Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी नेता जेलेन्स्कीबीच हवाई प्रतिरक्षा र ड्रोन सहयोगबारे छलफल

खबरडबली संवाददाता

द हेग । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग रक्षा, सैन्य सहयोग र युक्रेनमा जारी द्वन्द्वको वर्तमान अवस्थाबारे महत्वपूर्ण कूटनीतिक वार्ता गरेका छन् ।

कुराकानीलाई ‘राम्रो बैठक’ को रूपमा वर्णन गर्दै युक्रेनी नेताले एक्समा गरेको पोस्टमा राष्ट्रपति ट्रम्पलाई हालैको इरानविरूद्धको अमेरिकी आक्रमणलाई सङ्केत गर्दै ‘मध्य पूर्वमा सफल अपरेशन’ को लागि बधाई दिएका छन् । अमेरिकी आक्रमणले इरानको आणविक र ड्रोन पूर्वाधारको प्रमुख उत्पादन केन्द्रलाई लक्षित गरेको थियो भने आक्रमणबाट इरानका तीन वटा हतियार निर्माणस्थल ध्वस्त भएका थिए ।

जेलेन्स्कीले भने, “हेगमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग मेरो भेटवार्ता भएको छ । वार्ता सकारात्मक भयो। मैले राष्ट्रपति ट्रम्पलाई मध्यपूर्वमा सफल अभियानका लागि बधाई दिएँ । यो महत्त्वपूर्ण छ कि अमेरिकी कार्यहरूले उनीहरू (इरानी)को आणविक कार्यक्रम मात्र होइन उनीहरूको ड्रोन उत्पादन क्षमतालाई पनि कमजोर पारेको छ ।”

बैठकको एउटा मुख्य विषय भनेको युक्रेनले आफ्नो हवाई प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई निरन्तरता दिए । 

जेलेन्स्कीले भने, “युक्रेनले सक्रिय रूपमा आफ्ना शहर, महत्त्वपूर्ण पूर्वाधार, चर्च र नागरिक जनसङ्ख्याको सुरक्षाको लागि अमेरिकामा निर्मित हवाई रक्षा प्रणालीहरूको खरीदलाई जोड दिइरहेको छ । यस प्रयासमा युरोपेली व्यापक सहयोगका लागि पनि आग्रह गर्दछ ।

दुई नेताले अमेरिका र युक्रेनबीच ड्रोनको सह–उत्पादनको सम्भाव्यताबारे पनि छलफल गरेका छन् । किएभले आफ्नो घरेलु रक्षा उद्योगलाई बढाउन चाहन्छ र पश्चिमी सुरक्षा आपूर्ति श्रृङ्खलामा योगदान पुर्याउँदछ।

भेटमा युक्रेनका राष्ट्रपतिले इस्तानबुलमा हालै सम्पन्न प्राविधिक बैठकका बारेमा पनि ट्रम्पलाई जानकारी गराएका थिए । इस्तानबुलमा कैदीहरूको आदानप्रदान र मृतकहरूको स्वदेश फिर्तीलगायतका मानवीय मुद्दाहरूमा छलफल भएको थियो ।

उनले भने, “हामीले अमेरिकी राष्ट्रपतिसँग युक्रेनी जनताको सुरक्षा, हाम्रा शहर, चर्च र पूर्वाधारहरूलाई जोगाउन अमेरिकी हवाई रक्षा प्रणालीको खरीदसम्बन्धी बिषयमा कुरा ग¥यौँ । युक्रेन यो उपकरण किन्न र अमेरिकी हतियार निर्माताहरूलाई सहयोग गर्न तयार छ । हामीले ड्रोनको सह–उत्पादनको सम्भावनाको बारेमा पनि छलफल गर्यौं। हामी एकअर्कालाई बलियो बनाउन सक्छौँ ।”

युक्रेनी राष्ट्रपतिले भने, “मैले राष्ट्रपतिलाई इस्तानबुलमा प्राविधिक टोलीको बैठक, कैदीको आदानप्रदान र मृतकको शब आदानप्रदानको बारेमा पनि जानकारी दिएँ।”

उनले भने, “आदानप्रदान अन्तर्गत रुसले कतिपय आफ्ना सैनिकको शव हस्तान्तरण गरेको छ । उनीहरूका आफन्तको पहिचानका लागि किएभमा अहिले फरेन्सिक परीक्षण भइरहेको छ।”

जेलेन्स्कीले युद्धभूमिमा भएको पछिल्लो घटनाक्रमबारे पनि ट्रम्पलाई जानकारी गराएका थिए । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दाबी गरेको प्रगतिको खण्डन गर्ने तथ्यात्मक विवरण प्रस्तुत गरेका थिए ।

युक्रेनी नेता जेलेन्स्कीले भने, “हामीले युद्धभूमिको अवस्थाबारे कुरा गर्यौं। पुटिनले पक्कै पनि जितिरहेका छैनन् । मैले राष्ट्रपतिलाई वास्तवमा धरातलमा के भइरहेको छ भन्ने तथ्यहरू उहाँसामु प्रस्तुत गरेँ।”

“बैठक र तपाईंको समर्थनको लागि धन्यवाद। म हाम्रा नागरिकहरूको बारेमा साँच्चिकै दयालु शब्दहरूको लागि पनि आभारी छु। युक्रेन र रुसबीच जारी द्वन्द्वको पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै हामी सहकार्य गरिरहनेछौं,” जेलेन्स्कीले थपे ।

स्थानीय समयअनुसार मङ्गलबार दक्षिणपूर्वी युक्रेनमा मस्कोले गरेको क्षेप्यास्त्र आक्रमणमा १७ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

रुसले सीमा क्षेत्र भोरोनिश क्षेत्रलगायत विभिन्न क्षेत्रमा रातारात दर्जनौं ड्रोनलाई रोकेको र रुसी सेनाले पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रको डायलिभ्का गाउँलाई नियन्त्रणमा लिएको घोषणा गरेको छ ।

यसैबीच, नेटोका सदस्य राष्ट्रहरूले सन् २०३५ सम्ममा आफ्नो देशको कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशत रक्षा र सुरक्षासँग सम्बन्धित ‘मुख्य प्रतिरक्षासम्बन्धी आवश्यकता’ का क्षेत्रमा लगानी गरी आफ्नो सैन्य क्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...

निर्वाचित एमालेकाे पहिलाे बैठक भाेलि बस्ने

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending