Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

खबरडबली संवाददाता

दोधारा चाँदनी । टिनले छाएका कच्ची घर, छानोमा रातो झण्डा हावाको गतिसँगै फहराइरहेका छन् । झण्डामा विभिन्न सङ्केत पनि बनाइएका छन् । बस्तीका सबै घरमा देखिने यी झण्डाले केही सङ्केत गरेको छ ।

यहाँका स्थानीयहरूले विपद्सँग जुध्न गरेको पूर्वतयारीको एउटा अभ्यास हो । जसले उनीहरूलाई विपद्मा खोज तथा उद्धार गर्दा कसलाई बढी प्राथमिकता दिने भन्ने सङ्केत गरेको छ । “यहाँका सबै घरमा रातो झण्डा गाडिएको छ बालबालिका भएको घरमा बालबालिकाको चित्र, अपाङ्ग भएकाका घरमा अपाङ्गताको चित्र र बालबालिका र वृद्धवृद्धा नभएका घरमा सादा झण्डा राखिएको छ ।” 

यहाँका स्थानीय रुपा सुनारले भनिन्, “बाढी आएको बेला यहाँ उद्धारमा आएकालाई कुनलाई प्राथमिकता दिने र उद्धार गर्न सजिलो हुन्छ ।” तीनतिर जोगबुडा नदी र अर्कातर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ ।

कञ्चनपुरको दोधराचाँदनी–१० सहित सातवटा वडालाई सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सरकारको घोषणासँगै यहाँका स्थानीय विपद्सँग जुध्न आफैँ पूर्वतयारीमा जुटेका छन् । 

उनीहरूले विपद् जोखिम नक्साङ्कन गरी त्यसका आधारमा घरमा राता झण्डा लगाएका हुन् । जसमा बालबालिका, अपाङ्गता, अशक्त, सुत्केरी तथा ज्येष्ठ नागरिकको सङ्केत बनाइएको छ । यसले बाढीको समयमा उद्धारकर्मीलाई कुन घरमा कस्ता व्यक्ति छन् ? कसलाई प्राथमिकता दिने भनेर थाहा पाउन र सोही आधारमा उद्धार गर्न सहज हुने स्थानीय बताउँछन् ।

निर्मला सुनारका अनुसार विपद्को उच्च जोखिममा रहेका बस्तीको पहिचान गरेर त्यसको पूर्वतयारीमा लागेका छौँ । सबै घरमा देखिने स्थानमा विभिन्न सङ्केतका झण्डा राखेका छौँ, यसले विपद्मा उद्धार गर्न सहयोग पुर्याउँछ । उनले सरकारले दोधारा चाँदनीका तीन वडालाई सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको बताउँदै ती जोखिममा रहेका बस्तीमा पूर्वतयारीमा लागेको बताइन् ।

उनका अनुसार यहाँका कुतियाकवर, शान्ति टोल, सुर्खेती टोल, अठार नम्बर पिलर बस्ती, सुन्दरनगर, कञ्जभोज, बडुवाल टोल, ढकनाघाट, प्रगति टोल र पटराखल्ला लगायत बस्तीमा स्थानीयहरू पूर्वतयारीमा जुटेका छन् । दोधारा चाँदनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले विपद्को पूर्वतयारीअन्तर्गत बाढीको जोखिममा रहेका बस्तीका घरमा साङ्केतिक रातो झण्डा राखिएको जानकारी दिनुभयो । 

त्यहाँका ४५ घरमा रातो झण्डा राखिएको छ । जोगबुडा र महाकाली दुवै नदीले कटानका कारण यहाँका तीन वडा हरेक वर्ष प्रभावित हुँदै आएका छन् । ४९ परिवारको बसोबास रहेको कुतियाकवर बस्तीमा अहिले ३९ परिवारको बसोबास छ । बाढीकै कारण केही भारत पसेका छन् भने केही सुरक्षित स्थान खोज्दै अन्यत्र पलायन भएका छन् ।

पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसित जोडिएको छ । विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि नगरसित जोडिएको कुतियाकवरमा बर्सेनि जोगबुढा र महाकाली नदीले जमिन कटान हुँदै आएको छ । करिब ५० बिघा क्षेत्रफल रहेको बस्ती हरेक वर्ष हुने कटानले साघुँरिँदै गएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending