काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ तथा पूर्वसञ्चारमन्त्री रेखा शर्माले अहिलेको चुनावी पद्धति खराब भएको बताएकी छन् । उनले भनिन्, ‘अहिलेको चुनावी प्रणालीमा निष्ठाको राजनीति गर्ने स्थान छैन ।’
महान्यायाधिवक्ताको कार्यालयको अडिटोरियम हलमा शनिबार भएको एक कार्यक्रममा बोल्दै उनले चुनाव खर्चिलो भएको र चुनावमा भन्ने एक र जितेर आएपछि गर्ने अर्को थोकको पेलान भएको बताइन् ।
‘जनतालाई चुनावमा धारापानी कबुल गरेर कानून बनाउनुपरेको छ’, शर्माले भनिन्, ‘शक्ति पृथकीकरणको सिद्धान्तले पनि व्यवस्थापिका र कार्यपालिका फरक छन् । सांसदले मन्त्री वा प्रधानमन्त्री बन्न नपाउनेमात्रै कानून बनाउनुपर्ने खालको चुनावी प्रणाली आवश्यक भएको छ ।’
उनले कार्यकारी प्रमुखदेखि मुख्यमन्त्रीसम्म प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । केन्द्रको गठबन्धन तलमाथि हुँदा प्रदेश ढल्ने हुन नहुने उनको भनाइ छ ।
शर्माले जस्तै रास्वपा सांसद सुमना श्रेष्ठले पनि नेपालमा जनप्रतिनिधिहरु धेरै भएको भन्दै चुनवी प्रणालीमा समस्या औंल्याइन् । उनभनिन्, ‘यति धेरै जनप्रतिनिधिहरु किन चाहियो रु बुथ कब्जा गरेको न्यायिक निरुपण तीन महिनामा हुने हो भने चुनावी समस्या समाधान हुन्छन् ।’
नेकपा एमालेका सांसद ठाकुर गैरेले भने फरक मत राखे । उनले चुनावी परिणाम प्रत्यक्ष वा समानुपातिक हुँदैमा सही नतिजा आउने प्रत्याभूति नहुने बताए ।
अहिले धेरै सांसद समानुपातिक भएको र सबै स्थानीय तहमा प्रत्यक्ष चुनाव भएको भन्दै दुईमा एकमात्रै लाएमा समस्याहरु समाधान गर्न सकिने कुरामा विश्वास नहुने उनको भनाइ छ ।
नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले पनि चुनावी प्रणाली फरक हुनुपर्ने भन्दै दलको आन्तरिक लोकतन्त्र बलियो बनाउने र एकै चुनाव क्षेत्रमा सीमान्तकृत समुदायलाई तान्न बहुसदस्य निर्वाचन हुनुपर्ने बताइन् ।
महान्यायाधिवक्ता रमेश बडालले चुनावी प्रणाली फेरेरमात्रै समस्याको समाधान नहुने भन्दै भएकै प्रणालीलाई सुधार गरेर जनताको हितमा काम गर्नुपर्ने बताए ।
पूर्वप्रमुख निर्वाचत आयुक्त नीलकण्ठ उप्रेतीले भने नेपालमा दक्षिण अफ्रिकाको जस्तै सात प्रदेश भएको भन्दै नेपालमा दक्षिण अफ्रिकाकै जस्तो पूर्ण समानुपातिक सांसदहरु चयन हुनुपर्ने बताए । त्यसो गरेमा अहिले ६–७ अर्बको राज्यको खर्च लाग्ने चुनाव आधा रकममै गर्न सकिने उप्रेतीले बताए । उन थपे, ‘अहिलेको चुनाव पूर्ण मिश्रित होइन । यो त समानान्तर मिश्रित हो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: