Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

जलवायु परिवर्तनको समस्या र सामाधनका उपायहरू

प्रकाश रेग्मी
प्रकाश रेग्मी

पृष्ठभूमि

जलवायु परिवर्तन वर्तमान समयको एउटा महत्त्वपूर्ण मुद्दा हो। जसमा बढ्दो विश्वव्यापी तापक्रम, बदलिदो वर्षाको ढाँचा र चरम मौसमी घटनाहरूको बढ्दो आवृत्तिहरू समावेश गरिन्छन्। विश्वको तापक्रम उल्लेखनीय रूपमा बढिरहेको छ, जुन मुख्यतया मानवीय गतिविधिहरूको कारणले भएको घटना हो। यो तापक्रम वृद्धिको प्रवृत्ति, जसलाई ग्लोबल वार्मिङ भनिन्छ, जलवायु परिवर्तनको एक प्रमुख घटक हो। जसका कारण वढदो चरम मौसमका आवृत्तिहरू (गर्मीको लहर, खडेरी, डढेलो, बाढी, र आँधीबेहरी ), बढ्दो समुद्रको सतह, पारिस्थितिक प्रणालीमा प्रभाव र  खाद्य सुरक्षाजस्ता समस्याहरू देखिन थालेका छन।

वर्तमान संसारमा रहेका प्रमुख मुद्दाहरूमा जलवायु परिवर्तन एक प्रमुख मुद्दाको रूपमा रहेको छ। जलवायु परिवर्तनलाई एक नतिजाको रुपमा लिने हो भने पृथ्वीमा हुँदै गरेको तापक्रम वृद्धि यसको कारण मान्न सकिन्छ। पृथ्वीको सतहले प्राप्त गर्ने तापक्रमको मुख्य स्रोत सूर्य नै हो। यसको अलवा पृथ्वीमा प्राप्त हुने ऊर्जाजन्य वस्तुहरूमा रहेको उर्जाजन्य शक्तिलाई मानवीय प्रयोगको लागि ऊर्जामा रुपान्तरण गर्दा यसमा रहेको रसायन तत्वले सिर्जना गरेको ताप शक्ति अर्को ताप शक्तिको स्रोत हो।

उदहरणको लागि कोइलाबाट शक्ति उत्पादन गर्न कोइलाको टुक्राहरूमा आगो लगाइन्छ, तब कोइलाभित्र रहेको रसाइन (कार्बन र हाइड्रोकार्बन रसायनिक तत्व) जलेर ताप ऊर्जा प्रदान गर्दछ। कोइलाका टुक्राहरूबाट ताप शक्तिमा रुपान्तरण हुने प्रक्रियामा आनुसंगिक उपजको रूपमा कार्बनडाइअक्साइड उत्पादन हुन्छ, जसले वायुमण्डलमा विद्यमान ताप अवशोषित गर्न सक्ने क्षमतालाई बढाउँछ। त्यस्तै, वर्तमानमा अत्याधिक प्रयोग हुने गरेको खनिज तेल (पेट्रोल र डिजेल )को प्रयोगले पनि वायुमण्डलमा ताप अवशोषित गर्न सक्ने क्षमताको वृद्धि गरिरहेको छ। 

पृथ्वीले आफ्नो कक्षमा रहेर सूर्यको परिक्रमा गर्दा हजारौ वर्षको अन्तरालमा कहिले सूर्यको समुख त कहिले सूर्यको बिमुख दिशातिर ढल्कने क्रम निरन्तर भइरहन्छ। विगत झन्डै १२ हजार वर्ष पहिले समाप्त भएको हिम युगपश्चात पृथ्वीको उत्तरी गोलार्द्धको भाग क्रमश: सूर्यको समुख दिशातर्फ बढेरहेको विश्वास गरिन्छ। जसले गर्दा पृथ्वीको उत्तरी गोलार्द्धमा थप तापीय ऊर्जा प्राप्त भइरहेको छ।

जलवायु परिवर्तन र नेपाल सन्दर्भ

१. अस्थिर भू-बनोट : नेपाल आफ्नो विविध भू-बनोट र सामाजिक जोखिमका कारण जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक जोखिममा रहेको छ। जलवायु परिवर्तनले बाढी, पहिरो, हावाहुरी र हिमतालको विस्फोटजस्ता विद्यमान जोखिमहरूलाई बढाइरहेको छ। यसका साथै माटोको क्षय, आकस्मिक बाढी र खडेरी जस्ता नयाँ मौसमी समस्याहरू बढिरहेका छन्। देशले भारी मनसुन र तीव्र वर्षाजस्ता चरम मौसमी घटनाहरूको बढ्दो जोखिमको सामना पनि गरिरहेको छ।

२. वर्षाको ढाँचामा परिवर्तन : जलवायु परिवर्तनले वर्षाको समय अवधि, (वर्षाको तीव्रताको गति, सिमसिमे वर्षाको अवधि, मध्यम वर्षा र सघन वर्षाको अवधि) र वर्षाको क्यालेन्डर (पात्रो) मा परिवर्तन गराएको छ। यसै वर्ष  नेपालमा मनसुनको सुरूवात औसत आगमन समयभन्दा १५ दिनअगावै सुरू भएको घटनाले वर्षाको ढाँचामा भएको परिवर्तनलाई अनुमोदन गर्दछ। यस प्रकारको परिवर्तनले नदीको बहाव र भूमिगत पानीको रिचार्जमा उतार-चढाव गर्ने गरेको छ। यस्ता घटनाले सतहमा या त धेरै बढी वा धेरै कम पानी आपूर्ति गर्दछ। यसले गर्दा सिँचाइ, पिउने पानीको आपूर्ति र जलविद्युतको लागि पानी आपूर्तिमा उतार चढावका घटनाहरू हुने गरेका छन्।

३. हिमनदी तालको विस्फोट : नेपालको उत्तरी भागमा ठोस रूपमा विशाल जल भन्डार रहेको छ। जसले नेपाल, भारत र बंगलादेशमा पानीको आपूर्ति गर्दछ। पृथ्वीको वायुमण्डलमा बढ्दै गरेको तापक्रमले यो विशाल ठोस अवस्थामा रहेको जल भन्डारको पग्लिने दरमा तीब्रता आएको छ। यस क्रमले हिमनदीहरू खुम्चिँदै जाँदा हिउँदको समयमा पानीको उपलब्धतामा कमी आउने गरेको छ। त्यस क्षेत्रमा भएको तापक्रम वृद्धिले हिमनदी ताल फुट्ने र तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढाइरहेको छ। उदाहरणको रूपमा नेपालको सबैभन्दा ठूलो दोलखा जिल्लाको रोल्वालिङ उपत्यकामा रहेको त्सो रोल्पा हिमताल फुट्ने अवस्थामा रहेको कुरा विभिन्न लेखहरूमा देख्न र पढ्न पाइन्छ। त्यस्तै, १६ अगस्ट २०२४ मा फुटेको थ्यान्बो हिमतालले सोलुखुम्बु जिल्लाको सगरमाथा क्षेत्रमा पर्ने थामे गाउँनै बगाएको थियो।

४. पानीको अभाव : जलवायु परिवर्तनले विशेष गरी सुख्खा मौसममा पानीको आपूर्ति र मागबीचको खाडल सिर्जना गर्दछ। पानीको मुहानहरू तीब्र गतिमा सुक्दै जाने हुनाले पानीको आपूर्ति कम हुन्छ। सन् २०१८ पूर्व सुख्खा मौसममा हामी नेपालीहरूले काहालीलाग्दो लोडसेडिङको तीतो अनुभव आज पनि ताजै छ। 

यिनका अलावा कृषि उत्पादकत्वमा कमी, पशुजन्य उत्पादनमा ह्रास, आर्थिक क्षति, बसाइँसराइँको दरमा तीब्रता, मानसिक तथा भौतिक स्वास्थ्य जोखिजस्ता समस्याहरू देखा परेका छन्। संक्षेपमा भन्नुपर्दा जलवायु परिवर्तनले नेपालको वातावरण, अर्थतन्त्र र समाजमा महत्वपूर्ण चुनौतीहरू खडा गरेको छ। यस जलवायु परिवर्तित अवस्थामा जलवायुसँग अनुकूलन गर्न र दिगो विकासलाई प्रवर्द्धन गर्न तत्काल तीन तहमा रहेका सरकारहरूले कदम चाल्न आवश्यक देखिन्छ।

न्यूनीकरणका उपायहरू

प्रचुर मात्रामा भएको प्रविधिको विकास र त्यसको अत्यधिक प्रयोगको कारण नै आज मानव जाति जलवायु परिवर्तनको चपेटामा परेको हो। सोको समाधान पनि मानव जाति आफैंले भविष्यमा गर्ने अविष्कार र अनुसन्धानले समाधान गर्नुपर्ने हुन्छ। विकसित देशहरूले विकास गरेका प्रविधि र त्यसको अध्यधिक प्रयोगको कारण हुन गएको ग्लोबल वार्मिङको प्रभाव नेपालजस्तो हिमाली देशले भोग्नु परेको छ। यस्तो अवस्थामा नेपाल जस्तो देशले निम्ननुसार काम गर्नुपर्ने देखिन्छ। 

१. वातावरण अधिकारको वकालत : अन्तर्राष्ट्रिय कानुनहरूमा स्वच्छ वातावरण र विकासको अधिकारको सवाललाई मानव अधिकारको विषयका रूपमा स्थापित गरिएको छ । वातावरणीय कानुनहरूमा वातावरणको अधिकारलाई एउटा अधिकारका रूपमा मात्र घोषणा नगरी पीडितहरूलाई क्षतिपूर्तिसहितको न्याय दिने विषय समेत उल्लेख छ । त्यसैले नेपाल सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय फोरमहरूमा हामी आले गर्दै नगरेको गल्तीको सजाय पाउनु हुँदैन। त्यसैले चतुर अन्तर्राष्ट्रिय समुदायले विकास गरेको पर्यावरण वित्तको नामबाट हामीमाथि थप पर्यावरण ऋण नभई क्षतिपूर्तिको रूपमा सहयोग पाउनु पर्ने अधिकार मुखरित गर्नु पर्दछ। यस्ता कामको लागि संघीय सरकार बढी प्रभावकारी हुन सक्दछ। 

२. प्राकृतिक समाधान प्रक्रिया : यस प्रक्रिया अन्तर्गत पृथ्वीको वायुमन्डलमा बढ्दै गएको कार्बनडाइअक्साइड अवशोषित गर्ने क्षमता बढाउनाका साथै वायुमण्डल कार्बनडाइअक्साइड उत्सर्जन घटाउनजस्ता कामहरू समावेश हुन्छन्। कार्बनडाइअक्साइड उत्सर्जन घटाउनका लागि हरित ऊर्जा, जुन प्राकृतिक रूपमा पुनःपूर्ति गर्ने स्रोतहरू जस्तै: जसलाई नवीकरणीय ऊर्जा पनि भनिन्छ। सूर्यको प्रकाश, हावा, पानी र पृथ्वीको तापबाट हरित ऊर्जा उत्पादन गर्न सकिन्छ। तिनीहरू सोलर पावर, वायु टर्वाइन पावर, जलविद्युत र गोवर ग्यासजस्ता ऊर्जाका स्रोत हुन्। नेपालको सन्दर्भमा गोवर ग्यास र सोलार पावरजस्ता ऊर्जाका स्रोतहरूको प्रोत्साहन स्थानीय सरकारहरूबाटै गर्न सकिन्छ भने वायु टर्वाइन पावर र जलविद्युत प्रदेश र संघीय सरकारबाट प्रोत्सान गर्न सकिन्छ। रिसर्च गेटको एक अनुसन्धानले देखाए अनुसार नेपालको एक घर जसले खाना पकाउन र तताउनका लागि दाउराको प्रयोग गर्दछ, उसले प्रतिवर्ष ५२०० किलोग्राम कार्बन डाइअक्साइड उत्सर्जन गर्दछ भने बिजुली प्रयोग गर्ने घरले जम्मा ३७० किलोग्राम उत्पादन गर्दछ।

कार्बन डाइअक्साइड अवशोषित गर्ने क्षमता बढाउनका लागि विशेष गरेर हरित क्षेत्रहरूको संरक्षण गर्ने, खाली रहेका जमिनमा वृक्षारोपण गर्ने, घर घरमा एयर प्युरिफायरको प्रयोग गर्नेजस्ता कुराहरू समावेश गर्न सकिन्छ। हालका दिनमा वायुमण्डलमा रहेको कार्बनडाइअक्साइड अवशोषित गर्ने खालका एयर प्युरिफायर पनि बजारमा आएका छन्। 

३. जियोइन्जिनियरिङ : हाल विकसित देशहरूले जियोइन्जिनियरिङ जसलाई जलवायु इन्जिनियरिङ पनि भनिन्छ मा ठूलो लगानी गरिरहेका छन्। यसको उद्देश्य मानव सिर्जित जलवायु परिवर्तनको प्रभावलाई कम गर्न पृथ्वीको जलवायु प्रणालीमा ठूलो मात्रामा हस्तक्षेपलाई गर्नु हो। यसले पृथ्वीको सतहमा आइपुग्ने सूर्यको प्रकाशको मात्रा अन्तरिक्षतिरै परावर्तन गरेर र वायुमण्डलबाट कार्बनडाइअक्साइड हटाएर जलवायु परिवर्तनको प्रभावलाई कम गर्नु हो। 

वर्तमान समयमा  जियोइन्जिनियरिङ क्षेत्रमा एमसिबी (समुन्द्रको पानी पाइपको माध्यम वाट वायुमण्डलमा पठाएर सेतो बादलको निर्माण गर्ने एक पद्धति) पद्धति निकै चर्चामा छ। यसलाई बादल रोपण पनि भनिन्छ। यसमा समुद्रको पानीबाट समुद्रको सतहमाथि चम्किलो वादलको निर्माण गरिन्छ। उक्त चम्किलो वादलले सूर्यबाट आएका किरणहरूलाई परावर्तन गरेर अन्तरिक्षमा फिर्ता पठाइदिन्छ, फलस्वरुप समुद्रको सतहको तापक्रम बढ्नबाट रोकिन्छ। 

यस्तै, किसिमको कामहरू नेपालको हिमाली क्षेत्रहरूमा रहेका हिमतालहरूमा गरेर हिमाली क्षेत्रमा तापक्रम बढ्ने क्रमलाई कम गर्न सकिन्छ। यस्तो किसिमका नयाँ कामहरू सुरूमा संघीय सरकारले उत्प्रेरित गर्ने र पछि स्थानीय सरकारलाई प्रविधि हस्तान्तरण गर्न सकिन्छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending