सुर्खेत । २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको तुलनामा करिब ५ प्रतिशतले बढाइएको यो बजेट कानुनी बाध्यताका कारण मध्यराति प्रदेशसभामा प्रस्तुत गरिएको हो।
असार १ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार समय सीमा नाघ्न नदिन आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले शुक्रवार राति प्रदेशसभामा बजेट पेस गरेका हुन्।
दलहरूबीच दिनभर चलेको राजनीतिक खिचातानीका कारण बजेट समयमै आउने वा नआउने भन्ने अन्योल बढ्दै जाँदा अन्ततः प्रदेश सरकार कानुनी दायित्व पूरा गर्न रातको समयमा प्रस्तुत गर्न बाध्य भएको हो।
बजेटको कुल रकममध्ये पुँजीगत खर्चतर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार रुपैयाँ छुट्याइएको छ भने चालु खर्चतर्फ ७ अर्ब ७९ करोड ९१ लाख १ हजार रुपैयाँ विनियोजन गरिएको छ।
दलहरूबीच योजना बैंक लगायतका विषयमा विवाद कायमै रहेकाले प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० सहित विपक्षीहरू बजेट बहिष्कारको तयारीमा थिए।
यद्यपि, समय सीमा नाघिएर संवैधानिक संकट उत्पन्न नहोस् भन्ने पक्षमा सरकार अडिग रहँदा बजेट प्रस्तुति सम्भव भएको हो।
कुल बजेटको ६० प्रतिशतभन्दा बढी हिस्सा पुँजीगत क्षेत्रमा केन्द्रित गरिएको यस पटकको बजेटले विकास निर्माणमा अपेक्षित प्रभाव पार्ने विश्वास सरकारले व्यक्त गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८३ - १०:२५
काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी केही वर्षदेखि ‘दम’ रोगबाट...
आषाढ़ ८ गते, २०८३ - १०:२३
काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...
आषाढ़ ८ गते, २०८३ - १०:०४
काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...
आषाढ़ ८ गते, २०८३ - ०९:३३
लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...
आषाढ़ ८ गते, २०८३ - ०९:३१
मकवानपुर । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुगमन र सक्रि...
आषाढ़ ८ गते, २०८३ - ०९:२८
काठमार्डौं । गाजर एउटा साधारण देखिने तर अत्यन्तै पौष्टिक तरकारी हो, जुन विश्वभर स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ। यो प्रायः सलाद, जुस, तरकारी र म...
आषाढ़ ८ गते, २०८३ - ०९:२३
काठमाडौं । कप्तान मोहम्मद सलाहको प्रेरणादायी प्रदर्शनमा इजिप्टले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ मा पहिलो जित दर्ता गर्दै शीर्ष स्थान कब्जा गरेको...
आषाढ़ ८ गते, २०८३ - ०९:२१
वालिङ । बिहानको घाम अझै राम्ररी फैलिएको थिएन। स्याङ्जाको वालिङ नगरपालिका–५ का एक किसान आफ्नो बारीतिर लागे। केही महिनाअघि ठूलो आशाका साथ रोपिएको मकै पा...
आषाढ़ ८ गते, २०८३ - ०९:१४
धनगढी । कञ्चनपुरमा एक सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । घटनापछि उनीविरुद्ध अभद्र व्यवह...
आषाढ़ ७ गते, २०८३ - २२:०८
काठमाडौँ । विद्युतीय राहदानी छपाइमा भएको भनिएको अनियमितताको अनुसन्धान तीव्र बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाज...



प्रतिकृया लेख्नुहोस्: