बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–८ गड्खेतका लालबहादुर ऐडी दम्पत्तिले गाउँमै व्यावसायिक खेत गर्दै आएका छन् ।
करिब एक दशक अगाडि काठमाडौँको थानकोटबाट व्यावसायिक तरकारी खेतीको सुरूवात गर्नुभएको ४१ वर्षीय लालबहादुर र ३८ वर्षीय श्रीमती बिस्ना देवि ऐडीले अहिले गाउँमै तरकारी खेती गरिराखेका छन् ।
दस रोपनी जग्गा भाडामा लिएर तरकारी खेतीमा गर्दै आएका ऐडी दम्पत्तिले एक छोरालाई उच्च शिक्षा अध्ययनका लागि जापान पठाएका छन भने एक छोरा र एक छोरीलाई सदरमुकाम मार्तडीमै पढाई खोका छन् ।
तरकारीको कमाइले कसैको मुख ताक्न नपरेको ऐडीले बताउनुभयो । जिल्लाको सदरमुकाम मार्तडी नजिकै रहेको आफ्नै गाउँ गड्खेतमा लोभलाग्दो तरकारी खेती, खास लाग्दो र आसलाग्दो कमाइ गर्दै आएका छन् ।
हिमाल बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फर्ममार्फत व्यावसायिक तरकारी खेतीमा लागेका ऐडी दम्पत्तिले यहि कर्म आफ्नो जिवनको अन्तिम सपनाका रूपमा लिएका छन् । पछिल्लो समय देशमा रोजगारीको अभाव भएको भन्दै युवाहरू विदेशिन बाध्य छन् । तर ऐडी दम्पत्तिले गाउँका अरु दुई दर्जनभन्दा बढी किसानहरूलाई व्यावसायिक तरकारी खेतीमा आकर्षण गर्न उत्प्रेरित गरे ।
उनको लोभलाग्दो तरकारी खेतीले कृषि क्षेत्रमा लाग्ने हौसला प्रदान भएको नरबहादुर विकले बताए । आफ्नै गाउँमा बेमौसमी तरकारी खेतीमार्फत विदैशिक रोजगारीबाट प्राप्त हुने भन्दा धेरै आम्दानी हुने गरेको विकले बताए । यती बेला ऐडी दम्पत्तिकै अगुवाइमा गड्खेत गाउँका घरै पिच्छे १ देखि ६ सम्म ग्रीन हाउस निर्माण गरी तरकारी खेती भइरहेको छ । लालबहादुर र बिस्ना ऐडी दम्पत्तिले गत वर्ष तरकारी खेतीबाटै करिब आठ लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य रहेको बताए ।
२१ वटा ग्रिन हाउस (प्लास्टिकको संरक्षित घर)सहित खुला खेतमा समेत तरकारी खेती गर्दै आउनुभएका उनी समग्रमा ५०जति ग्रीन हाउस निर्माण गर्ने र थप खेती स्तरोन्नति गर्ने तयारीमा छन् । रातदिन बारिकै काममा व्यस्त ऐडी दम्पत्तिले पछिल्लो समय काममा सहजताका लागि दुई जना श्रमिकलाई राजगारी दिए । आफैँ बेर्ना उत्पादन गरेर बारीभरि टमाटर, ब्रोकाउली, काउली, फुल गोभी, चिचिन्डा, काक्रो, भिन्डी, गाजरलगायत तरकारी फैलाइ रहनुभएका ऐडी दम्पत्तिले दैनिक ४२ केजी तरकारी सदरमुकाम मार्तडीस्थित विद्यालयमा दिवा खाजाका लागि मात्रै पठाउने गरेको बताए ।
मार्तडी बजारसँगै बाम्का, बजारसम्म आफुले तरकारी पुर्याउने गरेको उहाँले बताए । ऐडी दम्पत्तिको रहर लाग्दो र लोभलाग्दो कृषि कर्मकै कारण हाल कृषि ज्ञान केन्द्र बाजुरा, बडिमालिका नगरपालिका कृषि शाखा र विभिन्न सङ्घसंस्था मार्फत अनुदानका कार्यक्रमहरू समेत प्रदान भइरहेका छन् ।
जिल्लाकै नमुना व्यावसायिक कृषकका रूपमा स्थापित ऐडीलाई बडिमालिका नगरपालिकाले उत्कृष्ट कृषक घोषणा गरेको छ भने पुरस्कृत गर्ने तयारी समेत गरेको छ । ऐडी दम्पत्तिको लगाब बाजुराका समग्र कृषकहरूका लागि प्रेरणा भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताए । ऐडीको व्यावसायिक तरकारी खेतिमा ज्ञान केन्द्रले आवश्यक सहयोग गरिरहेको उनको भनाइ छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८३ - ०८:४५
तेह्रथुम । अब छथर गाउँपालिका भित्र कक्षा ८ उत्तीर्ण नगरेसम्म नागरिकको भविष्य नै रोकिने भएको छ। शिक्षा सुधारका नाममा गाउँपालिकाले यस्तो कडा नीति अघि सा...
बैशाख १७ गते, २०८३ - ०८:३७
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिक...
बैशाख १५ गते, २०८३ - २२:१६
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...
बैशाख १५ गते, २०८३ - २२:१०
काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...
बैशाख १५ गते, २०८३ - २२:०७
काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...
बैशाख १५ गते, २०८३ - २२:००
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...
बैशाख १५ गते, २०८३ - २१:५५
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...
बैशाख १५ गते, २०८३ - २१:४६
झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...
बैशाख १५ गते, २०८३ - २१:०६
काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...
बैशाख १५ गते, २०८३ - २१:०१
काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...


प्रतिकृया लेख्नुहोस्: