Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

श्रीलङ्काद्वारा यस वर्ष सात करोड ६० लाख डलर बराबरको तस्करी गरिएको लागूऔषध बरामद

खबरडबली संवाददाता

कोलम्बो । श्रीलङ्काको लागूऔषध विरोधी अभियानले यस वर्ष सात करोड ६० लाख डलरको सडक मूल्य बराबरको तीन टन (छ हजार छ सय पाउन्ड) भन्दा बढी अवैध लागूऔषध बरामद गरेको अधिकारीहरूले सोमबार बताएका छन् ।

सार्वजनिक सुरक्षामन्त्री आनन्द विजेपालाले अधिकांश अवैध लागूऔषध अफगानिस्तान र पाकिस्तानबाट आएको र समुद्री मार्गबाट टापुमा तस्करी भइरहेको बताए । उनले दुई करोड २० लाख जनसङ्ख्या भएको देशमा अनुमानित चार लाख लागूऔषध दुर्व्यसनी रहेको बताए । “हामीले पत्ता लगाउने काम जारी राख्दै मागलाई घटाउन आवश्यक छ”, विजेपालाले कोलम्बोमा पत्रकारहरूलाई भने । 

जफत गरिएका लागूऔषधको मूल्य २३ अर्ब रुपियाँ (सात करोड ६० लाख डलर) रहेको प्रहरी प्रमुख प्रियन्थ विरासुरियाले बताए । त्यो सन् २०२४ मा जफत गरिएको २८ अर्ब रुपियाँ मूल्यको लागूऔषधको नजिक थियो । विरासुरियाका अनुसार लागूऔषध कारोबार र तस्करी गरेको आरोपमा एक हजारभन्दा बढी मानिस पक्राउ परेका छन् । तीमध्ये एक ३८ वर्षीया थाई महिलालाई मे ३० मा कोलम्बो विमानस्थलमा करिब १० किलोग्राम (२२ पाउन्ड) कोकेन बोक्दा पक्राउ गरिएको थियो ।

यो श्रीलङ्काको प्रवेश बिन्दुमा यो लागूऔषधको सबैभन्दा ठूलो परिमाण पत्ता लागेको मामिला हो । गत महिना पनि बेलायत, भारत र थाइल्यान्डका अन्य तीन जनालाई करिब ६० किलोग्राम (एक सय ३२ पाउन्ड) सिन्थेटिक गाँजा तस्करी गर्ने प्रयासमा पक्राउ गरिएको थियो । कोकेनसहित पक्राउ परेकी थाई महिलासहित सबै चार संदिग्धलाई दोषी ठहरिएमा आजीवन कारावासको सजाय हुन सक्छ ।

श्रीलङ्काका अधिकारीहरूले पहिले देशको तटबाट ठूलो मात्रामा हेरोइन जफत गरेका छन् । यसले यो मुलुकलाई अन्य स्थानहरूका लागि निर्धारित लागूऔषधको ट्रान्जिट हबका रूपमा प्रयोग भइरहेको सुझाव दिन्छ । अक्टोबरमा श्रीलङ्काको अदालतले १० जना इरानी पुरुषलाई हेरोइन तस्करीमा दोषी ठहर गरेपछि आजीवन कारावासको सजाय सुनाएको थियो ।

श्रीलङ्काको सबैभन्दा ठूलो एकल लागूऔषध जफत सन् २०१६ डिसेम्बरमा भएको थियो । त्यस समयमा भन्सार विभागले भारत जाने काठको ट्रान्ससिपमेन्ट कन्टेनरमा आठ सय किलोग्राम कोकेन फेला पारेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: