Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी नेता जेलेन्स्कीबीच हवाई प्रतिरक्षा र ड्रोन सहयोगबारे छलफल

खबरडबली संवाददाता

द हेग । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग रक्षा, सैन्य सहयोग र युक्रेनमा जारी द्वन्द्वको वर्तमान अवस्थाबारे महत्वपूर्ण कूटनीतिक वार्ता गरेका छन् ।

कुराकानीलाई ‘राम्रो बैठक’ को रूपमा वर्णन गर्दै युक्रेनी नेताले एक्समा गरेको पोस्टमा राष्ट्रपति ट्रम्पलाई हालैको इरानविरूद्धको अमेरिकी आक्रमणलाई सङ्केत गर्दै ‘मध्य पूर्वमा सफल अपरेशन’ को लागि बधाई दिएका छन् । अमेरिकी आक्रमणले इरानको आणविक र ड्रोन पूर्वाधारको प्रमुख उत्पादन केन्द्रलाई लक्षित गरेको थियो भने आक्रमणबाट इरानका तीन वटा हतियार निर्माणस्थल ध्वस्त भएका थिए ।

जेलेन्स्कीले भने, “हेगमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग मेरो भेटवार्ता भएको छ । वार्ता सकारात्मक भयो। मैले राष्ट्रपति ट्रम्पलाई मध्यपूर्वमा सफल अभियानका लागि बधाई दिएँ । यो महत्त्वपूर्ण छ कि अमेरिकी कार्यहरूले उनीहरू (इरानी)को आणविक कार्यक्रम मात्र होइन उनीहरूको ड्रोन उत्पादन क्षमतालाई पनि कमजोर पारेको छ ।”

बैठकको एउटा मुख्य विषय भनेको युक्रेनले आफ्नो हवाई प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई निरन्तरता दिए । 

जेलेन्स्कीले भने, “युक्रेनले सक्रिय रूपमा आफ्ना शहर, महत्त्वपूर्ण पूर्वाधार, चर्च र नागरिक जनसङ्ख्याको सुरक्षाको लागि अमेरिकामा निर्मित हवाई रक्षा प्रणालीहरूको खरीदलाई जोड दिइरहेको छ । यस प्रयासमा युरोपेली व्यापक सहयोगका लागि पनि आग्रह गर्दछ ।

दुई नेताले अमेरिका र युक्रेनबीच ड्रोनको सह–उत्पादनको सम्भाव्यताबारे पनि छलफल गरेका छन् । किएभले आफ्नो घरेलु रक्षा उद्योगलाई बढाउन चाहन्छ र पश्चिमी सुरक्षा आपूर्ति श्रृङ्खलामा योगदान पुर्याउँदछ।

भेटमा युक्रेनका राष्ट्रपतिले इस्तानबुलमा हालै सम्पन्न प्राविधिक बैठकका बारेमा पनि ट्रम्पलाई जानकारी गराएका थिए । इस्तानबुलमा कैदीहरूको आदानप्रदान र मृतकहरूको स्वदेश फिर्तीलगायतका मानवीय मुद्दाहरूमा छलफल भएको थियो ।

उनले भने, “हामीले अमेरिकी राष्ट्रपतिसँग युक्रेनी जनताको सुरक्षा, हाम्रा शहर, चर्च र पूर्वाधारहरूलाई जोगाउन अमेरिकी हवाई रक्षा प्रणालीको खरीदसम्बन्धी बिषयमा कुरा ग¥यौँ । युक्रेन यो उपकरण किन्न र अमेरिकी हतियार निर्माताहरूलाई सहयोग गर्न तयार छ । हामीले ड्रोनको सह–उत्पादनको सम्भावनाको बारेमा पनि छलफल गर्यौं। हामी एकअर्कालाई बलियो बनाउन सक्छौँ ।”

युक्रेनी राष्ट्रपतिले भने, “मैले राष्ट्रपतिलाई इस्तानबुलमा प्राविधिक टोलीको बैठक, कैदीको आदानप्रदान र मृतकको शब आदानप्रदानको बारेमा पनि जानकारी दिएँ।”

उनले भने, “आदानप्रदान अन्तर्गत रुसले कतिपय आफ्ना सैनिकको शव हस्तान्तरण गरेको छ । उनीहरूका आफन्तको पहिचानका लागि किएभमा अहिले फरेन्सिक परीक्षण भइरहेको छ।”

जेलेन्स्कीले युद्धभूमिमा भएको पछिल्लो घटनाक्रमबारे पनि ट्रम्पलाई जानकारी गराएका थिए । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दाबी गरेको प्रगतिको खण्डन गर्ने तथ्यात्मक विवरण प्रस्तुत गरेका थिए ।

युक्रेनी नेता जेलेन्स्कीले भने, “हामीले युद्धभूमिको अवस्थाबारे कुरा गर्यौं। पुटिनले पक्कै पनि जितिरहेका छैनन् । मैले राष्ट्रपतिलाई वास्तवमा धरातलमा के भइरहेको छ भन्ने तथ्यहरू उहाँसामु प्रस्तुत गरेँ।”

“बैठक र तपाईंको समर्थनको लागि धन्यवाद। म हाम्रा नागरिकहरूको बारेमा साँच्चिकै दयालु शब्दहरूको लागि पनि आभारी छु। युक्रेन र रुसबीच जारी द्वन्द्वको पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै हामी सहकार्य गरिरहनेछौं,” जेलेन्स्कीले थपे ।

स्थानीय समयअनुसार मङ्गलबार दक्षिणपूर्वी युक्रेनमा मस्कोले गरेको क्षेप्यास्त्र आक्रमणमा १७ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

रुसले सीमा क्षेत्र भोरोनिश क्षेत्रलगायत विभिन्न क्षेत्रमा रातारात दर्जनौं ड्रोनलाई रोकेको र रुसी सेनाले पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रको डायलिभ्का गाउँलाई नियन्त्रणमा लिएको घोषणा गरेको छ ।

यसैबीच, नेटोका सदस्य राष्ट्रहरूले सन् २०३५ सम्ममा आफ्नो देशको कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशत रक्षा र सुरक्षासँग सम्बन्धित ‘मुख्य प्रतिरक्षासम्बन्धी आवश्यकता’ का क्षेत्रमा लगानी गरी आफ्नो सैन्य क्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: