Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

को हुन् नवराज भेंडा ? किन भेट दिएनन् प्रधानमन्त्री ओलीले उनलाई ?

खबरडबली संवाददाता

सुर्खेत । नवराज बोहोरा कर्णालीमा ‘नवराज भेंडा’ उपनामले परिचित एक फिरन्ते अभियन्ता हुन् । वीरेन्द्रनगर नगरपालिका—६ का उनी मंगलबार खाली खुट्टा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंहदरबार पुगेको विषय चर्चामा छ ।

करिब एक महिना लगाएर सुर्खेतबाट काठमाडौँ पुगेका उनी प्रधानमन्त्री ओलीलाई भेटेर कर्णालीमा भएका भ्रष्टाचार, बेथिति र समस्या राख्न चाहन्थे । उनलाई प्रधानमन्त्री कार्यालयमा ‘गोल्डस्टार’ जुत्ता दिएर फर्काइयो ।

सयौँ किलोमिटरको यात्रा, त्यो पनि खाली खुट्टा । सुर्खेतको धुलो र गिट्टीदेखि काठमाडौँको चिल्लो सडकसम्म नाङ्गो पैतालाले नापेका नवराज व्यक्तिगत रूपमा नभई कर्णालीको मौन चित्कारलाई देशको शासकसम्म पुर्‍याउने अथक प्रयासमा जुटेका थिए ।

नवराजको यात्रा जेठ ४ गते सुर्खेतबाट सुरु भयो । उनको उद्देश्य व्यक्तिगत थिएन । उनी अनियमितता, भ्रष्टाचार विरुद्धको अभियानका साथै सबै हिसाबले पछि परेको कर्णलीको आवाज बोकेर हिँडेका थिए । ‘मेरो अभियान जनचेतनामूलक थियो,’ प्रधानमन्त्री ओलीसँग भेट्न नपाएर निराश बनेका उनले भने, ‘त्यही अभियानको एउटा सांकेतिक हिस्सा थियो– खाली खुट्टाको यात्रा ।’

नवराजको साथमा एउटा झोला थियो । कुनै व्यक्तिगत स्वार्थ थिएन, थियो त केवल कर्णालीको आवाज । प्रधानमन्त्रीलाई भेटेर उनी भ्रष्टाचार बाहेक कर्णालीका मुख्य चार वटा विषय राख्न चाहन्थे– ऊर्जा, कृषि, स्वास्थ्य र शिक्षा ।

कर्णाली सरकारले कृषि क्षेत्रमा वितरण गर्ने अनुदानको बेथितिबारे उनी प्रधानमन्त्री ओलीसँग गुनासो राख्न चाहन्थे । ‘कर्णालीमा कागजमा मात्र किसान बनेर अनुदान खाने प्रवृति छ,’ उनले भने, ‘वास्तविक किसानले न अनुदान पाउँछन्, न त कतै अवसर ।’

स्वास्थ्यमा सरकारले घोषणा गरेको एक लाखको निःशुल्क उपचार काठमाडौँमा महिनौँ कुर्नुपर्दा कसरी महँगो साबित हुन्छ भन्ने पीडा उनी सुनाउन चाहन्थे । कर्णालीमा केवल दुई अस्पताल (प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा सीमित सुविधा र अन्य प्रदेशमा दर्जनौँ अस्पताल हुनुको विभेद उनको मुद्दा थियो ।

शिक्षामा सामुदायिक विद्यालयभित्रै ‘धनी’ र ‘गरिब’ स्कुल भनेर गरिने भेदभावको अन्त्य आफ्नो माग रहेको उनले बताए ।

अर्को प्रमुख समस्या भनेको विद्युत्को हो । यतिवेला कर्णालीको राजधानी वीरेन्द्रनगरमा दैनिक सयौँ पटक विद्युत् अवरुद्ध हुन्छ । गर्मीले नागरिक छटपटीमा हुन्छन् । देश लोडसेडिङमुक्त भएको घोषणा गरिए पनि कर्णाली अनियमित विद्युतको मारमा छ ।

कर्णालीवासीलाई अनियमित विद्युतको मारबाट मुक्ति दिलाउनुपर्ने कुरा प्रधानमन्त्रीसँग राख्ने चाहना भएको नवराज बताउँछन् । तर उनलाई प्रधानमन्त्री ओलीले भेट्न समय दिएनन् ।

सात सय किलोमिटरभन्दा लामो यात्रापछि थकित नवराज थिलथिलो भएको पैतालासहित प्रधानमन्त्रीलाई भेट्ने प्रयासमा जुटे । बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनलाई सुरक्षाकर्मीले दुइ सय मिटर परै रोकिदिए । नवराजका अनुसार सुरक्षाको कारण देखाएर उनलाई रोकिएको थियो ।

‘मजस्तो फिरन्ते, सडकको मान्छेबाट देशको प्रधानमन्त्रीलाई केको डर थियो होला र ?’ नवराज प्रश्न गर्छन् ।

उनले प्रधानमन्त्री कार्यालयका सचिव र अन्य अधिकारीहरूलाई भेटेर आफ्ना सबै मुद्दा बुँदागत रूपमा राखे । तर, जसलाई सुनाउन उनी यति लामो कष्ट सहेर काठमाडौँ पुगे,  त्यो मुख्य ढोका उनका लागि खुलेन । करिब एक घण्टाभन्दा बढी समय प्रधानमन्त्रीको ढोकामा उभिएको अनुभव उनले सुनाए ।

‘मेरो खुट्टाको घाउभन्दा ठुलो पीडा देशको अभिभावकले भेट्न नचाहेको देख्दा भयो,’ नवराज भन्छन्, ‘त्यो हेपाइले मेरो मन पोलेको छ ।’

कुनै राजनीतिक पार्टीमा आबद्ध नभएकै कारण आफूलाई प्रधानमन्त्रीले भेट नदिएको हो कि भन्ने उनलाई लागेको छ अहिले । ‘के प्रधानमन्त्री ओली आफ्नो पार्टीको मात्रै हो रु जनताको होइन रु,’ उनको प्रश्न छ ।

अब केही दिन काठमाडौँमै बसेर खुट्टाको उपचार गर्ने अनि फर्किने नवराजले बताए । प्रधानमन्त्रीले नभेट्दैमा आफ्नो अभियान नसकिएको उनको भनाइ छ । ‘पैतालाका घाउ निको होलान्, तर कर्णालीले भोगेको उपेक्षाको घाउ अझै गहिरो छ,’ नवराजले भने, ‘एउटा आम नागरिकको आवाज जब देशको सर्वोच्च कार्यकारी पदमा बसेको व्यक्तिसम्म पुग्दैन, तब लोकतन्त्रको सुन्दर पक्षमाथि नै प्रश्नचिह्न खडा हुन्छ ।’

को हुन् नवराज भेंडा ?
‘नवराज भेंडा’ भनेर चिनिने उनी विगत एक दशकदेखि सामाजिक अभियानमा समर्पित छन् । उनी आफूलाई कुनै राजनीतिकर्मी वा नेताभन्दा पनि ‘सडक अभियन्ता’ को रुपमा चिनाउँछन् । ‘म सडकमा रहेको फोहोर होस् वा पर्यावरण र पशुको संरक्षण, यिनै विषयमा काम गर्नुपर्छ भन्ने सोचले समर्पित मान्छे हुँ,’ नवराजले भने ।

आफ्नो उपनाम ‘भेंडा’बारे उनले भने, ‘यो मेरो काम गर्ने शैलीको प्रतीक हो । म कुनै पनि अभियान सुरु गरेपछि भेंडाजस्तै एकोहोरो लागेर त्यसलाई निरन्तरता दिन्छु र पूरा नगरी छोड्दिनँ ।’

अखण्ड मध्यपश्चिम आन्दोलनपछि सडकमा थुप्रिएको फोहोर उठाउन उनले एकल सरसफाइ अभियान चलाएका थिए । त्यसयता नवराज वीरेन्द्रनगरमा कहिले घाइते पशु (गाई) को उपचारमा सक्रिय देखिन्छन् त कहिले सफाइ अभियानमा ।

वीरेन्द्रनगरमा फोहोर व्यवस्थापन र वृक्षारोपण कार्यमा उनी एक्लै भए पनि खटिएको भेटिन्छन् । उनले पुराना रूख र पिपलको संरक्षणका लागि चौतारा निर्माणजस्ता काम पनि गरेका छन् ।

अहिलेसम्म सडक दुर्घटनामा मरेका तीन सयभन्दा बढी गाईको शव व्यवस्थापन आफ्नै पहलमा गरेका छन् उनले । सयौँ घाइते पशुको उपचारमा उनी निरन्तर खटिँदै आएका छन् । ‘सम्बन्धित निकायको गैरजिम्मेवारीका कारण यो समस्या रोकिएको छैन,’ उनी भन्छन् ।

वीरेन्द्रनगर र आसपासका क्षेत्रमा घाइते तथा बिरामी पशु देखिए नवराजलाई फोन आउँछ । एउटा झोला भिरेर उनी स्कुटरमा दौडिन्छन् ।

साथै विपन्न तथा विकट क्षेत्रका बालबालिकाको शिक्षा र नागरिकताविहीन लावारिस बालबालिकाको स्वास्थ्य उपचारका लागि उनले स्थानीय स्तरमा सहयोग जुटाएर अभियान सञ्चालन गर्दै आएका छन् ।

गर्मी समयमा वीरेन्द्रनगरको मंगलगढी चोकमा यात्रुलाई निःशुल्क पानी वितरण गरिहेको अवस्थामा भेटिन्छन् नवराज । उनी एक फिरन्ते अभियन्ता हुन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

नेविसंघका ८ पूर्वअध्यक्ष कांग्रेसबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...

परम्परागत दलका पुराना लडाकूले मैदान छाड्दा नयाँ उम्मेदवारले खोटाङमा कब्जा जमाउने

खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...

कांग्रेस मधेश प्रदेश समितिको बैठक फागुन ७ मा, सभापति थापापनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...

बागमतीमा सत्तारुढ दलको निद हराम: ३३ क्षेत्रमा कांग्रेस–एमालेमाथि रास्वपाको कडा दबाब

ललितपुर  । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...

निर्वाचन आयोगको कडा निगरानी: १० दिनमा २१ स्पष्टीकरण, अधिकांश जवाफ बाँकी

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...

निर्वाचन सुरक्षामा कडाइ: कुकुरसहित सेना–प्रहरीको संयुक्त गस्ती

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...

ग्रीनल्यान्ड विषयमा अमेरिका–डेनमार्क वार्ता सकारात्मक दिशामा अघि बढ्यो : डेनमार्कका विदेशमन्त्री

ब्रसेल्स ।  डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...

डेढ लाख घुससहित नगरपालिका इन्जिनियर अख्तियारको फन्दामा

बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending