ब्रुसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घमाथि प्रस्ताव गरिएको ५० प्रतिशत भन्सार शुल्क अस्थायी रूपमा स्थगित गर्ने निर्णय लिनु भएपछि दुई पक्षबिचको व्यापार वार्ता पुनः सकारात्मक दिशामा अघि बढ्ने सङ्केत देखिएको छ ।
आइतबार राष्ट्रपति ट्रम्प र युरोपेली आयोगका अध्यक्ष उर्सुला फोन डेर लायनबिच भएको टेलिफोन वार्तापछि आगामी जुलाई ९ भित्र निष्कर्षमा पुग्ने लक्ष्य राखिएको जानकारी प्राप्त भएको छ ।
वार्ताको वर्तमान अवस्था
अमेरिकाले अघिल्लो चरणमा युरोपेली सङ्घका विभिन्न वस्तुहरूमा उच्च भन्सार शुल्क लगाइसकेको छ, जसमा सवारी साधन, फलाम, पित्तल लगायतका सामग्रीहरू छन् । हाल केही शुल्कहरू वार्ताका कारण अस्थायी रूपमा रोकिएका छन् । यद्यपि युरोपेली वस्तुहरू अझै १० प्रतिशतको भन्सार महसुलअन्तर्गत परिरहेका छन् ।
युरोपेली सङ्घका तर्फबाट व्यापार आयुक्त मरोस सेफ्चोभिक वार्तालाई सक्रिय रूपमा अगाडि बढाइरहेका छन् । अमेरिकाका वाणिज्य सचिव होवार्ड लुटनिक र व्यापार प्रतिनिधि जेमिसन ग्रियरसँग उनको निरन्तर सम्पर्क भइरहेको छ ।
अमेरिकाको अपेक्षा
राष्ट्रपति ट्रम्पले अमेरिका–युरोपबिचको व्यापार घाटा घटाउनुपर्ने आवश्यकता औंल्याए । उनले युरोपेली देशहरूले अमेरिकी ऊर्जा सामग्रीको खरिदमा वृद्धि गर्नु आवश्यक रहेको बताए । उनले केही कर प्रणाली र गैरभन्सार अडचनहरूबारे पनि छलफल अघि सारेका छन् । जसमा मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने प्रस्ताव पनि समावेश रहेको जनाइएको छ । यस्ता प्रस्तावहरूमध्ये केही युरोपेली पक्षका लागि कठिन रहेको बुझिएको छ ।
युरोपेली सङ्घको दृष्टिकोण
युरोपेली सङ्घले व्यापारमा सहकार्य र समझदारी कायम राख्दै आर्थिक स्थायित्व सुनिश्चित गर्न चाहेको जनाएको छ । यसका लागि उसले दुई पक्षीय भन्सार छुटको प्रस्ताव अघि सारेको छ, जसमा औद्योगिक उत्पादनहरू समेत समावेश छन् ।
युरोपेली सङ्घले चीनसँग सम्बन्धित व्यापारिक चुनौतीहरूबारे संयुक्त पहल गर्न सकिने सम्भावनाबारे पनि सङ्केत गरेको छ, यद्यपि प्रत्यक्ष रूपमा चीनको नाम उल्लेख गरिएको छैन् ।
यदि वार्ता सकारात्मक रूपमा अघि बढ्न सकेन भने युरोपेली सङ्घले करिब १३६ अर्ब अमेरिकी डलर बराबरका वस्तुहरूमा शुल्क लगाउने विकल्पको समेत विचार गरिरहेको छ । साथै, केही प्रमुख प्रविधि कम्पनीहरूमाथि समेत नियमन कडा पार्न सकिने बताइएको छ ।
युरोपेली आयोगका अध्यक्ष फोन डेर लायनले आइतबारको वार्तापछि वार्तालाई स्पष्ट र निर्णायक रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी महिनामा क्यानडामा हुने सात राष्ट्र समूहको सम्मेलनमा राष्ट्रपति ट्रम्प र अध्यक्ष डेर लायनबीच प्रत्यक्ष भेट हुने सम्भावना रहेको छ, जसबाट व्यापार वार्ता थप सुदृढ हुने आशा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: