Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

“गाजामा अर्को साता युद्धविराम सम्भव”

खबरडबली संवाददाता

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको जटिल परिस्थितिमा सकारात्मक सङ्केत दिँदै आउँदो साताभित्र युद्धविरामको सम्भावना रहेको आशा व्यक्त गरेका छन् । 

इजरायलद्वारा समर्थन प्राप्त सहायता वितरण केन्द्रहरूमा बढ्दो नागरिक मृत्युका घटनाहरूलाई लिएर अन्तर्राष्ट्रिय समुदायको चासो बढ्दो छ । पत्रकारहरूको प्रश्नको जवाफमा राष्ट्रपति ट्रम्पले भने, “हामीलाई लाग्छ, अर्को साता युद्धविराम सम्भव हुने छ ।” पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालको अन्त्यतिर अमेरिकाको पहलमा गाजामा युद्धविराम गरिएको थियो, सो युद्धविराम मार्च महिनामा इजरायलले तोडेको थियो ।

त्यसपछिका दुई महिनाभन्दा बढी समय इजरायली पक्षले गाजामा खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री आपूर्ति पूर्णरूपमा बन्द गरेको थियो । अहिले केही आपूर्ति अमेरिकी तथा इजरायली सहयोगमा स्थापना गरिएको गाजा मानवीय सहायता कोष (जीएचएफ) मार्फत पुनः सुरु गरिएको छ । संयुक्त राष्ट्रसङ्घ तथा अन्य मानवीय संस्थाहरूले हालको सहायता वितरण प्रणालीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय राहत प्रमुख फिलिप लाजारिनीले भने, “नयाँ सहायता प्रणालीले एक प्रकारको ‘हत्या स्थल’ को रूप लिएको छ । नागरिकहरू आफ्ना परिवारका लागि खाना खोज्दा गोली लागेर ज्यान गुमाइरहेका छन् ।” उनले यस्तो अवस्था अन्त्य गरी पूर्ववत् संयुक्त राष्ट्रसङ्घको सहायता प्रणाली पुनः सञ्चालनमा ल्याउन आह्वान गरे । 

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, मे महिनाको अन्त्यदेखि हालसम्म सहायता वितरण केन्द्रहरू नजिकै ५०० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि यस विषयमा चिन्ता व्यक्त गर्दै भने, “खाना खोज्न निस्कनु कसैका लागि मृत्युको कारण बन्नु हुँदैन ।”

इजरायलको प्रतिक्रियाः “हामी नागरिकलाई लक्षित गर्दैनौं”

इजरायलले यस्ता घटनामा आफ्ना सुरक्षाकर्मीहरूको संलग्नता अस्वीकार गरेको छ । उसले जीएचएफ मार्फत गाजामा ४६ मिलियन भोजन वितरण गरिएको बताउँदै मानवीय कार्यलाई गलत ढंगले प्रस्तुत नगर्न आग्रह गरेको छ ।

हालै इजरायली पत्रिका हारेत्ज मा प्रकाशित एक समाचारमा सैनिकहरूलाई भिड तितरबितर पार्न गोली चलाउन निर्देशन दिएको उल्लेख गरिएको छ । यसबारेमा इजरायली सेनाको कानुनी निकायले पनि अनुसन्धान गर्न निर्देशन दिएको बताइएको छ । तर प्रधानमन्त्री नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले संयुक्त वक्तव्य जारी गर्दै सो समाचारलाई ‘झुटा आरोप र दुर्भावनापूर्ण प्रचार’ भनेका छन् ।

द्वन्द्व जारी

गाजाको नागरिक सुरक्षा विभागका अनुसार, शुक्रबार मात्रै इजरायली हमलामा ८० जना मारिएका छन्, जसमध्ये केही सहायता लिन जाँदा, केही विद्यालयमा बसिरहेका र केही सडकमा रहेको अवस्थामा मारिएका थिए । यसैबिच, हमास र इस्लामिक जिहादका सशस्त्र समूहहरूले दक्षिण गाजाको खान युनिस क्षेत्रमा इजरायली सेनामाथि आक्रमण गरेको दाबी गरेका छन् ।

अक्टोबर ७, २०२३ मा हमासद्वारा इजरायलमा भएको आक्रमणमा एक हजार २१९ जनाको ज्यान गएको थियो । त्यसपछि सुरु भएको इजरायली सैन्य कारबाहीमा गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार ५६ हजार ३३१ जनाको मृत्यु भइसकेको छ, जसमा धेरैजसो सर्वसाधारण नागरिक छन् । संयुक्त राष्ट्रसङ्घले यस तथ्याङ्कलाई विश्वसनीय मानेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...

निर्वाचित एमालेकाे पहिलाे बैठक भाेलि बस्ने

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending