Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

‘टोकियोका मतदाताबाट सत्तारुढ दल दण्डित’

खबरडबली संवाददाता

टोकियो । जापानको राजधानी टोकियोमा मतदाताले जापानको सत्तारुढ दललाई नगर सभाको सबैभन्दा ठूलो समूहको हैसियतबाट पछि धकेलिदिएको मत परिणामले सोमबार देखाएको छ ।

सन् १९५५ देखि लगातार देशको नेतृत्व गर्दै आएको लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी)को प्रमुख स्थानीय निर्वाचनमा यो निकै कम मतपरिणाम भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । अक्टोबरमा पदभार ग्रहण गरेका इशिबाका लागि सार्वजनिक समर्थनमा महिनौँदेखि व्यापक गिरावट आएको छ ।

उच्च मुद्रास्फीतिको कारण गत वर्षको तुलनामा चामलको मूल्य दोब्बर भएको छ । आइतबार भएको मतदानमा एलडिपीले टोकियो विधानसभाका २१ सिट जितेको छ, जसमध्ये यसअघिका तीन सिट पार्टीसँग सम्बन्धित उम्मेदवारले जिते पनि राजनीतिक चन्दा प्रकरणपछि आधिकारिक रूपमा अनुमोदन गरिएको थिएन । असाही शिम्बुन र अन्य स्थानीय सञ्चारमाध्यमका अनुसार यसले सन् २०१७ को तुलनामा पार्टीको २३ सिटको रेकर्ड तोडेको छ ।

टोकियोका गभर्नर युरिको कोइकेले स्थापना गरेको टोमिन फस्र्ट नो काईले १२७ सदस्यीय विधानसभामा आफ्नो सिट बढाएर ३१ पुर्‍याएको छ । एलडिपीको टोकियो शाखाका प्रमुख शिन्जी इनोउले मतदानपछिको सर्वेक्षणले पार्टीको सिट घट्दै गएको देखाएपछि आइतबार भनेकाे थियो, “यो निकै कठिन चुनाव थियो ।” निर्वाचनलाई प्रभावित पार्न राज्यकोषबाट रकमको हिनामिना गरिएको (फन्डिङ स्क्यान्डल) ले परिणामलाई ‘प्रभावित’ गरेको हुन सक्छ ।

इनोउले भने, “मुद्रास्फीतिलाई सम्बोधन गर्ने सरकारको नीति ‘मतदातासम्म’ राम्रोसँग पुर्‍याउन नसक्नु र विपक्षी दलले मुद्रास्फीतिलाई सम्बोधन गर्ने भनी गरेको व्यापक प्रचारप्रसारले एलडिपीले अपेक्षा गरेको मतपरिणामभन्दा बिल्कुल फरक वातावरण देखिएको छ ।”

जीवनयापनको लागत

केही हप्ताभित्रै इशिबाले संसदको माथिल्लो सदनका लागि चुनावको सामना गर्नुपर्नेछ र जुलाई २० मा राष्ट्रिय मतदान हुन सक्ने बताइएको छ । बढ्दो महँगी र राजनीतिक घोटालाबाट आक्रोशित मतदाताहरूले इशिबाको एलडिपी र यसको कनिष्ठ गठबन्धन साझेदारलाई अक्टोबरमा शक्तिशाली तल्लो सदनमा बहुमतबाट वञ्चित गरे । यो विगत १५ वर्षमा एलडिपीको सबैभन्दा खराब आम चुनाव परिणाम हो ।

धानको मूल्यलाई उच्च सम्बोधन गर्ने नीतिका कारण यस महिना गरिएको सर्वेक्षणमा इशिबाको समर्थनमा केही वृद्धि भएको देखिएको छ । जापानी पसलहरूमा हालसालै चामलको अभाव हुनुका पछाडि धेरै कारणहरू छन्, जसमा दुई वर्ष पहिले अत्यधिक तातो र सुख्खा गर्मीले देशव्यापी रूपमा फसललाई क्षति पुर्‍याएको थियो र गत वर्ष ‘महाभूकम्प’ चेतावनीपछि चामल खरिद आतङ्कले गर्दा पछिल्लो समय केही व्यापारीले नाफा बढाउनका लागि चामल मौज्दात राख्ने गरेको जानकारहरू बताउँछन् ।

जापानमा ताजा खाद्यपदार्थ, अन्य सामान र ऊर्जा क्षेत्रका शीर्षक समावेश नगरिएको मूल्य वृद्धिदर अघिल्लो वर्षको तुलनामा मे महिनामा ३.७ प्रतिशतले बढी थियो । इशिबाले माथिल्लो सदनको चुनावअघि प्रत्येक नागरिकका लागि २० हजार येन (१३९ अमेरिकी डलर) नगद सहयोग गर्ने घोषणा गरेका छन् । 

‘गम्भीर’ परिणाम

वासेदा युनिभर्सिटीका राजनीतिकर्मी मासाहिसा एन्डोले टोकियो विधानसभाको नतिजा सत्तारुढ दलका लागि गम्भीर भएको बताएका छन् । टोकियो एलडिपीको बलियो गढ होइन, तर नतिजाबाट यसको समर्थन देशभरि कमजोर भइरहेका छ भन्ने निष्कर्ष निकाल्नु सम्भव छ । इशिबाले माथिल्लो सदनमा बहुमत प्राप्त गर्न नसके पनि उनको स्थान अहिले नै कसले लिन चाहन्छ भन्ने कुरा बुझ्न कठिन छ । “जापानका विपक्षी पार्टीहरू एलडिपीको शक्तिलाई विश्वसनीय चुनौती दिने सम्बन्धमा विभाजित छन्,” एन्डोले एएफपीसँग बताए । 

विपक्षी ‘डेमोक्र्याटिक पार्टी फर द पिपुल (डिपिपी)’ ले टोकियो विधानसभाको मतदानमा पहिलो पटक नौ सिट जितेको छ । जुलाईको चुनावका लागि डिपिपीको चुनावी प्रतिबद्धतामा परिवारको आय बढाउन बिक्री कर कटौती गर्ने उल्लेख छ । स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबारको मतदान दर ४७.६ प्रतिशत छ । चार वर्षअघि यो दर ४२.४ प्रतिशत थियो ।

सन् १९९७ यताकै सबैभन्दा बढी २९५ जना उम्मेदवारले प्रतिस्पर्धामा उत्रिएको टाेकियोको विधान सभा निर्वाचनमा ९९ जना महिला उम्मेदवार पनि थिए । निर्वाचित महिला विधानसभा सदस्यको सङ्ख्या ४१ बाट बढेर ४५ पुगेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE