Ntc summer Offer
Khabar Dabali ७ भाद्र २०८२ शनिबार | 23rd August, 2025 Sat
Investment bank

संसद् जनताको बलिदानको धज्जी उडाउने र प्रणालीको अपमान गर्ने थलो हुन सक्दैन: प्रधानमन्त्री

खबरडबली संवाददाता

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलितरुपमा रहेको अवगत गराउँदै आगामी दिनमा माग र आपूर्तिबिचको सन्तुलत कायमका लागि थप प्रयास गरिने बताएको छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राज्यको पर्याप्त क्षमता नहुँदा बजेटमाथि सबै सांसद् सन्तुष्ट हुने स्थिति नआएकाले आगामी दिनमा सन्तुलन कायमको प्रयास गरिने बताएको छन्।

“हामीलाई छिटो र धेरै ठाउँमा विकास चाहिएको छ तर बजेट कम छ। त्यसकारण बजेटमा सबै सांसद् सन्तुष्ट हुन नसक्ने स्थिति हुन सक्छ। माग र आपूर्तिको असन्तुलन मिलाउन आगामी दिनमा ध्यान दिइनेछ”, प्रधानमन्त्री ओलीले भने, “हामीलाई लगानीको आवश्यकता रहेको छ। यसका लागि निजी क्षेत्र र वैदेशिक लगानी ल्याउनु परेको छ। लगानीको आवश्यकता विश्लेषण र योजनाका लागि लगानी बोर्डबाट प्रभावकारी काम गरिनेछ।”

प्रधानमन्त्री ओलीले संसद् जनताको बलिदान र संघर्ष र सपनालाई साकार पार्ने थलो भएकाले सदनमा लोकतन्त्र र राष्ट्रियतालाई कमजोर बनाउने खालका हल्का फुल्का टिप्पणी नगर्न आग्रह गरे। 

उनले विद्यमान व्यवस्थालाई अझ प्रभावकारी बनाउने गरी संविधानको संशोधनमा सरकार लाग्ने भएकाले संविधान र प्रणालीको अपमान हुने खालका कुरा नगर्न आग्रह गरे। 

“यस प्रणाली र संविधानको रक्षा गरौँ। यसको कार्यान्वयन गर्दै मुलुकलाई समृद्ध, नेपाल सुखी नेपालीको गन्तव्य पूरा गर्ने सवालमा सरकार अघि बढेको छ। यसमा सबै ढुक्क भए हुन्छ”, प्रधानमन्त्री ओलीले भने, “म बरु ममाथि गरिएको गाली र अपमान सहन्छु तर सहिद, जनताको बलिदान र विद्यमान व्यवस्थाप्रतिको अपमान सहन्न। संसद् जनताको बलिदानको धज्जी उडाउने र प्रणालीको अपमान गर्ने थलो हुन सक्दैन।”

प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगका योजना बैँकको व्यवस्था गरी रु तीन करोडभन्दा कमका आयोजना नराखिएको नीति तर्जुमा गरिएको जनाउँदै आगामी वर्षमा यसको प्रभावकारी कार्यान्वयनका लागि जोड दिइने बताए। 

राज्यका सबै निकायलाई विकास निर्माण र सुशासनका लागि प्रभावकारीरुपमा काम गरेर जनअपेक्षा अनुरुप सम्मुनतिको मार्गमा अघि बढाउन सरकार प्रयासरत रहेको स्पष्ट गर्दै सरकारलाई कसैका विरुद्ध कुनै खेल खेल्ने फुर्सद नभएकाले खेल खेल्यो भन्ने खालका प्रचार नगर्न आग्रह गरे।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाकिस्तानले नेपाललाई दियो १ सय ४५ रनको लक्ष्य

काठमाडौँ । टप एण्ड टी–२० सिरिजमा पाकिस्तानले नेपाललाई १४५ रनको लक्ष्य दिएको छ ।  पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गरेको हो ...

प्रतिनिधिसभा बैठक भदौ १३ सम्मको लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक भदौ १३ गते बस्ने गरि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले भदौ १३ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।  ...

विश्वासको मत नलिनुको कारण पेस गर्न प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा पुन विश्वासको मत नलिएको भन्दै दायर रिटमा शुक्रबार कारण देखाऊ आदेश ...

बागलुङमा विद्यार्थी भ्यान दुर्घटना: गम्भीर घाइते भएका दुईलाई पोखरा लगियो

बागलुङ । बागलुङको गलकोट नगरपालिकामा भएको विद्यार्थी सवार भ्यान दुर्घटनामा परि दुई जना गम्भीर भएका छन् ।  विद्यार्थी बोकेर हरिचौरबाट हटियातर्फ जाँदै...

प्रभु साहको प्रश्न: प्रधानमन्त्री भारत र चीन जाँदा लिपुलेक एजेन्डामा पर्छ कि पर्दैन ?

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालको भूमि लिपुलेक हुदै भारत र चीनले व्यापारिक नाका सञ्चालन गर्ने बारेमा संसदलाई जा...

जोखिम मोलेरै भए पनि संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको संविधान संशोधन अब विलासिता वा विकल्प नभई देशको शासन प्रणालीमा देखिएका गम्भीर समस्या सम...

शिक्षा विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथ...

श्रीलंकाका पूर्वराष्ट्रपति पक्राउ

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे सरकारको कोषको दुरूपयोग गरेको आरोपमा पक्राउ परेका छन्। शुक्रबार उनलाई क्रिमिनल इन्भेस्टिगेशन...

दक्ष जनशक्तिबिना विकास सम्भव छैन : मन्त्री खड्का

सङ्खुवासभा । ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री दीपक खड्काले दिगो समृद्धिको आधार दक्ष जनशक्ति भएको बताएका छन्। सङ्खुवासभाको तुम्लिङटारस्थित मनकामना रत्न अ...

अस्पतालभित्र ४५ सय गोप्य भिडियो खिच्ने अस्ट्रेलियाली डाक्टर रिहा

काठमाडौं । अस्ट्रेलियाली अस्पतालका शौचालयमा सयौँ मेडिकल सहकर्मीहरूको गोप्य भिडियो खिचेको आरोपमा एक प्रशिक्षार्थी शल्यचिकित्सकलाई शुक्रबार अदालतले जमान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending