Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

विराटनगरमा मिटरब्याज आतंकः ‘मन्टु’विरूद्ध एक दर्जन पीडितले गुहारे प्रशासन

खबरडबली संवाददाता

विराटनगर । सर्वसाधारणलाई मिटरब्याजको नाममा ठगी गर्दै करोडौं असुल गरेको आरोपमा १६ महिना जेल बसेर सफाइ पाएका विराटनगरका ‘मन्टु’ नामले परिचित सञ्जयप्रसाद रौनियारविरुद्ध पुनः कारबाहीको माग गर्दै एक दर्जन पीडितले मोरङ जिल्ला प्रशासन कार्यालयमा सामूहिक उजुरी दिएका छन्।

उनीहरूका अनुसार मन्टु जेलबाट छुटेपछि पनि पुरानै शैलीमा त्रास फैलाउन थालेपछि १२ जना सर्वसाधरणले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन्।

उनले चिठीमार्फत् पैसा माग्दै धम्की दिने, कानुनी कारबाहीको डर देखाएर मानसिक दबाब दिने र प्रत्यक्ष भेटमै अभद्र व्यवहार गर्ने कार्य दोहोर्‍याइरहेका छन्। यही आरोपसहित १२ जना पीडितले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन्।

सुनवर्षी नगरपालिका–४ निवासी अमितकुमार यादवका अनुसार जेलबाट छुटेपछि मन्टुले फेरि पुरानै तरिकाले आतंक मच्चाउन थालेपछि उजुरी दिनु परेको हो। उनले हुलाकमार्फत् पत्र पठाएर जग्गा बिक्रीको पैसा मागिरहेका छन्। ‘नदिए कानुनी फन्दामा पार्ने धम्की दिन्छन्,’ उनले भने।

पीडितको उजुरीपश्चात् जिल्ला प्रशासन कार्यालय मोरङले घटनाको गम्भीरता बुझेको बताउँदै कानुनी प्रक्रिया अघि बढाएको छ। उजुरीमा उल्लिखित आरोपहरूको अध्ययन र सत्य(तथ्य बुझ्नका लागि प्रशासनले मन्टुलाई उपस्थित गराउन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘सर्वसाधारणले गुनासो दिएपछि दुबै पक्षलाई छलफलमा बोलाएका छौं। छलफलपछि सत्य(तथ्य पत्ता लगाएर आवश्यक निर्देशन दिनेछौं।’

प्रशासनले ११८०३ नम्बरको चलानीमा जिल्ला प्रहरी कार्यालयलाई पठाएको पत्रमा, ‘अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी उजुरीमा विपक्षी बनाइएका सञ्जयप्रसाद रौनियारलाई छलफलका लागि उपस्थित गराइदिनु’ अनुरोध गरिएको छ।

मिटरब्याज पीडित १७ जनाको उजुरीपछि पक्राउ २०७७ मंसिर २९ मा मोरङ प्रहरीको अनुसन्धानपछि मन्टुलाई ठगी र आपराधिक लाभ लिएको आरोपमा पक्राउ गरिएको थियो।

२०७७ माघ १३ गते मोरङ जिल्ला अदालतमा दुई वटा मुद्दा ‘ठगी र आपराधिक लाभ’ दायर भए। प्रहरीले बुझाएको प्रतिवेदन अनुसार मन्टुले १ करोड ९२ लाख ८५ हजार २ सय ३६ रूपैयाँ बराबरको गैरकानुनी लाभ लिएका थिए।

त्यतिबेला मन्टु कारागार चलान भएका थिए। २०७९ जेठ ९ गते फैसला हुँदा मन्टुले सफाइ पाएका थिए।

जेलमुक्त भएको दुई वर्षपछि पुनः मन्टुले १७ जना पीडितमध्ये ११ जनालाई हुलाकमार्फत् पत्र पठाएर पुनः पैसा माग्न थालेका थिए। ती पत्रमा ‘फिर्ता गरिएको जग्गाको रकम अझै बाँकी रहेकोले’ तोकिएको रकम बुझाउन चेतावनी दिइएको छ।

यही क्रियाकलापले त्रास फैलिएको भन्दै १२ जना पीडितले प्रशासनमा उजुरी दिए। उजुरीकर्ताहरूको भनाइमा मन्टुले हुलाकमार्फत पठाएको पत्र, धम्की दिने फोन र बीचमा तेस्रो व्यक्ति खटाएर दबाब दिने गर्थे।

पीडित अमित भन्छन्, ‘मन्टु जेलबाट छुटे पनि उनको प्रवृत्ति उस्तै छ। उसले हामीजस्तै सर्वसाधारणलाई कानुनी डर देखाएर पैसा असुल्न खोज्दैछन्। हामी फेरि त्यही दुःख भोग्न सक्दैनौं।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending