Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

खाली सिलिन्डर बोकेर लाइनमा नबस्न आयल निगमका प्रमुख साहको आग्रह

५ दिनभित्र ग्यास समस्या हट्ने दाबी

खबरडबली संवाददाता

काठमाडौँ । देशभर खाना पकाउने ग्यासको अभाव देखिएर उपभोक्ता सिलिन्डर बोकेर घण्टौँ लाइन बसिरहेका बेला नेपाल आयल निगमले अबको चारदेखि पाँच दिनभित्र समस्या समाधान हुने दाबी गरेको छ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले मुलुकमा ग्यासको वास्तविक अभाव नरहेको दाबी गर्दै केही दिनभित्रै आपूर्ति सहज हुने बताएका हुन्। उनले सर्वसाधारणलाई अहिले नै खाली सिलिन्डर बोकेर लाइनमा नबस्न र ग्यासका विषयमा अनावश्यक चिन्ता नगर्न आग्रह गरेका छन्।

साहका अनुसार पछिल्लो समय ग्यासको माग र बिक्री सामान्य अवस्थाभन्दा बढेको देखिए पनि देशमा ग्यासको आपूर्ति नै रोकिएको अवस्था छैन।

उनले सामान्य अवस्थामा दैनिक ९० हजारदेखि १ लाख सिलिन्डरसम्म खपत हुने गरेकोमा पछिल्लो समय दैनिक १ लाखदेखि १ लाख २० हजार सिलिन्डरसम्म बिक्री भइरहेको जानकारी दिए।

‘ग्यास छैन भन्ने अवस्था होइन’ कार्यकारी निर्देशक साहले इन्डियन आयल कर्पोरेसनबाट मागअनुसार ग्यास नियमित रूपमा आइरहेको बताएका छन्। उनका अनुसार अहिले देखिएको समस्या ग्यासको वास्तविक अभावभन्दा पनि वितरण प्रणालीमा देखिएको असन्तुलन हो।

विशेषगरी आधा सिलिन्डर ग्यास वितरण गर्ने नीतिका कारण माग, वितरण र बिक्रीको व्यवस्थापनमा केही समय समस्या देखिएको उनको भनाइ छ। ‘ग्यासको वास्तविक अभाव छैन,’ साहको भनाइ उद्धृत गर्दै निगमले जनाएको छ।

उनका अनुसार आपूर्ति नियमित रहेकाले उपभोक्ताले आतिनुपर्ने अवस्था छैन। वितरण प्रणालीलाई व्यवस्थित गर्दै लगेपछि बजारमा देखिएको लाइन र अभावको समस्या क्रमशः हट्ने निगमको अपेक्षा छ।

बजारमा भने उपभोक्ताको सास्ती कायमै

निगमले ग्यासको अभाव नरहेको दाबी गरे पनि काठमाडौंसहित विभिन्न जिल्लामा उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरिरहेका छन्।

ग्यासका लागि उपभोक्ता बिहानैदेखि डिपो तथा बिक्री केन्द्रमा लाइन बस्नुपर्ने अवस्था छ। कतिपय स्थानमा खाली सिलिन्डर बोकेर घण्टौँ कुर्नुपरेको छ। यस्तो अवस्थामा निगमको ‘चार–पाँच दिनमै समस्या समाधान हुन्छ’ भन्ने दाबीले उपभोक्तालाई केही राहतको आशा जगाएको छ।

अब निगमले भनेअनुसार पाँच दिनभित्र बजारमा ग्यास सहज रूपमा उपलब्ध हुन्छ कि फेरि पनि उपभोक्ताले सिलिन्डर बोकेर लाइनमै बस्नुपर्ने अवस्था रहन्छ भन्ने विषय भने आगामी दिनमा स्पष्ट हुनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपूर्वमा नयाँ शक्ति समीकरणको संकेतः साउदी, पाकिस्तान र टर्कीबीच ‘मक्का संयुक्त रक्षा सम्झौता’

काठमाडौँ । मध्यपूर्वमा सैन्य तनाव चर्किरहेका बेला साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने गरी ‘मक्का संयुक्त रक्षा सम...

खाली सिलिन्डर बोकेर लाइनमा नबस्न आयल निगमका प्रमुख साहको आग्रह

५ दिनभित्र ग्यास समस्या हट्ने दाबी

सुनसरीदेखि सिरहासम्म गोली चल्दा जेनजीको प्रश्न– नागरिकमाथि राज्यको बल किन ?

काठमाडौँ । सुनसरीको देवानगन्जदेखि सिरहाको गोलबजारसम्म सुरक्षा निकायको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनाले राज्यको बल प्रयोग र सुरक्षा संयन्त्रको...

काठमाडौँका यी क्षेत्रमा आज र भोलि बत्ती जाने, कुन ठाउँमा कति बजे?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् संरचना सुधार तथा मर्मतसम्भारका लागि काठमाडौँका विभिन्न क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति बन्द गर्ने भए...

‘झिँगेदाउ २’ को टिजर सार्वजनिक, देउरानी–जेठानीको झगडामा थपियो नयाँ ट्विस्ट

काठमाडौँ । प्रतीक्षित नेपाली चलचित्र ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित कार्यक्रमबीच चलचित्रको १ मिनेट ५१ से...

घरको नक्सा डिजाइनमा देभको इन्जिनियरिङको ३३ प्रतिशत छुट

काठमाडौँ । घर निर्माणको तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले नक्सा डिजाइन तथा इन्जिनियरिङ सेवामा ३३ प्रतिशत छ...

बक्यौता महसुल तिर्ने ग्राहकलाई नेपाल टेलिकमको जरिवाना छुट

काठमाडौँ । नेपाल टेलिकमले दूरसञ्चार सेवा प्रयोग गरेबापतको बक्यौता महसुल भुक्तानी गर्न बाँकी ग्राहकलाई जरिवानामा छुट दिने भएको छ। कम्पनीले सार्वजनिक...

टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’, अब हरेक साता कमेडी बाजमा देखिँदै

काठमाडौँ । नेपाली टेलिभिजनमा ‘हर्के हल्दार’का रूपमा लोकप्रिय बनेका कलाकार विष्णु सापकोटा फेरि टेलिभिजन पर्दामा देखिने भएका छन्। लामो समय नियमित कार्यक...

कपिलवस्तुका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन, जंगलमा भेटियो मोटरसाइकल

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। उनी चढेर हिँडेको मोटरसाइकल गोरुसिङ्गे जंगलमा भेटि...

आज देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज पनि देशका अधिकांश भूभागमा वर्षाको सम्भ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending