काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनले तीन दशकभन्दा बढी समय नेपाली राजनीतिमा निर्णायक प्रभाव जमायो । सशस्त्र संघर्ष, जनआन्दोलन, संविधान निर्माण र सरकार सञ्चालनसम्म आइपुग्दा कम्युनिस्ट शक्ति कहिले पहिलो त कहिले तेस्रो शक्तिका रूपमा स्थापित भयो। तर पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा भने नेकपा इतिहासकै कमजोर अवस्थामा पुगेको छ।
ताजा परिणाम : चौथो स्थानमा खुम्चिएको शक्ति
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपाले जम्मा ७ सिट जित्दै चौथो स्थानमा सीमित भएको छ। प्रत्यक्षतर्फ कमजोर प्रदर्शन गरेको नेकपाले समानुपातिकतर्फ पनि उल्लेख्य मत ल्याउन सकेकाे देेखिँदैन।
आइतबार अपरान्ह ५ बजेसम्म ४५ लाख ३० हजार ९१३ मत गणना हुँदा नेकपाले ३ लाख ४ हजार ६२ मत मात्रै प्राप्त गरेको छ। एक समय राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति मानिएको दल अहिले अस्तित्व र प्रभाव जोगाउने संघर्षमा देखिएको छ।
विद्रोहबाट शिखरसम्म
२०५२–०६२ सालसम्म चलेको सशस्त्र विद्रोह र २०६२/६३ को जनआन्दोलनपछि माओवादी शक्ति मूलधारमा आयो। ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादी २२९ सिटसहित पहिलो दल बन्यो।
राजतन्त्र अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गर्यो। समय पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी शक्ति परिवर्तनको प्रतीक थियो।
विभाजन, एकता र पुनः विघटन
२०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी बनेपछि १७४ सिटसहित झण्डै दुईतिहाइ बहुमत प्राप्त भयो।
त्यो चरणमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड को सहकार्यले शक्तिशाली सरकार गठन भयो। तर आन्तरिक विवाद, नेतृत्व संघर्ष र सर्वोच्च अदालतको निर्णयपछि पार्टी पुनः विभाजित भयो। विभाजनपछि जनआधार क्रमशः खस्किँदै गयो।
२०७० देखि २०७९ : क्रमिक गिरावट
२०७० : ८३ सिट — तेस्रो स्थान
२०७४ : एमालेसँग मिलेर दुईतिहाइ नजिक
२०७९ : ३२ सिट — तेस्रो स्थान कायम
२०८२ : ७ सिट — चौथो स्थान
यसपटक प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको वाम घटकहरू मिलेर नयाँ समीकरण बनाउने प्रयास भए पनि मतदाताले अपेक्षित समर्थन गरेनन्।
नयाँ चुनौती : रास्वपाको उभार
तीन वर्षअघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित रूपमा बलियो देखिएको छ। पुराना दलहरूप्रतिको असन्तोष, भ्रष्टाचारका आरोप र आन्तरिक कलहले नेकपालाई कमजोर बनायो।
नयाँ पुस्ता र शहरी मतदाताको ठूलो हिस्सा रास्वपातर्फ सरेपछि नेकपा चौथो स्थानमा धकेलिएको विश्लेषण गरिँदैछ।
किन खस्कियो जनाधार?
विश्लेषकहरूका अनुसार नेकपाको ओरालो यात्राका प्रमुख कारणहरू यस्ता छन्:
नेतृत्वप्रति बढ्दो अविश्वास, पटक–पटकको विभाजन र गुटबन्दी, सरकार सञ्चालनमा विवाद र अस्थिरता, नयाँ पुस्तासँग दूरी र एजेन्डाको कमजोर प्रस्तुति जस्ता कमजाेरी रहेका छन् ।
एक समय परिवर्तनको एजेन्डा बोकेको दल अब यथास्थितिको प्रतीकजस्तो देखिन थालेको आरोप पनि लाग्ने गरेको छ।
अस्तित्वको प्रश्न
३४ वर्षको यात्रामा नेकपा कहिले पहिलो, कहिले तेस्रो र अहिले चौथो शक्तिमा खुम्चिएको छ। के नेकपा पुनः आफूलाई पुनर्गठित गर्दै जनविश्वास फर्काउन सक्छ? कि यो गिरावट दीर्घकालीन राजनीतिक सन्देश हो? जस्ता प्रश्न जन्मिएका छन् ।
नेपाली राजनीतिमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै समाप्त भएको छैन। तर परिवर्तनको राजनीति केवल इतिहासको उपलब्धिमा टिकेर बाँच्न सक्दैन; निरन्तर आत्मसमीक्षा र नयाँ दृष्टि अनिवार्य भएकाेे जनादेशले सन्देश दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: