Ntc summer Offer
Khabar Dabali ४ श्रावण २०८२ शनिबार | 19th July, 2025 Sat
Investment bank

उद्यमी बन्न चाहने विद्यार्थीलाई ४० लाखसम्म ऋण दिइने

खबरडबली संवाददाता

काठमाडौं। सामाजिक उद्यमशीलता प्रवर्ध्दन गर्ने उद्देश्यले विश्वविद्यालय अनुदान आयोग (युजीसी) ले विभिन्न कलेजमार्फत ‘उद्यमशीलता सहयोग कार्यक्रम’ सञ्चालन सुरु गरेको छ । 

देशमा विद्यमान बेरोजगारी तथा युवाको विदेश पलायनका चुनौतीलाई समाधान गर्ने उद्देश्यले क्याम्पसहरुको प्रस्तावमा आधारमा विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरू छनोट गरी उक्त कार्यक्रम अगाडि बढाएको छ। ‘उद्यमशीलतासम्बन्धी पाठ्यक्रम’ तयार गरी युवा शिक्षक, विद्यार्थी तथा स्नातक तह वा स्नातकोत्तर तह उत्तीर्ण गरेको ५ वर्ष ननाघेका पूर्व विद्यार्थीहरुलाई समेत उक्त कार्यक्रममा सहभागी गराइनेछ ।

आफ्नै स्टार्टअप उद्यम स्थापना तथा विकासमा सहभागीहरूलाई सक्षम बनाउने उद्देश्यले यो कार्यक्रम तयार गरिएको हो । यसै सन्दर्भमा विश्वविद्यालय अनुदान आयोगबाट छनोटमा परेको काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं। ११ नेपालटारमा रहेको एन।आर। कलेजले आफ्ना विद्यार्थीलाई सो कार्यक्रममा सहभागी हुन शुक्रबार अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । 

कलेज सञ्चालक समितिका अध्यक्ष चित्रवरध्वज थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एन। आर। कलेजका क्याम्पस प्रमुख राजिप धितालले छनोट भएका विद्यार्थीलाई उद्यमशीलतासम्बन्धी तालिम तथा सहयोग कार्यक्रममा सहभागी गराइने बताउदै आयोगको सहयोगमा पाँचदेखि ४० लाख रुपियाँसम्म बिना ब्याजको ऋण दिइने बताए। उनले यो वास्तविकरुपमा सहकारी मोडलको कार्यक्रम रहेको जानकारी दिए । 

कलेजले उद्यमशीलताका लागि आवेदन आह्वान गरेको र परेका आवेदनहरुमध्ये छनोट भएका नवउद्यमीहरूलाई विभिन्न विषयमा ४० घण्टाभन्दा बढीको पाठ्यक्रममा आधारित प्रशिक्षण दिएर प्रमाणपत्र प्रदान गरिने कार्यक्रम छ। 

उद्यमशीलता, सिर्जनाशीलता, नवीनता र आइडिया विकास, बिजिनेस मोडल क्यानभास निर्माण, व्यवसाय दर्ता, बजार व्यवस्थापन, रणनीति विकास, मानव संसाधन, लेखा तथा वित्तीय योजना, लगानी सङ्कलन र विस्तृत व्यवसाय योजना निर्माण, व्यवसायका लागि सामाजिक सञ्जाल सामग्री निर्माणजस्ता विविध विषयमा प्रशिक्षण दिइनेसमेत जानकारी गराइएको छ । 

कार्यक्रममा उद्यमशीलता विज्ञ समुद्र पौडेल, सफल उद्यमी शोभाकान्त बस्याललगायतले शिक्षक तथा विद्यार्थीहरुले नयाँ स्टार्टअप बिजनेस सुरु गर्दा ध्यान दिनुपर्ने विषयमा चर्चा गरे। उनीहरूले व्यवसाय सुरु गर्दा धेरै मेहनत र धैर्यको खाँचो पर्ने भएकाले इमान्दार भएर अगाडि बढ्न प्रोत्साहित गरे। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्तरिक बिबाद चरम हुदैँ गएको छ । राजावादी आन्दोलनबाट उत्साहित भए पनि अन्तत: आन्तरिक संघर्षका कारण राप्रपामा ...

भारतमा चट्याङबाट ३३ जनाको मृत्यु

पटना। पूर्वी भाारतमा मनसुनी आँधीका क्रममा चट्याङ् पर्दा कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीले शुक्रबार बताएका छन् । बिहारमा...

भ्रष्टाचार बढ्नुको कारण निर्वाचन प्रणाली : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल मतदाता अधिकार मञ्चले शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचनसम्बन्धी क...

झापामा लागुऔषधको गोदाम, मुख्य कारोबारी एमाले नेता भानुभक्त खरेल

विराटनगर । झापामा प्रहरीले ठुलो परिणामको लागू औषध राखेको गोदाम नै नियन्त्रणमा लिएको छ ।  बिहीबार प्रतिबन्धित लागुऔषधसहित अर्जुनधारा ६ का २५ वर्षीय ...

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

काठमाडौं। नेपाली कला, साहित्य र राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरू आज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण...

एमाले पोलिटब्यूरो बैठकमा विधान महाधिवेशनबारे छलफल जारी

काठमाडौँ। नेकपा (एमाले)को पोलिटब्यूरो बैठक पार्टी च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।  एमाले केन्द्रीय कार्यालयका मुख्य सचिव डा.भी...

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता घोषणा

काठमाडौँ । नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएको छ ।  शुक्रबार राष्ट्रिय सभागृहमा भएको समारोहमा ने...

२० दिनभित्र शिक्षा ऐन जारी गर्न महासंघको अल्टिमेटम

काठमाडौं । शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २० दिनभित्र जारी गर्न सरकारलाई अल्टिमेटम दिएको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै...

अख्तियारलाई राप्रपाको ज्ञापनपत्र: नयाँ पुराना सबै भ्रष्टाचार काण्डको छानबिन गर्न माग

काठमाडौं । राप्रपाले नयाँ– पुराना सबै भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएको छ । देशमा भ्...

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

वासिङ्टन। संयुक्त राज्य अमेरिकाले बिहीबार काश्मीरमा अप्रिलमा भएको आक्रमणका लागि दोषी ठहराइएको एक रहस्यमय समूहलाई आतङ्कवादी घोषणा गरेको छ । ती आतङ्कवाद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending