गाजा । युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा खाद्यान्न सहायता सङ्कलन गर्न पर्खिरहेका छ जनासहित २० जनाको मृत्यु भएको बुधबार गाजाको प्रहरीले जनाएको छ ।
गाजामा सहायता वितरण स्थलहरू नजिकका घातक घटनाहरूलाई सङ्केत गर्दै ‘खानाको हतियारिकरण’ भएको भन्दै संयुक्त राष्ट्र सङ्घले निन्दा गरको छ । गाजामा अमेरिका र इजरायल समर्थित फाउन्डेसनले स्थापित मानवीय संस्थाहरूलाई धेरै हदसम्म प्रतिस्थापन गरेको छ ।
मध्य गाजामा सहायताको प्रतीक्षामा रहेका हजारौं सर्वसाधारणको भीडमा इजरायली सेनाले गोली चलाउँदा खाद्यान्न तथा आर्थिक सहायताको पर्खाइमा रहेका छ जनाको मृत्यु भएको र अन्य ३० जना घाइते भएको बताएका छन् ।प्यालेस्टिनीहरू हरेक रात खाद्यान्न सङ्कलन गर्ने आशामा सहायता आउने बाटो र चोकमा भेला हुने गर्छन् ।
निजी रूपमा सञ्चालित सहायता समूह गाजा ह्युमेनिटेरियन फाउन्डेसन (जीएचएफ)’ मा मङ्गलबार सहायता खोज्न आउनेको भीड बढेको थियो । प्यालेस्टिनी शरणार्थाीहरूका लागि संयुक्त राष्ट्र सङ्घीय निकाय युएनआरडब्लुएले अमेरिका र इजरायली समर्थित प्रणालीलाई घृणित भनेको छ यसले प्यालेस्टिनीहरूको जीवनलाई जोखिममा पारेको छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयको गाजास्थित शाखा थामिन अल खितानका प्रवक्तालेसमेत यस क्षेत्रमा खानाको हतियारकरण को निन्दा गरेका छन् ।
मे महिनामा सहायता प्रतिबन्धमा केही खुकुलो पारिए पनि इजरायलले प्रतिबन्धहरू जारी राखेको छ । हमासको स्वास्थ्य मन्त्रालयले मे महिनाको अन्त्यदेखि अहिलेसम्ममा आपूर्ति खोज्ने सहायता केन्द्रहरू नजिकै ५०० भन्दा बढी मानिस मारिएको बताएको छ । मङ्गलबार इजरायली सेनाले सहायताको प्रतीक्षामा रहेका ४६ जनाको हत्या गरेको नागरिक सुरक्षार्थ बनाइएको गाजाको एक निकायले जनाएको छ ।
जीएचएफले भने आफ्नो सहायता केन्द्र नजिकैको मृत्युको जिम्मेवारी अस्वीकार गरेको छ । प्रवक्ता बासलले मध्य र उत्तरी गाजामा बुधबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको बताएका छन् ।
मध्य नुसिरात शरणार्थी शिविरमा भएको आक्रमणमा एक बच्चासहित छ जनाको मृत्यु भएको र डेर अल–बलाह र गाजा सहरको पूर्वमा दुईवटा छुट्टै आक्रमणमा अन्य आठ जनाको मृत्यु भएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: