Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

उद्यमी बन्न चाहने विद्यार्थीलाई ४० लाखसम्म ऋण दिइने

खबरडबली संवाददाता

काठमाडौं। सामाजिक उद्यमशीलता प्रवर्ध्दन गर्ने उद्देश्यले विश्वविद्यालय अनुदान आयोग (युजीसी) ले विभिन्न कलेजमार्फत ‘उद्यमशीलता सहयोग कार्यक्रम’ सञ्चालन सुरु गरेको छ । 

देशमा विद्यमान बेरोजगारी तथा युवाको विदेश पलायनका चुनौतीलाई समाधान गर्ने उद्देश्यले क्याम्पसहरुको प्रस्तावमा आधारमा विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरू छनोट गरी उक्त कार्यक्रम अगाडि बढाएको छ। ‘उद्यमशीलतासम्बन्धी पाठ्यक्रम’ तयार गरी युवा शिक्षक, विद्यार्थी तथा स्नातक तह वा स्नातकोत्तर तह उत्तीर्ण गरेको ५ वर्ष ननाघेका पूर्व विद्यार्थीहरुलाई समेत उक्त कार्यक्रममा सहभागी गराइनेछ ।

आफ्नै स्टार्टअप उद्यम स्थापना तथा विकासमा सहभागीहरूलाई सक्षम बनाउने उद्देश्यले यो कार्यक्रम तयार गरिएको हो । यसै सन्दर्भमा विश्वविद्यालय अनुदान आयोगबाट छनोटमा परेको काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं। ११ नेपालटारमा रहेको एन।आर। कलेजले आफ्ना विद्यार्थीलाई सो कार्यक्रममा सहभागी हुन शुक्रबार अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । 

कलेज सञ्चालक समितिका अध्यक्ष चित्रवरध्वज थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एन। आर। कलेजका क्याम्पस प्रमुख राजिप धितालले छनोट भएका विद्यार्थीलाई उद्यमशीलतासम्बन्धी तालिम तथा सहयोग कार्यक्रममा सहभागी गराइने बताउदै आयोगको सहयोगमा पाँचदेखि ४० लाख रुपियाँसम्म बिना ब्याजको ऋण दिइने बताए। उनले यो वास्तविकरुपमा सहकारी मोडलको कार्यक्रम रहेको जानकारी दिए । 

कलेजले उद्यमशीलताका लागि आवेदन आह्वान गरेको र परेका आवेदनहरुमध्ये छनोट भएका नवउद्यमीहरूलाई विभिन्न विषयमा ४० घण्टाभन्दा बढीको पाठ्यक्रममा आधारित प्रशिक्षण दिएर प्रमाणपत्र प्रदान गरिने कार्यक्रम छ। 

उद्यमशीलता, सिर्जनाशीलता, नवीनता र आइडिया विकास, बिजिनेस मोडल क्यानभास निर्माण, व्यवसाय दर्ता, बजार व्यवस्थापन, रणनीति विकास, मानव संसाधन, लेखा तथा वित्तीय योजना, लगानी सङ्कलन र विस्तृत व्यवसाय योजना निर्माण, व्यवसायका लागि सामाजिक सञ्जाल सामग्री निर्माणजस्ता विविध विषयमा प्रशिक्षण दिइनेसमेत जानकारी गराइएको छ । 

कार्यक्रममा उद्यमशीलता विज्ञ समुद्र पौडेल, सफल उद्यमी शोभाकान्त बस्याललगायतले शिक्षक तथा विद्यार्थीहरुले नयाँ स्टार्टअप बिजनेस सुरु गर्दा ध्यान दिनुपर्ने विषयमा चर्चा गरे। उनीहरूले व्यवसाय सुरु गर्दा धेरै मेहनत र धैर्यको खाँचो पर्ने भएकाले इमान्दार भएर अगाडि बढ्न प्रोत्साहित गरे। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पार्टी नेतृत्वका अनुसार केही...

रास्वपा निर्वाचन तालिका पाँचौँपटक संशोधन, पदाधिकारीका लागि राति मतदान हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...

भेनेजुएलामा शक्तिशाली भूकम्प: १६४ जनाको मृत्यु, करिब एक हजार घाइते

काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...

कक्षा १२ नतिजा विवादबारे शिक्षामन्त्री पोखरेलले भने: भेरिफिकेसन गर्न समिति गठन गरेको छौ

काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा...

रास्वपामा ‘नो भोट’को प्रावधान राख्नुपर्ने सागर ढकालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...

उचित विकल्प नदेखाए पुरानै ठाउँमा छाप्रो हाल्न बाध्य हुने सुकुमवासीहरुको चेतावनी

काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...

रास्वपा महाधिवेशन: यी ६ पदाधिकारीका लागि निर्वाचन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...

दस हजार भायल एन्टी–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...

कक्षा १२ नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थीहरूको प्रदर्शन

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...

रास्वपा महाधिवेशनमा मतदान घट्यो, झण्डै ३ हजारले मात्र गरे मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending