Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

खुला दिसामुक्त जिल्लाको सदरमुकाममै छैन सार्वजनिक शौचालय

खबरडबली संवाददाता

सिरहा। जिल्लाको प्रमुख प्रशासनिक केन्द्र सिरहा सदरमुकाममा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारण समस्यामा पर्ने गरेका छन् । खुला दिसामुक्त जिल्ला घोषणा भइसकेको वर्षौँ बितिसक्दासमेत सिरहामा एउटा पनि सार्वजनिक शौचालय छैन ।

जिल्ला प्रशासन कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालय, जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालयजस्ता मुख्य सरकारी अड्डा रहेको सदरमुकाममा विभिन्न गाउँघरबाट सेवाग्राही आउँछन् । शौचालय नहुँदा उनीहरू अप्ठेरोमा पर्ने गरेका छन् । महिलालाई अझ बढी समस्या पर्ने गरेको छ ।

सिरहा नगरपालिकाले शौचालय निर्माण र व्यवस्थापनमा बेवास्ता गर्दा सेवाग्राही मात्र नभई नगरको छवि पनि धमिलिएको स्थानीय बासिन्दा बताउँछन् । नगरमा भौतिक पूर्वाधार निर्माणमा करोडौँ खर्च गरिँदा पनि आधारभूत पूर्वाधारका रूपमा रहेका सार्वजनिक शौचालय निर्माणमा नगरपालिकाले चासो नदिएकोप्रति सर्वसाधारण आक्रोशित छन् । 

सिरहा नगरपालिका–२ का वडासदस्य शम्भु साह भन्छन्, “वडाबाट निर्वाचित जनप्रतिनिधि भएपछि मैले पटकपटक शौचालयको माग गरेँ । तर नगर प्रमुखसहितका पदाधिकारीले कुनै वास्ता गरेनन् । उनका अनुसार २०७४ सालमा स्थानीय सरकार गठन भएपछि पहल गरिएको भए पनि शौचालय अझै निर्माण हुनसकेको छैन ।

स्थानीय व्यवसायीका अनुसार सडक यात्री र ग्राहकले शौचालय अभावमा दैनिक अप्ठेरो भोग्नुपरेको छ । स्थानीय युवानेता भोगेन्द्र साहले नगरको स्वच्छता, सुन्दरता र मानव मर्यादाका लागि सार्वजनिक शौचालय अनिवार्य रहेको बताउँदै नगरपालिकालाई तत्काल निर्माण र व्यवस्थापनको माग गरे । 

सिरहा –२२ का वडाध्यक्ष जिवछनारायण यादव भन्छन्, “सदरमुकाममा सार्वजनिक शौचालय नहुनु नगरपालिकाका लागि लाजमर्दो अवस्था हो । अबको नगरसभा बैठकमा बजेट विनियोजन गरेर शौचालय निर्माणका लागि सशक्त कुरा राखिने छ ।”

सिरहा सदरमुकाममा सार्वजनिक शौचालय नहुनु सुशासन, समावेशी विकास र जनसरोकारका सवालमा स्थानीय तहको असफलता प्रष्ट पार्ने उदाहरण बनेको छ । सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादवले शौचालय निर्माण प्राथमिकतामा रहेको भन्दै चाँडै काम सुरु गरिने जानकारी दिए। 

उनले सहरी विकास र स्वच्छता अभियानअन्तर्गत विभिन्न स्थानमा सार्वजनिक शौचालय बनाउने दीर्घकालीन योजना रहेको जानकारी दिँदै स्थानीय नागरिक, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग समन्वय गरेर शौचालयको दिगो व्यवस्थापन गरिने बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending