Ntc summer Offer
Khabar Dabali ६ श्रावण २०८२ सोमबार | 21st July, 2025 Mon
Investment bank

कोशीको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ सालका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपियाँको वार्षिक राजश्व तथा व्ययको अनुमान प्रस्तुत गरेको छ ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानामगरले आइतबार कोशी प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् । आगामी वर्षका लागि प्रस्तुत गरिएको अनुमानमध्ये चालु तर्फ १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत, पुँजीगत तर्फ १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७.७ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ १० करोड रुपियाँ अर्थात् ०.३ प्रतिशत रहेको छ ।

यो अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा १.७ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले बढी रहेको मन्त्री मगरले बजेट वक्तव्यमार्फत जानकारी दिए । प्रदेश सरकारले स्थानीय तहमा गर्ने वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ७० करोड ७२ लाख रुपियाँ विनियोजन गरेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि गर्न प्रस्ताव गरेको खर्च आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ३९ करोड ६० लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख, समपूरक अनुदानबाट ३९ करोड १७ लाख, विशेष अनुदानबाट ५५ करोड ७२ लाख प्राप्त गर्ने जनाएको छ ।

यस्तै राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३२ अर्ब ७४ करोड ७९ लाख र रोयल्टीबाट ३५ करोड ६ लाख रुपियाँ प्राप्त गर्ने मन्त्री रामबहादुर मगरले जानकारी दिए । बाँकी अपुग हुने रकम चालु वर्ष खर्च नभई बाँकी रहने नगद मौज्दातबाट ३ अर्ब १३ करोड व्यहोरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

कोशी प्रदेश सरकारले ल्याएको बजेटमा पूर्वाधार विकासतर्फ १० अर्ब ५७ करोड, खानेपानी, सिंचाइ तथा ऊर्जातर्फ ४ अर्ब ७३ करोड ३० लाख, कृषि र उद्योगतर्फ २ अर्ब १८ करोड, पर्यटन, वन तथा वातावरणतर्फ २ अर्ब ९७ करोड ६६ लाख, शिक्षा, विज्ञान र सामाजिकतर्फ २ अर्ब ५ करोड ५५ लाख, स्वास्थ्यतर्फ ३ अर्ब ५१ करोड ७१ लाख, शान्ति सुरक्षाका लागि ९६ करोड रुपियाँ विनियोजन गरेको छ ।

कोशी प्रदेश सरकारले प्रदेशको उच्च आर्थिक वृद्धि कायम गरी शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा कृषि उत्पादन वृद्धि गर्दै बसाइसराइ न्युनीकरण गर्ने उद्देश्य राखेर बजेट तर्जुमा गरेको जनाएको छ । बजेटमार्फत सरकारले पर्यटन विकास र प्रवर्धनमा जोड दिएको देखिए पनि प्राथमिकता किटान गर्न भने नसकेको देखिन्छ ।

कोशी प्रदेश सरकारले बजेटमार्फत खाद्य पोषण कार्यक्रम सञ्चालन गर्ने, स्वच्छ दुध तथा मासु उत्पादन गर्न खोरेतविरुद्ध खोप कार्यक्रम सञ्चालन गर्ने, विद्यालयहरूमा स्वयंसेवक विज्ञान शिक्षक कार्यक्रम, पर्यटन प्रवर्धन र पर्यटन पूर्वधार विकासमा लगानी गर्ने जस्ता अधिकांश विगतकै कार्यक्रमहरूलाई निरन्तरता दिएको छ ।

कोशी प्रदेशमा उत्पादित घिउ विदेश निर्यात गर्न प्रोत्साहन गर्दै सरकारले दिने अनुदान भने बढाएको छ । घिउ निर्यात गर्दा प्रतिकिलो १०० रुपियाँका दरले दिइँदै आएको अनुदान रकमलाई बढाएर प्रतिकिलो १२० रुपियाँ बनाइएको छ ।

यसैगरी चालु वर्षमा सरकारले आयोजना गर्न नसकेको अन्तर्राष्ट्रिय चिया सम्मेलन आगामी वर्षमा गर्ने गरी बजेट विनियोजन गरेको छ । त्यसका लागि सरकारले २ करोड रुपियाँ विनियोजन गरेको छ । यस्तै प्रदेशमा निर्माण गरिएका चार वटा पदमार्गहरुको विकास तथा प्रवर्धन गर्न ५ करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ भने पर्यटन प्रवर्धनका लागि १० करोड रुपियाँ विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षमा लगानी सम्मेलन आयोजना गरेको सरकारले आउँदो वर्ष अन्तर्राष्ट्रिय चिया सम्मेलन र कोशी प्रदेश जलवायु सम्मेलन आयोजना गर्ने कार्यक्रममा बजेट विनियोजन गरेको छ । सरकारले खोटाङ जिल्लामा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न बजेट विनियोजन गरेको छ भने झापाको दमक स्थित सरस्वती माध्यामिक विद्यालयमा अटिजम अनुसन्धान केन्द्र स्थापना गर्न बजेट विनियोजन गरेको छ । त्यस्तै किशोरी सशक्तीकरण कार्यक्रमका लागि एक करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

त्यसबाहेक सरकारले ज्योतिष, तान्त्रिक तथा वास्तु अध्ययनका लागि पनि बजेट विनियोजन गरेको छ । साथै सरकारले प्रदेशभित्र उत्पादन हुने अल्लो तथा खाडीका कपडालाई प्रदेशका सार्वजनिक सेवाका कर्मचारीहरूको पोशाकको रूपमा प्रयोग गर्ने पनि बजेट मार्फत घोषणा गरेको छ । चालु वर्षका लागि कुल ३५ अर्ब २७ करोड ९३ लाख रुपियाँ बजेटमध्ये असार मसान्तभित्र ३१ अर्ब ५८ करोड रुपियाँ खर्च हुने अनुमान सरकारले गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित समयभन्दा पाँच महिना अगावै पुल निर्माण

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ बेलबोट फेदीस्थित कुम्लेखोलामा निर्धारित समयभन्दा पाँच महिना अगावै पुल निर्माण भएको छ । आगामी पुस १३ गते सम्पन...

बलात्कार मुद्दामा मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा पक्राउ

काठमाडाैं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कार मुद्दामा पक्राउ परेका हुन् ।  आइतबार पक्राउ गरी उनलाई अदालतमा उपस्थित गराइए...

मकवानपुरमा लागुऔषधसहित सातजना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषध खैरो हेरोइनसहित सातजनालाई पक्राउ गरेको छ ।  लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा साउन २ र...

पर्वतमा पहिरोले घर पुर्दा श्रीमान-श्रीमतीको मृत्यु

पर्वत । शनिबार रातिदेखिको अविरल वर्षाको कारण आएको पहिरोले घर पुर्दा पर्वतको मोदी गाउँपालिकामा दुईजनाको मृत्यु भएको छ । मोदी–३ देउराली लाङ्दीमा घरमा...

भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछ : स्वास्थ्यमन्त्री

नवलपरासी । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाबापतको भुक्तानी गर्नुपर्ने सबै रकम भदौ महिनाभित्रमा भुक्तानी गरिने बताएका छन् ...

एमालेले देश, जनता र गठबन्धनलाई धोका दियाे: काेइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीय निजामती विधेयकमा आफ्ना सांसदलाई संशोधन हाल्न लगाएर एमालेले देश, जनता र गठबन्धनलाई धोका दिए...

सुनसरीमा डुबेर दुई बालककाे मृत्यु

सुनसरी । इटहरीको ट्याङ्ग्राखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–३ स्थित खोलामा साथीसँग पौडी खेल्ने क्रममा आज दिउँसो दुई जनाको ...

हा लङ बे पर्यटक डुङ्गा डुब्दा भियतनाममा दर्जनौँको मृत्यु

भियतनाम । भियतनामको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्यमध्ये एकमा डुङ्गा डुब्दा कम्तीमा ३८ जनाको मृत्यु भएपछि उद्धारकर्ताहरूले आइतबार बेपत्ता पाँच जनाक...

इक्वेडरको पर्यटकीय सहरमा पुल बारमा गोली हानी नौ जनाको हत्या

इक्वेडोर । इक्वेडरको दक्षिणपश्चिमी पर्यटकीय सहरमा पुल खेलिरहेका बेला शनिबार कम्तीमा नौ जनाको गोली हानी हत्या गरिएको देशको अभियोजकको कार्यालयले जनाएको ...

ताप्लेजुङमा ४२ प्रतिशत रोपाइँ

ताप्लेजुङ । ताप्लेजुङमा हालसम्म करिब ४२ प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार आइतबारसम्ममा कुल ४२.७३ प्रतिशत मात्र धान र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending