Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला

खबरडबली संवाददाता

कञ्चनपुर।  कञ्चनपुरका दुई पालिकाका घरपालुवा चौपायामा खोरेत रोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला परेको छ । शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकामा चौपायामा खोरेत सार्ने भाइरसको नमुना जाँच गर्दा सङ्क्रमण फेला परेको हो ।
तीन वर्षपछि खोरेत सार्ने ‘सेरोटाइप ए’ को भाइरस फेला परेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले बताए । तीन वर्ष अघिसम्म चौपायामा खोरेत सार्ने यो भाइरस नदेखिएको उल्लेख गर्दै उनले यो विषाणुजन्य सङ्क्रमणबाट खुर फट्टा चौपायामा देखिने गरेको जानकारी दिए।

 उनले भने, “खोरेत सार्ने सात प्रकारका भाइसमध्ये ‘सेरोटाइप ए’ लाई खतरनाक मानिन्छ, यस भाइरसबाट चौपाया छिटो सङ्क्रमित हुने गर्दछन् ।” खोरेत सेरोटाइप ए, ओ, सि, सेट–१, सेट–२, सेट–३ र एसिया–१ नामक भाइरसबाट चौपायामा सर्ने गर्दछ ।   
 उनका अनुसार धेरैजसो चौपायामा ‘सेरोपाइप ओ’ प्रकारको खोरेत देखिने गरेको छ । जङ्गली जनावर वा भारतीय जनावरको सम्पर्कबाट ‘सेरोटाइप ए’ भाइरस गाईभैँसी तथा चौपायामा सङ्क्रमण भएको हुनसक्ने उनको भनाइ छ ।

“प्रयोगशालामा खोरेत लागेका चौपायाको नमुना परिक्षण गर्दा ‘सेरोटाइप ए’ भाइरस पाइएको छ”, जोशीले भने, “सो नमुनाको पिसिआर परीक्षणका लागि खोरेत तथा सीमाविहीन पशुपन्छी रोग अन्वेषण प्रयोगशाला चपली, बूढानीलकण्ठ, काठमाडौँमा पठाएका छौँ, नतिजा आउन बाँकी छ ।”उनका अनुसार चौपायामा खोरेत विशेषगरी गाई, भैँसी, बाख्रा, सुँगुरजस्ता खुरजाने जनावरमा देखापर्ने गर्दछ । 

“सेरोटाइप एले चौपायामा तीव्र सङ्क्रमण गराउने र रुप बदल्ने क्षमता राख्ने गर्दछ”, वरिष्ठ पशु चिकित्सक जोशीले भने, “यस भाइरसले चौपायाको खुट्टा, मुख, थुतुनो, थुनलगायतमा दाग, फोका र घाउ बनाउने गर्दछ । सङ्क्रमण भएमा चौपायामा ज्वरो आउने, र्‍याल फाल्ने, गर्भिणी चौपाया तुहिने, सँगै स–साना पाडापाडी, बाच्छाबाच्छी र पाठापाठी मर्ने सम्भावना रहन्छ ।” 

योसँगै दूध उत्पादनमा गिरावट, जनावरको वजन घट्ने, प्रजनन प्रणालीमा असर पर्ने सँगै पशुको प्रजनन क्षमताका ह्रास आउने गर्दछ । रोग नियन्त्रणको मुख्य उपाय रोग लाग्नुअघि चौपायालाई एफएमडी भ्याक्सिन कम्तीमा छ देखि १२ महिनामा एकपटक दिनुपर्ने चिकित्सक जोशीको भनाइ छ ।

खोरेतको सङ्क्रमण भएका पशुलाई छुट्टाउने, पशुको ओसारपसार नियन्त्रण गर्ने, गोठ, पशु, औजार, हात कपडा सफा गर्नेलगायत कार्य गरे अरू चौपायालाई खोरेतको सङ्क्रमणबाट जोगाउन सकिन्छ । खोरेत सर्न नदिन प्रदेश र स्थानीय तहको समन्वयमा भ्याक्सिनेसनको काम भइरहेको उनले जानकारी दिए । 

“रोगको सङ्क्रमण देखापरेको क्षेत्र वरिपरिका सङ्क्रमित नभएका चौपायालाई भ्याक्सिन लगाउने काम गरिरहेका छौँ”, शुक्लाफाँटा नगरपालिका पशु विकास शाखाका प्रमुख रामप्रसाद भट्टले भने, “पशु प्राविधिकलाई किसानको घरदैलोमा खटाएर निःशुल्क रूपमा भ्याक्सिन लगाउन खटाएका छौँ ।” 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँगको आलोपालो सहमतिबारे जानकारी छैन: मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...

‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ता

कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...

नेमकिपाले गाउँ-टोलमै पुगेर मतदातालाई धन्यवाद दिने

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...

घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...

दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास : संकट समाधान कि दीर्घकालीन सुधार ?

काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...

ड्युटीमा रहेका प्रहरी कुटेको आरोपमा सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending