुन २२ गते, २०८२ - १५:५०
काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले उज्यालो नेपाल पार्टीका कुलम...



प्रतिकृया लेख्नुहोस्: