बाँके । बाँकेमा युरिया मल अभाव भएको छ । जिल्लाको खजुरा क्षेत्रका किसानले घण्टौ लाम बस्दा समेत मल पाउँदैनन् ।
युरिया मलका लागि गत केही दिनदेखि नै खजुरास्थित सहकारी संस्था लिमिटेडको कार्यालयमा धाए पनि मल नपाएको खजुरा–२ किसान तथा लुम्बिनी प्रदेशसभाका पूर्व सांसद आईपी खरेलले बताए । उनले बिहीबार मल वितरण हुने सुनेर बिहान आठ बजे नै सहकारीको कार्यालयमा लाम लागे पनि ११ बजेसम्म पालो नआएको र मल सकिएको थाहा पाएपछि आफू लगायत थुप्रै किसान निराश भएर फर्किएको बताए ।
गाउँपालिकाले ७० जना किसानलाई मल वितरण गर्ने टोकन मात्र दिएको तर मल लिन सहकारीमा दुई सय बढी किसान पुगेकाले आफूहरुको पालै नआएपछि बिहानैदेखि लाम लागेपनि निराश भएर फर्किएको खजुरा–३ का किसान भक्तबहादुर केसीले बताए ।
सहकारीमा एक हजार ५० रुपियाँमा पाइने युरिया मल भारतमा आठ सय रुपियाँमा पाइन्छ । सहकारीमा अभाव भएको मल नेपालगन्ज तथा खजुरा लगायतका बजारमा एक हजार पाँच सयदेखि दुई हजार रुपियाँसम्ममा बिक्री भइरहेको किसानले बताएका छन् ।
पैसा हुनेले बजारबाट महंगोमा मल खरिद गरेर ल्याए पनि सामान्य किसानले मल नै हाल्न नपाएको गुनासो खजुराका अर्का किसान वेदबहादुर ठकुरीले गरे । सहकारीले भने ७० बोरामात्र मल आएको र त्यो वितरण भइसकेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: