Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

विद्या भण्डारी सक्रिय हुँदा प्रधानमन्त्री ओलीकाे निद हराम

नेता कार्यकर्ता भेट्न मैले एमालेका कुनै कमिटी र नेताहरूसँग अनुमति लिइरहनुपर्दैनः भण्डारी

खबरडबली संवाददाता

काठमाडौं । यतिबेला सत्ता नेतृत्वकर्ता नेकपा (एमाले)आफैँभित्रको विवादले किचिन थालेको छ । विशेषगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियतासँगै एमालेभित्र विवादको अवस्था निर्माण भएको छ ।

पार्टी नेताकै हैसियतमा भएको चीन भ्रमण र त्यसयता भण्डारीले पूर्वी नेपालका जिल्लाहरू झापा र मोरङमा कार्यक्रम गरेकी छिन् । कोसी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनको उद्घाटनको नाममा झापा पुगेर नेताहरूसँग भेटघाट गरेकी भण्डारीले मोरङमा पनि केही दिन भेटघाट कार्यक्रम गरिन् ।

पार्टीको आधिकारिक निर्णयभन्दा बाहिर भण्डारी सक्रिय भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली निकै असन्तुष्ट बनेका हुन् । उनले पार्टीको एक कार्यक्रमलाई सम्बोधनका क्रममा भण्डारीलाई लक्षित गर्दै ‘पार्टी बिगार्ने दुष्प्रयास सह्य नहुने’ चेतावनी दिएका थिए ।

“अर्को खेल हुन खोज्या छ यहाँ। अब फलाना आउने अरे यहाँ, फलाना आउने रे”, गत आइतबार अनेरास्ववियुको महाधिवेशनलाई उद्घाटन गर्दै ओलीले भनेका थिए, “पार्टीमा यस्तो कुनै छलफलै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष।”

उनले महाधिवेशन मिति घोषणा भई नसक्दै कतिपय नसुहाउँदो तयारी लागेको भन्दै विरोध जनाएका छन् । “महाधिवेशनमा के गर्ने सरसल्लाह भएको छैन, छलफल भएको छैन, अनि यो बाहिर बाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने, यस्ता दुष्प्रयासलाई तपाईँहरू सोझै जवाफ दिनुस्”, ओलीले भनेका छन् ।

तर, ओलीका निम्ति विडम्बना नै मान्नुपर्छ, उनी निकटस्थ मानिने नेताहरू नै भण्डारीको पक्षमा खुल्दै गएका छन् । भण्डारी शनिवार झापा पुग्दा त्यहाँ एमाले जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी, अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले, बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महत्तरा प्रसाईं, पार्टी उपाध्यक्ष शिव ढुंगेलललगायतले भण्डारीलाई स्वागत गर्न पुगेका थिए। जहाँ आगामी नेतृत्वको रूपमा भण्डारीलाई देख्न चाहेको कुरा नेताहरूले सुनाएका थिए ।

यता, विराटनगरबाट झापा जाने क्रममा पनि भण्डारीसँग एमाले कोसी प्रदेशका इन्चार्ज शेरधन राई, सचिव राजकुमार भण्डारी र सहसचिव देवान राईसँगै थिए ।

उठ्यो उमेर हद र कार्यकालको एजेन्डा

सतहमा भण्डारी सक्रिय हुँदै गर्दा एमालेमा ७० वर्षे उमेर हद र कार्यकालको एजेन्डा उठेको छ । जसमा केही नेताहरूले खुलारुपमा आफ्नो धारणा राखेका छन् ।

एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा हालै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनमार्फत उमेर हद र कार्यकालको विषय स्पष्ट पार्नुपर्ने बताएका थिए । उनले पार्टीभित्र शुद्धीकरणका निम्ति पनि उमेर हद आवश्यक रहेको बताएका थिए ।

“विगत महाधिवेशनले नेतृत्वका सन्दर्भमा दुई वटा कुरा तय गरेको छ। पहिलो, ७० वर्ष उमेर सीमा। दोस्रो, कार्यकारी पदमा लगातार दुई कार्यकालभन्दा बढी बस्न नपाउने, कार्यकालबिच अन्तराल हुनुपर्ने प्रावधान”, उनले भनेका छन्, “यी कुराहरू लामै छलफल गरेर तय गरेको विषय थियो, त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा छु म चाहिँ ।”

उनको यो प्रस्ताव ओली आक्रोशित छन् । उनी निकटस्थसँगै उनी आफूले पनि यसबारे सार्वजनिक मञ्चबाटै अभिव्यक्ति दिएका छन् ।

“७० वर्ष उमेरका कुरा आयो । ७० वर्षे उमेर हदको विषय फेल खाइसक्यो । अहिले म ७४ चल्दै छु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन ? ४ वर्ष घटाउन भएन क्यारे उमेर”, आफू विरुद्ध लक्षित गरी आएका अभिव्यक्तिमा ओलीले भनेका छन्, “स्वास्थ्यले साथ दिन्छ दिँदैन, कार्यक्षमता हुन्छ कि हुँदैन मुख्य कुरा हो । चीनमा दुई पटक मात्रै अध्यक्ष हुन पाउने नियम बनाएको थियो । सि जिङ पिङको नेतृत्वको आवश्यकता देखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले ६५ लगाउनुभएको, अहिले ७२ पुगिसक्नु भयो, सि जिङ पिङ ।”

हुन पनि, यदि ७० वर्ष उमेर सीमा र दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने प्रावधान कायम भएमा ओली अध्यक्ष र प्रधानमन्त्रीका दोहोरिन पाउँदैनन् ।

२०७८ मंसिरमा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनमा पनि ओलीकै निम्ति पार्टी विधान–२०४९, लाई संशोधन गरिएको थियो । ‘महाधिवेशन हुँदा ७० वर्ष ननाघेको’ भन्ने व्याख्या गरेर ओली अध्यक्षमा दोहोरिएका थिए ।

११ फागुन २०७८ मा ओली ७० वर्ष पूरा हुने भएकाले मंसिरमै महाधिवेशन गरिएको थियो । तर, ७० वर्षे उमेर सीमाकै कारण अन्य नेताहरूले भने बिदा लिएका थिए ।

एमालेको दोस्रो विधान महाधिवेशन आगामी २०–२२ भदौमा तोकिएको छ । यदि विधान महाधिवेशनबाट उमेर हदको व्यवस्था कायमै राख्ने निर्णय भयो भने ओलीले पार्टी नेतृत्व छोड्नुपर्नेछ ।

ओली चेतावनीलाई बेवास्ता गर्दै भण्डारी

भण्डारीको एकपछि अर्को गरी देखिएको सक्रियतासँगै ओली असन्तुष्ट छन् । उनले सार्वजनिकरुपमै भण्डारीलाई ‘ठाउँमा बस्न’ भनेका छन् ।

तर, ओलीको चेतावनीलाई भण्डारी स्वीकार गर्ने पक्षमा देखिन्नन् । आफ्नो राजनीतिक भेटघाटलाई उनले आफ्नो कर्तव्यको रूपमा अर्थ्याएकी छिन् ।

“राष्ट्रपति हुनुभन्दा पहिले, संगठित सदस्यता लिनुभन्दा पहिले नै पार्टीमा काम गरेको, चिनजान ठूलै छ, पार्टीमा त्यसरी परिचित भएको नेताले कार्यक्रमहरूमा मलाई बोलाउनु स्वाभाविकै हुन्छ”, ओली अभिव्यक्तिपछि मंगलबार भण्डारीले मुख खोल्दै भनेकी छिन्, “के छ जनताको विचार, आकांक्षाहरू रु नयाँ पुस्ता के चाहन्छन् रु त्यसलाई पूरा गर्न, मैले सुरुमै भनेँ, राष्ट्रिय आकांक्षालाई साकार बनाउन हामी लाग्नुपर्छ। त्यो हाम्रो परम कर्तव्य हो।”

सँगै, उनले आफूले गतिविधि गर्दा कसैबाट अनुमति लिन आवश्यक नरहेको पनि प्रस्ट्याएकी छिन् । “नेता तथा कार्यकर्ता भेट्न, साक्षात्कार गर्न, मैले नेकपा एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनुपर्छ भन्ने लाग्दैन”, उनले भनेकी छिन् ।

भण्डारीले राष्ट्रिय आवश्यकताअनुसार आफू अगाडि बढ्ने कुरा प्रस्ट्याएकी छिन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजमार्ग क्षेत्रमा नेटवर्क समस्या समाधानका लागि जङ्गलमा टेलिकमको टावर

नवलपरासी । मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले सास्ती भोग्दै आएको अवस्थामा समाधानका लागि नवलपुरको जङ्ग...

इरानको आणविक भण्डार नियन्त्रणबारे ट्रम्प प्रशासनभित्र छलफल

काठमाडौं। अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानको आणविक सामग्री सुरक्षित गर्ने वा नियन्त्रणमा लिने सम्भावित रणनीतिबारे आन्तरिक प...

११ वर्ष जेल बसेर छुटेका व्यक्ति पुनः चोरीमा पक्राउ

काठमाडौं। ११ वर्ष कैद भुक्तान गरी हालै मात्र जेलबाट छुटेका एक व्यक्ति पुनः चोरी घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। ललितपुरको महालक्ष्मी नग...

इरानको चेतावनीः विश्वभरका पर्यटकीय क्षेत्रहरू अब ‘असुरक्षित’

काठमाडौं। इरानले आफ्ना शत्रुहरूलाई लक्षित गर्दै विश्वभरका पर्यटकीय र मनोरञ्जन स्थलहरूमा प्रतिशोधात्मक आक्रमण विस्तार गर्ने धम्की दिएको छ। अल जजीराक...

बिहारबाट भित्रिएको वर्षा प्रणाली : चितवन र आसपासमा बढी प्रभावको अनुमान

काठमाडौं । भारतको बिहार क्षेत्रबाट विकसित वर्षा प्रणाली नेपाल प्रवेश गर्दै बागमती प्रदेशमा प्रभाव पार्ने सम्भावना रहेको मौसमविद्ले बताएक...

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । च...

रोशी खोलामा बाढी पस्दा बिपी राजमार्ग अवरुद्ध

काठमाडौं। काभ्रेपलाञ्चोकस्थित रोशी खोलामा आएको बाढी सडकमा पसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार...

बैतडीमा ट्रक दुर्घटना, आमा-छोरासहित ४ जना घाइते

बैतडी । बैतडीमा ट्रक दुर्घटना हुदा चार जना घाइते भएका छन् ।  जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका वडा न ८ ज्याफुमा नेपालगन्जबाट बझाङ जाँदै ग...

ढोरपाटनमा भारी हिमपात

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य ...

आज देशभर अधिकांश बादल लाग्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल मधेस, बागमती, गण...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: