काठमाडौं । त्रिभुवन विश्वविद्यालयका स्थायी शिक्षक–कर्मचारीलाई दक्षता अभिवृद्धि गर्न उपलब्ध गराइएको अध्ययन बिदाबापतको सहुलियत दुरूपयोग भएको पाइएको छ। त्रिविले शिक्षक तथा कर्मचारीलाई पेसागत वृत्ति विकासका लागि २०३७ सालदेखि तलबसहित पाँच वर्ष अध्ययन बिदा दिँदै आएको छ। शिक्षक–कर्मचारीले सुविधाका रूपमा पाएको उक्त बिदाको दुरुपयोग गरेपछि त्रिविले खोज समिति गठन गरी तथ्यांक संकलन गरेको छ।
त्रिविले गत फागुन ९ गते सहप्राध्यापक डा. जीवन काफ्लेको संयोजकत्वमा ‘अध्ययन बिदा बसेर नफर्केका शिक्षकरकर्मचारी खोज समिति’ गठन गरेको थियो। समिति तीन सदस्यीय छ। समिति सदस्यहरूमा त्रिवि समन्वय माहाशाखाका प्रमुख दीपक तिवारी र कृष्णहरि आचार्य छन्। समितिका संयोजक काफ्लेले तीन महिना लगाएर गरेको खोजीपछि सुझावसहित प्रतिवेदन शुक्रबार त्रिविका निमित्त उपकुलपति प्राध्यापक डा. खड्ग केसी, शिक्षाध्यक्ष प्राध्यापक डा. दुविनन्द ढकाल र रजिस्ट्रार प्राध्यापक डा. केदार रिजाललाई बुझाएका छन्।
समितिले त्रिविका ४० विभाग र ६२ आंगिक कलेजमा स्थायी शिक्षकरकर्मचारीको २०३७ सालदेखिकै अध्ययन बिदा संकलन गरी अनुसन्धान गरेको थियो। संयोजक काफ्लेले बुझाएको प्रतिवेदनमा एक सय ८७ जना शिक्षकरकर्मचारी पाँच वर्षे अध्ययन बिदामा विदेशमा गएको र अध्ययनपछि त्रिविमा नफर्केको उल्लेख गरिएको छ।
यसैगरी दुई सय १३ जना शिक्षकरकर्मचारी अध्ययन बिदा बसेको तर उनीहरूले उत्तीर्ण प्रमाणपत्र पेस नगरेको फेला परेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २३ गते, २०८२ - २१:५३
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...
चैत्र २३ गते, २०८२ - २१:३९
काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...
चैत्र २३ गते, २०८२ - २१:३७
काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...
चैत्र २३ गते, २०८२ - २१:३१
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...
चैत्र २३ गते, २०८२ - २१:२९
कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...
चैत्र २३ गते, २०८२ - २१:२२
रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...
चैत्र २३ गते, २०८२ - २१:१९
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...
चैत्र २३ गते, २०८२ - २१:०९
जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...
चैत्र २३ गते, २०८२ - २१:०६
काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...
चैत्र २३ गते, २०८२ - २१:०२
बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...


प्रतिकृया लेख्नुहोस्: