काठमाडौं । नेकपा एमालेले सरकारको एक वर्षे कार्यकाल सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । बुधबार बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा सरकारको एक वर्ष र सरकारले गरेका कामसहित समग्र राष्ट्रिय राजनीतिका बारेमा छलफल भएको थियो ।
‘दुई दलको मुख्य सहभागितामा बनेको सरकारको एक वर्षे कार्यकाल सन्तोषजनक रहेको,स्थायित्वका लागि बलियो आधार बन्दै गएको । अर्थतन्त्रले बिस्तारै लय समाउन थालेको निष्कर्ष रहेको छ’, ज्ञवालीले भने, ‘विरोधका स्वरहरू सम्बोधन हुँदै गएको र मत्थर हुँदै गएको तथा प्रतिगामी प्रयासहरू निस्तेज भएको निष्कर्ष पनि निकालेको छ ।’
एमालेले समग्रमा देशले सही दिशा लिएको र सरकारमा एमालेको नेतृत्व प्रभावकारी भएको ठहर गरेपनि सुशासन र सेवा प्रवाहमा अझै ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ ।
एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको ज्ञवालीले जानकारी दिए । उनका अनुसार एमालेले बोलायो केन्द्रीय कमिटी बैठक बाेलाएकाे छ ।
सचिवलाय बैठकले आगामी साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको हाे । त्यस्तै, साउन २ गते पोलिटब्यूरो बैठक बोलाउने निर्णय पनि भएको उनले बताए । बैठकमा भदौ २२–२२ मा हुने विधान अधिवेशनबारे छलफल हुने उनले बताए ।
विधान अधिवेशनमा तीनवटा प्रस्ताव प्रस्तुत गर्ने निर्णय पनि आजको सचिवालय बैठकले गरेको छ । उपमहासचिव ज्ञवालीका अनुसार, अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव विधान अधिवेशनमा पेस गर्नेछन् ।
त्यस्तै, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन् भने महासचिव शंकर पोखरेलले संगठनात्मक प्रस्ताव पेस गर्नेछन् । यस्तै एमालेले दैलेखमा भेटिएको ग्याँस देशको आर्थिक विकासका लागि ठूलो संवाहक बन्नसक्ने निष्कर्ष निकालेको छ । ‘दैलेखमा पेट्रोलियम उत्खननको प्रारम्भिक रिपोर्ट आएको छ । ११२ घनमिटर रहेको जुन प्रारम्भिक रिपोर्ट आएको छ,’ ज्ञवालीले अघि भने, ‘त्यसले मुलुकको आर्थिक विकासका लागि ठूलो संवाहक बन्न सक्छ भन्ने निष्कर्ष निकालेका छौं ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: