Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

बर्दिबास र जलेश्वरका ६ वटा स्वास्थ्य संस्था तत्कालै बन्द हुने

खबरडबली संवाददाता

महोत्तरी, नेपाल स्वास्थ्य व्यवसायी परिषद (एनएचपिसी) ले महोत्तरी जिल्लामा मापदण्ड पूरा नगरी सञ्चालन हुँदै आएको ६ वटा क्लिनिक तथा अस्पताल तत्कालै बन्द हुने जनाएको छ ।

परिषदका अध्यक्ष डा।सुबोध शर्माले गोरखापत्रसँग कुराकानी गर्दै महोत्तरीको बर्दिबास तथा जलेश्वरमा गरिएको अनुगमनबाट तत्कालै ६ वटा क्लिनिक तथा अस्पताल बन्द गर्ने प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाएको जानकारी दिए । 

परिषदका अध्यक्ष शर्माको नेतृत्वमा अनुगमनमा रहेका विशेषज्ञसहितको टोलीले जलेश्वर र बर्दिवासमा दुई दर्जन स्वास्थ्य संस्थाको निरीक्षण गर्दा गम्भीर लापरवाही र बिरामीको ज्यानसँग खेलवाड गरिरहेको पाइएकाले ६ वटालाई तत्कालै बन्द गर्न र अरुलाई सुधारका लागि भनेको हो ।

अनुगमनको क्रममा मापदण्डविपरीत देखिएको विश्वास डेन्टल जलेश्वर, झा प्याथोलोजी जलेश्वर, लव मेडिकल हलको एक्सरे सेवा, सिटी केयर हस्पिटल बर्दिबास, पञ्चधुरा डेन्टल क्लिनिक बर्दिबासलाई तत्कालै बन्द गर्नुपर्ने अवस्था देखिएको परिषद अध्यक्ष शर्माले बताए । उनले भने, “जलेश्वर र बर्दिबासका ६ वटा स्वास्थ्य संस्था मापदण्डविपरीत र बिरामीसँग दुर्घटना हुन सक्ने खालको देखिएकाले तत्कालै बन्द गर्न तथा अरुलाई सुधारका लागि समयसिमा दिएर कारबाहीका लागि प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई दिएर आएका छौं ।”

सरकारी अस्पतालमा मात्रै पाइने किटहरु समेत बाहिरको प्याथोलोजीमा पाइएको तथा जाँचका लागि केही केमिकल नभए पनि हातैले ल्याव रिपोर्ट दिने गरेको, नपढेको र जनशक्ति नै नभएकाले पनि चेकजाँच गर्ने गरेको समस्याहरु अनुगमनको क्रममा देखिएको डा।शर्माले बताए ।

उनले हामीले देशैभरी अनुगमन गर्ने र सोको सुरुवात मधेश प्रदेशको महोत्तरीबाट सुरु गरेको जानकारी दिदै बिरामीसँग खेलवाड गर्ने स्वास्थ्य संस्थाहरुबारे उजुरी आए तत्कालै अनुगमन गरिने जानकारी दिए।

स्वास्थ्य सेवा नागरिकको मौलिक हक रहे पनि मधेश प्रदेशका धेरै अस्पताल, क्लिनिक र प्रयोगशालाहरू नियम विपरीत सञ्चालनमा रहेको छ । केही महिना अघिसम्म मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले समेत मधेश प्रदेशका आठवटै जिल्लाको स्वास्थ्य संस्थाहरुमा अनुगमन र नियम विपरितका स्वास्थ्य संस्थाहरुलाई बन्द गराएको थिए ।

मधेश प्रदेशमा रहेका केही संस्थाहरू बिना दर्ता सञ्चालनमा छन् भने कतै दक्ष जनशक्ति नै नरहेको तथा कतिपय ठाउँमा अन्यले नै चेकजाँच गरिरहेको भेटिएको छ । बर्दिबासको पञ्चधुरा डेन्टल क्लिनिक एक जना अवकाश प्राप्त नेपाली सेनाले सञ्चालन गरिरहेको अनुगमन टोलीले भेटेको थियो । जोसँग बिरामी जाँच गर्ने लाइसेन्स नै छैन ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद, ऐन २०५३ को दफा २० बमोजिम स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिहरुको अनुगमन परिषदले गरिरहेको छ । अनुगमनमा रेडियोग्राफी विज्ञ रुपेश शिलवाल, प्रयोगशाला विज्ञ राजन लाभ, नेत्र विज्ञान विज्ञ निरज देव जोशी, जनस्वास्थ्य विज्ञ तेजप्रसाद दुलाल, दन्त विज्ञान विज्ञ माइकल देवकोटा रहनुभएको छ । प्रतिवेदनमाथि कारबाहीको सन्दर्भमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाललाई सम्पर्क गर्न खोज्दा उहाँसँग सम्पर्क हुन सकेन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...

देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो, हामीले देशलाई अगाडि बढाएका छौँ: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...

मैले ‘क्रमभंग’को कुरा गर्दा अनावश्यक रूपमा अतिरञ्जित गरियो: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...

वामपन्थी शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...

व्यक्तिगत स्वार्थ र भ्रष्टाचारजस्ता कारणले कम्युनिस्ट आन्दोलन कमजोर भयो: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...

चुनावअघि एकता भएको भए वामपन्थीले करिब १ सय सिट जित्थ्यो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...

मदन भण्डारीको हत्याबारे सत्य पत्ता लगाउन नसक्नु हाम्रो कमजोरी हो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...

केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending