Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

गर्मी बढेपछि कपिलबस्तुका तीन पालिकामा विद्यालय बन्द

खबरडबली संवाददाता

कपिलबस्तु । जिल्लाको कपिलबस्तु, बुद्धभूमि र बाणगंगा नगरपालिकाले गर्मीका कारण विद्यालय बिदा दिएका छन् । बुद्धभूमि र बाणगंगा नगरपालिकाले चार दिन मंगलबारदेखि शुक्रबार सम्म र कपिलबस्तु नगरपालिकाले तीन दिन बुधबार देखि शुक्रबार सम्म बिदा दिइएको हो ।

कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुनाराम पौडेलका अनुसार तराईमा बढ्दै गएको गर्मीका कारण विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न कठिनाई उत्पन्न भएकोले बिदा दिने निर्ण गरिएको बताए। नगरले सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा विदा दिने निर्णय गरेको उनको भनाइ छ ।

त्यस्तै बाणगंगा नगरपालिकाका शाखा अधिकृत खिम बहादुर जि।सी।का अनुसार तराईमा बढ्दै गएको गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाहरुको शिक्षण सिकाइमा प्रतिकुल असर पर्न सक्ने जोखिमलाई मध्यनजर राख्दै नगरभित्र सञ्चालित सबै शैक्षिक संस्थाहरु ४ दिनका लागि गर्मी विदा गरिएको बताए ।

अत्याधिक गर्मीको कारण स्वास्थ्य प्रतिकुल हुँदा विद्यार्थीहरुलाई विद्यालयमा रही पठनपाठन कार्यमा संलग्न हुन कठिनाइ हुने चार दिन सम्पूर्ण विद्यालयहरुमा विदा दिइएको बुद्धभुमि नगरपालिकाका शिक्षा अधिकृत कृष्ण प्रसाद भट्टराईले बताए । वर्षे विदाबाट कट्टा हुने गरी विद्यालयहरुलाई गर्मी विदा दिइएको बताइएको छ  ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कञ्चनपुरका दुई नगरपालिकाका विद्यालय एक साता बन्द

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र भीमदत्त नगरपालिकाका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्य अव...

हेटौंडा सिमेन्ट उद्योग बन्द हुनु दु:खद हो, यसलाई सरकारले चलाउँछ : उद्योगमन्त्री

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक संकटसँग जुध्दै आएको हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन् ।...

बागमती नदीमा बेपत्ता पाँचमध्ये दुईको शव फेला, तीन जना सकुशल

काठमाडौं । बागमती नदी मा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव फेला परेको छ भने अन्य तीन जना सकुशल भेटिएका छन्। शनिबार दिउँसो रौतहट र सिन्धु...

भारत भ्रमणका लागि नेपाल ए टोली घोषणा, को को खेल्दैछन् ?

नेपाल क्रिकेट संघ (क्यान)ले भारत भ्रमणमा सहभागी हुने नेपाल ए टोली घोषणा गरेको छ। क्यानले भारतको उत्तराखण्ड मा मे २२ देखि जुन २, २०२६ सम्म सञ्चालन ह...

बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन

काठमाडौँ। सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न  नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयो...

सीमाविवादका कारण कर्णाली करिडोर बन्द

कालीकोट। बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा भएको घटनाको छानबिन, दोषीमाथि कारबाही तथा पीडितलाई न्यायको माग गर्दै हिमाली युवा क्लबले कर्णाली करिडो...

बागमती नदीमा बेपत्ता दुई युवक मृत फेला

सर्लाही । सर्लाही, रौतहट र मकवानपुरको सीमा क्षेत्रस्थित बागमती नदीले बगाएर बेपत्ता दुई युवक आइतबार दिउँसो मृत फेला परेका छन् । बागमती नदीले बगाएर स...

नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति छ - प्रवक्ता पोखरेल

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमश: सम्बोधन गर्दै जाने विश्वास व्यक्त गरेको छन्...

एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा: कप्तानमा दीपेन्द्र ऐरी

काठमाडौँ। एसियाली खेलकुद (एसियन गेम्स) अन्तर्गतको क्रिकेट प्रतियोगिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान...

सरकारविरुद्ध संसदमा सशक्त प्रतिरोधमा उत्रिने विपक्षी दलहरूको सहमति

काठमाडौँ । प्रतिनिधि सभाका विपक्षी दलहरू सरकारले अपनाएको कार्यशैलीविरुद्ध थप सशक्त रूपमा प्रस्तुत हुने सहमतिमा पुगेका छन्। नेपाली कांग्रेस, नेकपा (...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending