बर्लिन । जर्मनीले इरानलाई संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकाय (आइएइए)सँग काम गरिरहन आग्रह गर्दै इरानी सांसदहरूले आइएइएसँगको सहकार्य रोक्न गरेको मतदानलाई ‘पूर्णतया गलत सङ्केत’ को संज्ञा दिएको छ ।
जर्मनीले इरानी सरकारलाई यो बाटोमा नजान आग्रह गरेको विदेशमन्त्री जोहान बेडफुलले एक पत्रकार सम्मेलनमा बताए । बेडफुलको यो टिप्पणी इरान र इजरायलबिच १२ दिनसम्म चलेको युद्ध र इरानको संसदमा भएको मतदानको एक दिनपछि आएको हो ।
युद्धका क्रममा अमेरिकाले इरानी आणविक केन्द्र र इजरायलले इरानी आणविक केन्द्रका साथै अन्य स्थलमा आक्रमण गरेका थिए । इरानको सरकारी टेलिभिजनका अनुसार संसदका सभामुख मोहम्मद बागेर गालिबाफले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले इरानको आणविक केन्द्रमाथि भएको आक्रमणको निन्दा गर्नसमेत अस्वीकार गरेको र आफ्नो अन्तर्राष्ट्रिय विश्वसनीयता लिलामीका लागि राखेको बताएका छन् ।
इरानी संसदको निर्णयका लागि अझै पनि इरानको गार्जियन काउन्सिलको अनुमोदन आवश्यक छ, जुन कानुनको परीक्षण गर्ने अधिकार प्राप्त निकाय हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता अमेरिका र इरानबिच वार्ता हुने बताएपछि वेडफुलले अमेरिका र इरानबिच वार्ता हुने ‘आशावादी सङ्केत’ देखिएको बताए ।
क्यानाडाका समकक्षी नेता अनिता आनन्दसँगको संयुक्त पत्रकार सम्मेलनमा वेडफुलले भने, “हामी जतिसक्दो चाँडो बाध्यकारी सम्झौताका लागि हाम्रा सबै कूटनीतिक प्रयासलाई अघि बढाइरहेका छौँ । बेलायत, फ्रान्स र जर्मनीको तथाकथित इ-३ समूहले कुनै पनि वार्तामा ‘केन्द्रीय भूमिका खेल्ने’ र ‘इरानले स्पष्ट रूपमा युरोपेली घटकको सहयोग चाहेको’ उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: