Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

सर्वोच्चको न्यायाधीश नियुक्तिमा अन्योल, न्याय परिषदको पनि असार ९ बाट एक सदस्य रिक्त हुँदै

खबरडबली संवाददाता

काठमाडौं। सर्वोच्च अदालतमा चार न्यायाधीशको पद रिक्त छ । २०८१ कात्तिक ६ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट नृपध्वज निरौला र नित्यानन्द पाण्डे न्यायाधीश नियुक्त भएपछि सर्वोच्च अदालतमा न्यायाधीशको रिक्त दरबन्दी सङ्ख्या चारमा झरेको हो ।

दरबन्दी रिक्त रहेको सात महिनाभन्दा लामो समय भइसक्दासमेत नियुक्तिका लागि सिफारिस हुन सकेको छैन । दलीय भागबन्डा, राजनीतिक दबाब तथा बार र बेन्चबिचको तनावका कारण लामो समयदेखि न्यायाधीश नियुक्ति हुन नसकेको हो । 

हाल सर्वोच्च, उच्च अदालत र जिल्ला अदालतसमेत गरी ३३ न्यायाधीश पद रिक्त छन् । चालु आर्थिक वर्षको हाल (जेठ २१ गते)सम्म ३१ पटक परिषदको औपचारिक बैठक बसे पनि न्यायाधीश नियुक्तिका लागि सहमति हुन सकेको छैन । न्याय परिषदका एक सदस्यका अनुसार पछिल्लो पटक जेठ पहिलो साता निरन्तर पाँच दिन न्यायाधीश नियुक्तिका लागि बैठक बसे पनि ठोस प्रगति हुन सकेन ।

परिषदकै सदस्य रहेकी वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान विदेश भ्रमणमा जाने भएपछि त्यसपछिको बैठक जेठ १८ गतेका लागि तोकियो । तर उक्त दिन सार्वजनिक बिदा परेकाले बैठक बस्न सकेन ।

जेठ २१ गते बिहान करिब ४५ मिनेट पुनः बैठक बसेकोमा त्यसदिन न्यायाधीशहरूविरुद्ध परेका उजुरीहरूमाथि छलफल र केही फर्स्यौटको निर्णय भयो । तर न्यायाधीश नियुक्तिबारे निर्णय हुन नसकेको ती सदस्यले बताए ।

‘न्याय परिषद् नियमावली संशोधन खारेज नगरी न्यायाधीश नियुक्ति नगर्न बारले दबाब दिएका कारण लामो समयदेखि बैठक बसे पनि न्यायाधीश नियुक्तिबारे निर्णय हुन सकेको थिएन,’ ती सदस्यले भने, ‘पछिल्लोपटक नियमावली संशोधनविरुद्ध सर्वोच्चमा रिट परी तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएकाले नियुक्ति सहज बनेको छ, तर सहमति नजुट्दा निर्णय हुन सकेको छैन ।’

न्याय परिषद् ऐनले सर्वोच्च अदालतमा न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै सिफारिस गरिसक्ने व्यवस्था गरेको छ । विशेष परिस्थितिका कारण अचानक न्यायाधीश पद रिक्त भएमा एक महिनाभित्र नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था ऐनले गरेको छ । यद्यपि सात महिनादेखि ऐनको यस्तो प्रावधान उल्लङ्घन हुँदै आएको छ ।

न्याय परिषद्का पाँच सदस्यमध्ये एक सदस्य रामप्रसाद भण्डारीको आगामी असार ९ गते कार्यकाल सकिँदै छ । उनी तत्कालीन सरकारको सिफारिसमा २०७८ असार १० गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट परिषद् सदस्यमा नियुक्त भएका थिए । न्याय परिषद्को एक सदस्य रिक्त हुन लागे पनि हालसम्म सहमति नजुट्दा न्यायाधीश नियुक्तिको विषय अन्योलग्रस्त अवस्थामा छ ।

परिषदका एक सदस्य रिक्त नहुँदै न्यायाधीश नियुक्ति नभएमा प्रक्रिया अझै लम्बिन सक्ने स्रोत बताउँछ । परिषद् अध्यक्ष रहेका प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले केही समय अघिदेखि नै न्यायाधीश नियुक्तिका लागि सिफारिसको प्रयत्न जारी राखेका छन् । यद्यपि बार एशोसिएशनको दबाबका कारण नियुक्ति गर्न नसकिएको परिषद् स्रोतको भनाइ छ ।

जेठ १४ गते अधिवक्ता यज्ञमणि न्यौपानेसहित स्वतन्त्र कानुन व्यवसायी संघका तर्फबाट १० जना अधिवक्ताले दायर गरेको रिटमा नियमावली संशोधन तत्काल कार्यान्वयन नगर्न प्रधान न्यायाधीश राउतसहितको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चले नियमावली संशोधन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि नियुक्तिको अवस्था केही सहज बनेको स्रोतको भनाइ छ । तर कसलाई न्यायाधीशका लागि सिफारिस गर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन ।

असार ९ अगावै सर्वोच्चमा कम्तीमा एक इजलास थपिनेगरी दुई न्यायाधीश नियुक्ति गर्ने तयारी भइरहेको स्रोतको भनाइ छ । उच्च अदालतबाट ल्याउने गरी भए पनि तत्काल दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेबारे छलफल भएको परिषद स्रोतले जनाएको हो । यद्यपि वरिष्ठतमकै आधारमा न्यायाधीश नियुक्ति गर्नुपर्ने बाध्यात्मक अवस्था भने नहुने परिषदका एक सदस्यले बताए । ‘तिलप्रसाद श्रेष्ठलाई १२ नम्बरबाट ल्याइएको थियो, त्यसैले हाल वरिष्ठका आधारमा ल्याउनेबारे सामान्य छलफल भए पनि निर्णय भने भैसकेको छैन,’ उनले भने ।

सर्वोच्चमा न्यायाधीश नियुक्ति गरेर क्रमशः उच्च र जिल्ला अदालतमा न्यायाधीश नियुक्ति गर्ने तयारी रहेको उनको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँगको आलोपालो सहमतिबारे जानकारी छैन: मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...

‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ता

कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...

नेमकिपाले गाउँ-टोलमै पुगेर मतदातालाई धन्यवाद दिने

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...

घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...

दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास : संकट समाधान कि दीर्घकालीन सुधार ?

काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...

ड्युटीमा रहेका प्रहरी कुटेको आरोपमा सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending