Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

अतिक्रमित पुरैना ताल पुनर्स्थापना गरिँदै

खबरडबली संवाददाता

कैलाली। भजनी नगरपालिका–७ मा रहेको पुरैना ताल पुनर्स्थापनाको काम सुरु भएको छ । गत वर्ष सामुदायिक वन समन्वय समिति, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायत निकायबिच समन्वयमा अतिक्रमण हटाइएपछि ताल पुनर्स्थापनाको काम अगाडि बढेको हो । 

यहाँ ताल वरिपरि १० फिट चौडा र पाँच फिट अग्लो पर्खाल ९ड्याम० निर्माण गरिएको थियो, तर स्थानीयले पुनः अतिक्रमण गरी खेतीपाती गरेका थिए । हाल तालको सुरक्षणका लागि ठुलो पर्खाल निर्माणको काम भइरहेको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजन वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । उनका अनुसार तालको वरिपरि दुई मिटर उचाइ र दुई मिटर चौडाइको गाडी गुड्ने गरी डिल निर्माणको कार्यसमेत सुरु गरिएको छ ।  

मोहना नदीमा विसं २०६४ मा आएको बाढीले ५६३ बिघा क्षेत्रफलमा फैलिएको पुरैना ताललाई बगरमा परिणत गर्न सुरु गरेको थियो । त्यसपछि २०६८, २०७२ र २०७५ सालमा आएको बाढीले ताललाई पुरेर बगरमा बनायो । पछि स्थानीयले त्यसमा खेती लगाउन सुरु गरेका हुन् । ताल बालुवाले पुरिँदै गएपछि स्थानीयले दिनप्रतिदिन जग्गा बढाउँदै गएकाले ताल पूरै खेतमा परिणत भएको कँडेलले बताए । 

“यो ताल क्षेत्र वसन्ता जैविक मार्गसँग जोडिएकाले जैविक विविधताका दृष्टिमा महत्त्वपूर्ण छ । पहिले यो ताल क्षेत्र जलचर र विभिन्न प्रजातिका आगन्तुक तथा रैथाने चराको वासस्थानका रूपमा थियो”, उनले भने, “बाढीले अतिक्रमण गरेपछि त्यो हटाउनुको सट्टा स्थानीयले नै थप अतिक्रमण गर्दै गएको देखिन्छ । हाल सबैको सहयोगमा यसको संरक्षणका लागि अगाडि सरेका छौँ ।” 

जानकारहरूका अनुसार यस तालको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व छ । पुरैना भनेको थारु भाषामा कमलको फूल हो । स्थानीय थारु समुदायमा पूजाआजा गर्दा यही तालको कमलको फूल र पातको प्रयोग अनिवार्य मानिन्थ्यो । विगतमा पुरैना तालको पर्यटकीय महत्त्व पनि धेरै थियो । 

यो ताल क्षेत्र बसाइँ सर्ने घुमन्ते चराहरू वासस्थान पनि हो । साइबेरिया, रुसबाट आएका चरा यहाँ बच्चा कोरलेर फर्किने गर्थे । ताल विनाश भएपछि भने त्यो चक्र खलबलिएको छ। यस्तै ताल विनाश भएका कारणको प्रभावले पनि होला हाल घोडाघोडी ताल क्षेत्रमा पनि आगन्तुक चराहरूको सङ्ख्या घटिरहेको छ । पक्षी संरक्षण सङ्घका फिल्ड अधिकृत हिरुलाल डगौरा पुरैनालगायत प्राकृतिक ताललाई आफ्नै स्वरूपमा फर्काएर समस्या समाधान गरिनुपर्ने बताउँछन् ।

उनी भन्छन्, “५ सय ६३ बिघा क्षेत्रफलमा फैलिएको पुरैना ताललाई प्राकृतिक र सांस्कृतिक रूपमा पनि महत्त्वपूर्ण छ । त्यसको विनाशले सामाजिक प्रभाव मात्रै होइन, प्राकृतिक रूपमा पनि जैविक विविधता खलबलिएको छ । अब यसको संरक्षण गरेर पुरानै अवस्थामा फर्काउन सबैले सहयोग गर्नुपर्छ ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending