Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

वाईसीएलको नयाँ नेतृत्व: अध्यक्षमा दर्जन बढी आकांक्षी

खबरडबली संवाददाता

काठमाडौं । वाईसीएलका नेताहरुका अनुसार निर्वाचन हुने सम्भावना अति न्यून छ । निर्वाचनको विपक्षमा रहेको पार्टी हेडक्वाटर र सहमतिमा नेतृत्व गराउन खटिएका दीपशिखा र शेर्पाली दुवै पार्टी अध्यक्ष प्रचण्ड निकट भएकाले चुनाव हुने सम्भावना नदेखिएको सम्मेलन स्थलमा रहेका एक पदाधिकारीले बताए ।

वाईसीएलको अध्यक्षका लागि १३ जना आकांक्षी छन् । उपाध्यक्ष केहरसिंह कुँवर, उपमहासचिव पुष्प ओली, सचिवहरू नवराज ऐर, गणेश शाही, कर्म पुलामी, माधव बस्नेत, प्रेम श्रेष्ठ, ठाकुर सौराग लगायत अध्यक्षको आकांक्षी छन् । अध्यक्षको दाबीकर्ताहरुमा कुँवर, ओली, ऐर, शाही र पुलामीको नाम बढी चर्चामा छ ।

वाईसीएलका नेताहरुका अनुसार दीपशिखा र शेर्पालीको मिलेमतोमा नयाँ कमिटी आउने आशंका संगठनभित्र छ । दीपशिखाले हालका उपाध्यक्ष केहरसिंह कुँवरलाई अध्यक्ष बनाउने चाहेको संस्थापन पक्षकै वाईसीएलका एक नेताले दाबी गरे । उनले भने, ‘केहरसिंहलाई अध्यक्ष, कर्म पुलामीलाई उपाध्यक्ष र गणेश शाहीलाई महासचिव बनाएर दीपशिखाले नयाँ नेतृत्व ल्याउन खोज्छन् । उनले भनेकै जस्तो सबै नहुने हुँदा सुवोध (वाईसीएलका हालका अध्यक्ष) ले चाहेका व्यक्तिहरु पनि मिलाएर कमिटी ल्याउँछन् ।’

अध्यक्षका आकांक्षी प्रेम श्रेष्ठ मूल नेतृत्वका लागि दाबी गर्नेहरुको संख्या धेरै भएको हुँदा निर्वाचनको सम्भावना पनि उत्तिकै रहेको बताउँछन् ।

उपाध्यक्षका लागि १० जना बढीले दाबी गरेका छन् । उपाध्यक्षमा अखिल शाही, नवीन खड्का, मनिषा चदारा, रीतमान पुन, सुनील सुनार, मोहित विक, अनु कुँवर, शर्मिला तामाङ, अर्जुन साउद, अविलास लामा लगायत इच्छा राखेका छन् । अनन्त प्रकाश श्रेष्ठ, शिला नेपाल, साजन अधिकारी लगायतले उपमहासचिव पदको दाबी गरेका छन् ।

महासचिव पदमा विपिन आचार्य, हरि ढकाल, सन्तोष पनेरु, शिव बोगटी, धनकुमार मैनाली, कुमार आचार्य, शंकर पौडेल र शोभाराम भण्डारी गरी ८ जनाले दाबी गरेका छन् । राजीव गिरीले कोषाध्यक्ष पदको आकांक्षा राखेका छन् ।

उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव ८, सचिव १७ कोषाध्यक्ष १ गरी ३५  जनाको पदाधिकारी हुने वाईसीएलको विधानको व्यवस्था छ । ३५ जना हुने पदाधिकारीका लागि ९९ जनाले इच्छा देखाएका छन् । वाईसीएलको केन्द्रीय कमिटी २५१ जनाको हुने व्यवस्था गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँगको आलोपालो सहमतिबारे जानकारी छैन: मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...

‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ता

कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...

नेमकिपाले गाउँ-टोलमै पुगेर मतदातालाई धन्यवाद दिने

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...

घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...

दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास : संकट समाधान कि दीर्घकालीन सुधार ?

काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...

ड्युटीमा रहेका प्रहरी कुटेको आरोपमा सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending