Khabar Dabali ७ कार्तिक २०८२ बिहीबार | 23rd October, 2025 Thu
Investment bank

सरकारले किसानलाई मलखाद नदिएर जिउँदै मारिरहेको छ: प्रभु साह

खबरडबली संवाददाता

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले किसानलाई मलखाद्य नदिएर जिउँदै मारिरहेको  टिपणी गरेका छन् ।

गृह जिल्ला रौतहटको कटहरियामा सोमबार बसेको पार्टी जिल्ला कमिटीको विशेष बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले अहिले धानबाली लगाउने मुख्य सिजनमा सरकारले आवश्यक मलखाद्य नदिएर  किसानलाई जिउँदै मारे सरह बनाएको टिप्पणी गरेका हुन्।  

‘अहिले धानवाली लगाउँने महत्वपूर्ण समय छ । यो कुरा सरकारमा बस्नेहरुलाई पनि थाहा छ । किसान अहिले मलखाद्य, विउ बिजनको जोहो गरिरहेका छन् । तर यो अन्धो सरकारले किसानको पिडा देखिरहेको छैन् । किसान मारा सरकारलाई किसानको आँशुले पोल्छ,’ आजपा अध्यक्ष साहले भने, ‘किसानलाई मलखाद्य, बिउविजन उपलब्ध गराउँने जिम्मेवारी केन्द्रीय सरकारको हो तर किसानको बारेमा गफ मात्रै दिईरहेको छ, मलखाद्य उपलब्ध गराउँन सकेको छैन् ।’ 

किसानहरु अहिले मलखाद्य नपाएर छटपटाइरहेको बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसंग किसानलाई मल किन उपलब्ध नगराएको भन्दै प्रश्न समेत गरेका छन्। 

किसानलाई मलखाद्य उपलब्ध गराउने केन्द्रीय सरकारले मल उपलब्ध गराउन नसकेको तर किसानले एकदुई बोरा मल भारतबाट ल्याउदा सीमामा बस्ने प्रहरीले पक्राउँ गरेर बाहुदरी देखाईरहेको टिप्पणी साहले गरेका छन्। जनताको समस्या, जनताको चाहना नबुझेको वर्तमान सरकार पूर्णरुपमा असफल भईसकेको उनले बताए । 

बिचौलियाले बनाएको गठबन्धन र वर्तमान सरकारका कारण बिचौलियाहरु नै खुसी देखिएको बताउदै उनले किसान, सर्वसधारणहरु निराश भएको बताए । बिचौलियाका लागि काम गरिरहेको यो सरकारलाई किसानलाई मलखाद्य उपलब्ध गराउने बारेमा सोच्ने फुर्सत समेत नभएको टिप्पणी उनले गरे । 

यस्तै, उनले लुटकारी दलतन्त्रका बिरुद्धमा न्यायप्रेमी जनता एवं दलहरु एकजुट हुनुपर्ने अहिलेको आवश्यक्ता भएको बताए । बिचौलिया, भगौडावर्गको पक्षपोषण गरिरहेको यो सरकारले दलिय सिण्डीकेट लागु गरेर लुट मचाएको आरोप साहले लगाए । लुटकारी दलतन्त्रको बिरुद्धमा एकजुट भएर अगाडी नबढे मुलुक धरासायी बन्दै जाने उनले बताए । 

बैठकले संगठन निर्माण, बिस्तारका साथै किसानलाई मलखाद्य, बिउँबिजन उपलब्ध गराउँन संघर्ष गर्ने निष्कर्ष निकालेको छ । आजपा रौतहट इन्चार्ज धर्मेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रममा आजपा कार्यालय सदस्यहरू समिना हुसैन, त्रिभुवन साह, सियाराम कुशवाहा, उमेश कुशवाहा, विजय यादव निर्विज लगायतका नेताहरुको विशेष सहभागिता रहेको थियो ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउसी–भैलो : सहरमा हराउँदै मौलिकता, गाउँमा जोगिँदै परम्परा

गुल्मी । देशभर तिहारको रौनक छ। सहर बजारमा डीजे संगीत, चम्किला बत्ती र आधुनिक नृत्यसहितको देउसी–भैलो हावी बनेको छ। तर गुल्मीका गाउँ–बस्तीमा भने अझै पनि...

देशभरका पहाडी भूभागमा आंशिक बदलीसँगै हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका...

बझाङ केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प

काठमाडौँ। बझाङको हेमन्तवाडा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ। गएराति १० बजेर ४७ मिनेटमा हेमन्तवाडा आसपास केन्द्र भएर ३.९ म्याग्निच्युडको भूकम्...

वडा कार्यालयमा तोडफोड गर्ने दुई जना पक्राउ

पाँचथर।  पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ११ को कार्यालय तोडफोड गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा फिदिम नगरपालिका(११ का २८ वर्षीय वी...

आज भाइटीका: ११:३९मा साइत, कता फर्किएर लगाउँदा हुन्छ लाभ ?

काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ...

एकै दिन ३८ हजार बढीले घट्यो सुनको मूल्य

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा बुधबार ठूलो गिरावट आएको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य करिब ५ प्रतिशतले घटेर प्रतिऔंस ४ हजार ...

डाइभर्सन बनेपछि सहज बन्दै बीपी राजमार्ग

काठमाडौं । गत वर्षको बाढीपहिरोले थला पारेको बीपी राजमार्ग अहिले पुनः चलायमान बन्दै गएको छ। असोज २४ गते नयाँ डाइभर्सन बनेपछि यातायात आवागमन केही सहज भए...

प्रत्यक्ष कार्यकारी र समानुपातिक प्रणालीका लागि जेनजी–माओवादी सहकार्य जरुरी: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी (GenZ) पुस्तालाई माओवादीसँग मिलेर आगामी चुनाव लड्...

लुसिफरको आरोप लगाउनेहरूलाई मेयर साहको उत्तरः भिसा पाउनलाई तिमीहरुको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्न लाज लाग्दैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर **बालेन्द्र शाह (बालेन)**ले आफूविरुद्ध भइरहेको आलोचनालाई व्यङ्ग्यात्मक शैलीमा जवाफ दिएका छन्। सामाजिक सञ्जालमा...

करेन्ट लागेर पूर्व वडाअध्यक्षको मृत्यु

रौतहट। रौतहटको गौरमा करेन्ट लागेर पूर्व वडाअध्यक्षको मृत्यु भएको छ। गौर नगरपालिका–५ का पूर्व वडाअध्यक्ष रामस्वार्थ राय यादवको बुधबार करेन्ट लागेर मृत्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending