वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको जटिल परिस्थितिमा सकारात्मक सङ्केत दिँदै आउँदो साताभित्र युद्धविरामको सम्भावना रहेको आशा व्यक्त गरेका छन् ।
इजरायलद्वारा समर्थन प्राप्त सहायता वितरण केन्द्रहरूमा बढ्दो नागरिक मृत्युका घटनाहरूलाई लिएर अन्तर्राष्ट्रिय समुदायको चासो बढ्दो छ । पत्रकारहरूको प्रश्नको जवाफमा राष्ट्रपति ट्रम्पले भने, “हामीलाई लाग्छ, अर्को साता युद्धविराम सम्भव हुने छ ।” पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालको अन्त्यतिर अमेरिकाको पहलमा गाजामा युद्धविराम गरिएको थियो, सो युद्धविराम मार्च महिनामा इजरायलले तोडेको थियो ।
त्यसपछिका दुई महिनाभन्दा बढी समय इजरायली पक्षले गाजामा खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री आपूर्ति पूर्णरूपमा बन्द गरेको थियो । अहिले केही आपूर्ति अमेरिकी तथा इजरायली सहयोगमा स्थापना गरिएको गाजा मानवीय सहायता कोष (जीएचएफ) मार्फत पुनः सुरु गरिएको छ । संयुक्त राष्ट्रसङ्घ तथा अन्य मानवीय संस्थाहरूले हालको सहायता वितरण प्रणालीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घीय राहत प्रमुख फिलिप लाजारिनीले भने, “नयाँ सहायता प्रणालीले एक प्रकारको ‘हत्या स्थल’ को रूप लिएको छ । नागरिकहरू आफ्ना परिवारका लागि खाना खोज्दा गोली लागेर ज्यान गुमाइरहेका छन् ।” उनले यस्तो अवस्था अन्त्य गरी पूर्ववत् संयुक्त राष्ट्रसङ्घको सहायता प्रणाली पुनः सञ्चालनमा ल्याउन आह्वान गरे ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, मे महिनाको अन्त्यदेखि हालसम्म सहायता वितरण केन्द्रहरू नजिकै ५०० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि यस विषयमा चिन्ता व्यक्त गर्दै भने, “खाना खोज्न निस्कनु कसैका लागि मृत्युको कारण बन्नु हुँदैन ।”
इजरायलको प्रतिक्रियाः “हामी नागरिकलाई लक्षित गर्दैनौं”
इजरायलले यस्ता घटनामा आफ्ना सुरक्षाकर्मीहरूको संलग्नता अस्वीकार गरेको छ । उसले जीएचएफ मार्फत गाजामा ४६ मिलियन भोजन वितरण गरिएको बताउँदै मानवीय कार्यलाई गलत ढंगले प्रस्तुत नगर्न आग्रह गरेको छ ।
हालै इजरायली पत्रिका हारेत्ज मा प्रकाशित एक समाचारमा सैनिकहरूलाई भिड तितरबितर पार्न गोली चलाउन निर्देशन दिएको उल्लेख गरिएको छ । यसबारेमा इजरायली सेनाको कानुनी निकायले पनि अनुसन्धान गर्न निर्देशन दिएको बताइएको छ । तर प्रधानमन्त्री नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले संयुक्त वक्तव्य जारी गर्दै सो समाचारलाई ‘झुटा आरोप र दुर्भावनापूर्ण प्रचार’ भनेका छन् ।
द्वन्द्व जारी
गाजाको नागरिक सुरक्षा विभागका अनुसार, शुक्रबार मात्रै इजरायली हमलामा ८० जना मारिएका छन्, जसमध्ये केही सहायता लिन जाँदा, केही विद्यालयमा बसिरहेका र केही सडकमा रहेको अवस्थामा मारिएका थिए । यसैबिच, हमास र इस्लामिक जिहादका सशस्त्र समूहहरूले दक्षिण गाजाको खान युनिस क्षेत्रमा इजरायली सेनामाथि आक्रमण गरेको दाबी गरेका छन् ।
अक्टोबर ७, २०२३ मा हमासद्वारा इजरायलमा भएको आक्रमणमा एक हजार २१९ जनाको ज्यान गएको थियो । त्यसपछि सुरु भएको इजरायली सैन्य कारबाहीमा गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार ५६ हजार ३३१ जनाको मृत्यु भइसकेको छ, जसमा धेरैजसो सर्वसाधारण नागरिक छन् । संयुक्त राष्ट्रसङ्घले यस तथ्याङ्कलाई विश्वसनीय मानेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: