Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

खबरडबली संवाददाता

पाल्पा। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४८ प्रतिशत रहेको छ । सुरुङमार्गको ‘ब्रेक थ्रू’ भएपछि कामले गति लिएको हो ।

अहिले ‘इन्भर्ट र लाइनिङ’ को काम धमाधम अघि बढिरहेको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले बताइन् । उनका अनुसार मुख्य टनेलको कुल एक हजार ८९ मिटरमध्ये इन्भर्टको ९९० मिटर काम सकिएको छ भने लाइनिङको एक हजार १२६ मध्ये ६६० मिटर काम सकिएको हो ।

इन्जिनियर ज्ञवालीले बाइपास–१ मा ‘इन्भर्ट र लाइनिङ’ को काम भइरहेको जनाउँदै बाइपास–३ मा ‘इन्भर्ट’ को काम सुरु भएको बताइन् । बाइपास–१ मा १५१ मिटर रहेकामा १४५ मिटर र लाइनिङको ११८ मिटर काम भइसकेको उनले उल्लेख गरिन् । “बाइपास–२ मा १६१ मिटर छ । यहाँ अहिलेसम्म इन्भर्ट र लाइनिङको काम सुरु भएको छैन । बाइपास–३ मा १३० मिटर छ । जसमा इन्भर्टको ३६ मिटर काम भइसकेको छ । लाइनिङको काम भने सुरु भएको छैन”, ज्ञवालीले भनिन् ।  

यहाँ यथाशीघ्र भित्तामा कङ्क्रेटिङ गर्ने, सडक निर्माण, सुरुङभित्र ढलान, भेन्टिलेसन, लाइनिङ, विद्युत् जडान, अक्सिजन वारपार, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायत काम गरिने उनले जानकारी दिइन् । त्यसपछि सुरुङमार्गको उत्तर र दक्षिणपट्टि हेलिप्याड निर्माण गरिने उनको भनाइ छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन खण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट एक हजार १२६ मिटर सुरुङमार्ग विसं २०७९ देखि निर्माण सुरु भएको हो । यो आयोजनअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भइसकेको छ । विसं २०८३ मा सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारमा ठेक्का सम्झौता गरेको थियो ।

सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म पहिरोको जोखिमयुक्त क्षेत्र मानिन्छ । सुक्खा याममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको इन्जिनियर ज्ञवालीले बताइन्। यसअघि पहिरोका कारण क्षति ब्यहोर्नाका साथै त्रासदीमा यात्रा गर्नुपर्ने बाध्यतामा रहेका यात्री सुरुङमार्गको ‘ब्रेक थ्रू’ भएपछि खुसी भएका छन् । यो खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म सवारीसाधन आवतजावत गर्दछन् ।

यहाँ हरेक वर्ष जाने पहिरोले जनधनको क्षति हुने गरेपछि सुरुङमार्ग निर्माण थालिएको हो । छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमित रूपमा सवारी आवागमन हुने सम्बद्ध आयोजनाले जनाएको छ । बजेट सुनिश्चित भएपछि काम तीव्र गतिमा भइरहेको इन्जिनियर ज्ञवालीले उल्लेख गरिन् । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमा यस खण्डका लागि रकम विनियोजना गरेपछि समयमा काम सम्पन्न हुने उनले विश्वास व्यक्त गरिन् ।

सरकारले पाल्पा–सिद्धबाबा खण्डमा निर्माणाधीन सुरुङमार्ग र नागढुङ्गा सुरुङमार्गका लागि रु दुई अर्ब ६० करोड बजेट विनियोजन गरेको छ । बजेट विनियोजन भएपछि काम समयमा सम्पन्न हुनेमा आफूहरू विश्वस्त रहेको स्थानीय गोविन्द्र पोखरेलले बताए । 

उनले भने, “आर्थिक मन्दीका कारण बजेट कटौती गरेर सुरुङमार्गको काम समयमा नसकिने हो भन्ने लागेको थियो । सरकारले बजेटमा प्राथमिकता दिएर रकम विनियोजन गरेपछि हामी ढुक्क छौँ ।” 

स्थानीय गम्भीर रायमाझीले कतिपय निर्माणाधीन आयोजनाहरू बजेट अभावमा अलपत्र परेका उदाहरण रहेका भन्दै सरकारले यस खण्डलाई प्राथमिकतामा राख्नु हाम्रा लागि खुसीको विषय भएको बताए । बजेट विनियोजनले सुरुङमार्गको काम निर्धारित समयमा सकिने भन्दै सुरुङमार्ग सम्पन्न भएपश्चात् आवागमन सहज हुने धारणा राखे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँगको आलोपालो सहमतिबारे जानकारी छैन: मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...

‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ता

कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...

नेमकिपाले गाउँ-टोलमै पुगेर मतदातालाई धन्यवाद दिने

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...

घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...

दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास : संकट समाधान कि दीर्घकालीन सुधार ?

काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...

ड्युटीमा रहेका प्रहरी कुटेको आरोपमा सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending