सिरहा। जिल्लाको प्रमुख प्रशासनिक केन्द्र सिरहा सदरमुकाममा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारण समस्यामा पर्ने गरेका छन् । खुला दिसामुक्त जिल्ला घोषणा भइसकेको वर्षौँ बितिसक्दासमेत सिरहामा एउटा पनि सार्वजनिक शौचालय छैन ।
जिल्ला प्रशासन कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालय, जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालयजस्ता मुख्य सरकारी अड्डा रहेको सदरमुकाममा विभिन्न गाउँघरबाट सेवाग्राही आउँछन् । शौचालय नहुँदा उनीहरू अप्ठेरोमा पर्ने गरेका छन् । महिलालाई अझ बढी समस्या पर्ने गरेको छ ।
सिरहा नगरपालिकाले शौचालय निर्माण र व्यवस्थापनमा बेवास्ता गर्दा सेवाग्राही मात्र नभई नगरको छवि पनि धमिलिएको स्थानीय बासिन्दा बताउँछन् । नगरमा भौतिक पूर्वाधार निर्माणमा करोडौँ खर्च गरिँदा पनि आधारभूत पूर्वाधारका रूपमा रहेका सार्वजनिक शौचालय निर्माणमा नगरपालिकाले चासो नदिएकोप्रति सर्वसाधारण आक्रोशित छन् ।
सिरहा नगरपालिका–२ का वडासदस्य शम्भु साह भन्छन्, “वडाबाट निर्वाचित जनप्रतिनिधि भएपछि मैले पटकपटक शौचालयको माग गरेँ । तर नगर प्रमुखसहितका पदाधिकारीले कुनै वास्ता गरेनन् । उनका अनुसार २०७४ सालमा स्थानीय सरकार गठन भएपछि पहल गरिएको भए पनि शौचालय अझै निर्माण हुनसकेको छैन ।
स्थानीय व्यवसायीका अनुसार सडक यात्री र ग्राहकले शौचालय अभावमा दैनिक अप्ठेरो भोग्नुपरेको छ । स्थानीय युवानेता भोगेन्द्र साहले नगरको स्वच्छता, सुन्दरता र मानव मर्यादाका लागि सार्वजनिक शौचालय अनिवार्य रहेको बताउँदै नगरपालिकालाई तत्काल निर्माण र व्यवस्थापनको माग गरे ।
सिरहा –२२ का वडाध्यक्ष जिवछनारायण यादव भन्छन्, “सदरमुकाममा सार्वजनिक शौचालय नहुनु नगरपालिकाका लागि लाजमर्दो अवस्था हो । अबको नगरसभा बैठकमा बजेट विनियोजन गरेर शौचालय निर्माणका लागि सशक्त कुरा राखिने छ ।”
सिरहा सदरमुकाममा सार्वजनिक शौचालय नहुनु सुशासन, समावेशी विकास र जनसरोकारका सवालमा स्थानीय तहको असफलता प्रष्ट पार्ने उदाहरण बनेको छ । सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादवले शौचालय निर्माण प्राथमिकतामा रहेको भन्दै चाँडै काम सुरु गरिने जानकारी दिए।
उनले सहरी विकास र स्वच्छता अभियानअन्तर्गत विभिन्न स्थानमा सार्वजनिक शौचालय बनाउने दीर्घकालीन योजना रहेको जानकारी दिँदै स्थानीय नागरिक, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग समन्वय गरेर शौचालयको दिगो व्यवस्थापन गरिने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...
पौष ११ गते, २०८२ - ०८:०६
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...




प्रतिकृया लेख्नुहोस्: