बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–८ गड्खेतका लालबहादुर ऐडी दम्पत्तिले गाउँमै व्यावसायिक खेत गर्दै आएका छन् ।
करिब एक दशक अगाडि काठमाडौँको थानकोटबाट व्यावसायिक तरकारी खेतीको सुरूवात गर्नुभएको ४१ वर्षीय लालबहादुर र ३८ वर्षीय श्रीमती बिस्ना देवि ऐडीले अहिले गाउँमै तरकारी खेती गरिराखेका छन् ।
दस रोपनी जग्गा भाडामा लिएर तरकारी खेतीमा गर्दै आएका ऐडी दम्पत्तिले एक छोरालाई उच्च शिक्षा अध्ययनका लागि जापान पठाएका छन भने एक छोरा र एक छोरीलाई सदरमुकाम मार्तडीमै पढाई खोका छन् ।
तरकारीको कमाइले कसैको मुख ताक्न नपरेको ऐडीले बताउनुभयो । जिल्लाको सदरमुकाम मार्तडी नजिकै रहेको आफ्नै गाउँ गड्खेतमा लोभलाग्दो तरकारी खेती, खास लाग्दो र आसलाग्दो कमाइ गर्दै आएका छन् ।
हिमाल बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फर्ममार्फत व्यावसायिक तरकारी खेतीमा लागेका ऐडी दम्पत्तिले यहि कर्म आफ्नो जिवनको अन्तिम सपनाका रूपमा लिएका छन् । पछिल्लो समय देशमा रोजगारीको अभाव भएको भन्दै युवाहरू विदेशिन बाध्य छन् । तर ऐडी दम्पत्तिले गाउँका अरु दुई दर्जनभन्दा बढी किसानहरूलाई व्यावसायिक तरकारी खेतीमा आकर्षण गर्न उत्प्रेरित गरे ।
उनको लोभलाग्दो तरकारी खेतीले कृषि क्षेत्रमा लाग्ने हौसला प्रदान भएको नरबहादुर विकले बताए । आफ्नै गाउँमा बेमौसमी तरकारी खेतीमार्फत विदैशिक रोजगारीबाट प्राप्त हुने भन्दा धेरै आम्दानी हुने गरेको विकले बताए । यती बेला ऐडी दम्पत्तिकै अगुवाइमा गड्खेत गाउँका घरै पिच्छे १ देखि ६ सम्म ग्रीन हाउस निर्माण गरी तरकारी खेती भइरहेको छ । लालबहादुर र बिस्ना ऐडी दम्पत्तिले गत वर्ष तरकारी खेतीबाटै करिब आठ लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य रहेको बताए ।
२१ वटा ग्रिन हाउस (प्लास्टिकको संरक्षित घर)सहित खुला खेतमा समेत तरकारी खेती गर्दै आउनुभएका उनी समग्रमा ५०जति ग्रीन हाउस निर्माण गर्ने र थप खेती स्तरोन्नति गर्ने तयारीमा छन् । रातदिन बारिकै काममा व्यस्त ऐडी दम्पत्तिले पछिल्लो समय काममा सहजताका लागि दुई जना श्रमिकलाई राजगारी दिए । आफैँ बेर्ना उत्पादन गरेर बारीभरि टमाटर, ब्रोकाउली, काउली, फुल गोभी, चिचिन्डा, काक्रो, भिन्डी, गाजरलगायत तरकारी फैलाइ रहनुभएका ऐडी दम्पत्तिले दैनिक ४२ केजी तरकारी सदरमुकाम मार्तडीस्थित विद्यालयमा दिवा खाजाका लागि मात्रै पठाउने गरेको बताए ।
मार्तडी बजारसँगै बाम्का, बजारसम्म आफुले तरकारी पुर्याउने गरेको उहाँले बताए । ऐडी दम्पत्तिको रहर लाग्दो र लोभलाग्दो कृषि कर्मकै कारण हाल कृषि ज्ञान केन्द्र बाजुरा, बडिमालिका नगरपालिका कृषि शाखा र विभिन्न सङ्घसंस्था मार्फत अनुदानका कार्यक्रमहरू समेत प्रदान भइरहेका छन् ।
जिल्लाकै नमुना व्यावसायिक कृषकका रूपमा स्थापित ऐडीलाई बडिमालिका नगरपालिकाले उत्कृष्ट कृषक घोषणा गरेको छ भने पुरस्कृत गर्ने तयारी समेत गरेको छ । ऐडी दम्पत्तिको लगाब बाजुराका समग्र कृषकहरूका लागि प्रेरणा भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताए । ऐडीको व्यावसायिक तरकारी खेतिमा ज्ञान केन्द्रले आवश्यक सहयोग गरिरहेको उनको भनाइ छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: