कोलम्बो । श्रीलङ्काको लागूऔषध विरोधी अभियानले यस वर्ष सात करोड ६० लाख डलरको सडक मूल्य बराबरको तीन टन (छ हजार छ सय पाउन्ड) भन्दा बढी अवैध लागूऔषध बरामद गरेको अधिकारीहरूले सोमबार बताएका छन् ।
सार्वजनिक सुरक्षामन्त्री आनन्द विजेपालाले अधिकांश अवैध लागूऔषध अफगानिस्तान र पाकिस्तानबाट आएको र समुद्री मार्गबाट टापुमा तस्करी भइरहेको बताए । उनले दुई करोड २० लाख जनसङ्ख्या भएको देशमा अनुमानित चार लाख लागूऔषध दुर्व्यसनी रहेको बताए । “हामीले पत्ता लगाउने काम जारी राख्दै मागलाई घटाउन आवश्यक छ”, विजेपालाले कोलम्बोमा पत्रकारहरूलाई भने ।
जफत गरिएका लागूऔषधको मूल्य २३ अर्ब रुपियाँ (सात करोड ६० लाख डलर) रहेको प्रहरी प्रमुख प्रियन्थ विरासुरियाले बताए । त्यो सन् २०२४ मा जफत गरिएको २८ अर्ब रुपियाँ मूल्यको लागूऔषधको नजिक थियो । विरासुरियाका अनुसार लागूऔषध कारोबार र तस्करी गरेको आरोपमा एक हजारभन्दा बढी मानिस पक्राउ परेका छन् । तीमध्ये एक ३८ वर्षीया थाई महिलालाई मे ३० मा कोलम्बो विमानस्थलमा करिब १० किलोग्राम (२२ पाउन्ड) कोकेन बोक्दा पक्राउ गरिएको थियो ।
यो श्रीलङ्काको प्रवेश बिन्दुमा यो लागूऔषधको सबैभन्दा ठूलो परिमाण पत्ता लागेको मामिला हो । गत महिना पनि बेलायत, भारत र थाइल्यान्डका अन्य तीन जनालाई करिब ६० किलोग्राम (एक सय ३२ पाउन्ड) सिन्थेटिक गाँजा तस्करी गर्ने प्रयासमा पक्राउ गरिएको थियो । कोकेनसहित पक्राउ परेकी थाई महिलासहित सबै चार संदिग्धलाई दोषी ठहरिएमा आजीवन कारावासको सजाय हुन सक्छ ।
श्रीलङ्काका अधिकारीहरूले पहिले देशको तटबाट ठूलो मात्रामा हेरोइन जफत गरेका छन् । यसले यो मुलुकलाई अन्य स्थानहरूका लागि निर्धारित लागूऔषधको ट्रान्जिट हबका रूपमा प्रयोग भइरहेको सुझाव दिन्छ । अक्टोबरमा श्रीलङ्काको अदालतले १० जना इरानी पुरुषलाई हेरोइन तस्करीमा दोषी ठहर गरेपछि आजीवन कारावासको सजाय सुनाएको थियो ।
श्रीलङ्काको सबैभन्दा ठूलो एकल लागूऔषध जफत सन् २०१६ डिसेम्बरमा भएको थियो । त्यस समयमा भन्सार विभागले भारत जाने काठको ट्रान्ससिपमेन्ट कन्टेनरमा आठ सय किलोग्राम कोकेन फेला पारेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...
पौष ४ गते, २०८२ - १८:०१
सिरहा । सिरहाको लहान नगरपालिका– २३ गढिया चोकबाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रह...
पौष ४ गते, २०८२ - १७:५७
विराटनगर । नेकपा (एमाले) का नेता टीकाराम पुरीले पार्टी परित्यागको घोषणा गरेका छन्। एमाले कोशी प्रदेश कमिटीका सल्लाहकार तथा केपी शर्मा ओली निकट मानि...
पौष ४ गते, २०८२ - १७:५४
ब्रसेल्स । युरोपेली सङ्घ (इयु) का नेताहरूले युक्रेनलाई आगामी दुई वर्षसम्म सैन्य तथा आर्थिक आवश्यकताहरू पूरा गर्न ९० अर्ब युरो बराबरको ब्याज–मुक्त ऋण उ...
पौष ४ गते, २०८२ - १७:५१
सिड्नी । हिंसात्मक कार्य गर्ने योजना बनाएको आरोपमा बिहीबार दक्षिणपश्चिम सिड्नीमा पक्राउ परेका सात जना पुरुषहरूको अस्ट्रेलियाको बोन्डी समुन्द्र तटमा सा...
पौष ४ गते, २०८२ - १७:४९
वासिङ्टन । अमेरिकी प्रतिबन्धको सम्भावित खतरा टार्न सामाजिक सञ्जाल कम्पनी टिकटकले लगानीकर्ताहरूसँग संयुक्त उद्यम (ज्वाइन्ट भेन्चर) सम्झौतामा हस्ताक्षर ...
पौष ४ गते, २०८२ - १७:४७
कोलम्बो । सन् २०२६ मा श्रीलङ्काको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रवाह एक अर्व ५० करोड देखि २ अर्ब अमेरिकी डलरको बीचमा हुने अपेक्षा गरेको लगानी बोर्...
पौष ४ गते, २०८२ - १७:४६
बैङ्कक । अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने उद्देश्यले थाइल्यान्डको पहलमा नयाँ विश्वव्यापी अभियान सु...
पौष ४ गते, २०८२ - १७:४३
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो वार्षिक पत्रकार सम्मेलनका क्रममा शुक्रबार मस्कोको सेना युक्रेनको युद्धभूमिमा निरन्तर अगाडि बढिरहेको र ...
पौष ४ गते, २०८२ - १७:३९
बैतडी । बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका छन् । बिगतमा घरयासी प्रयोजनका लागि मात्रै बेसारखेती गर्दै आएका यहाँका महिला अहिले व्यावसा...




प्रतिकृया लेख्नुहोस्: