Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

एकीकृत समाजवादीमा अर्ली महाधिवेशन गर्न झाँक्रीकाे माग

खबरडबली संवाददाता

बुटवल ।  नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि कानुनी र संवैधानिक समस्या देखिएकाले अब अर्ली महाधिवेशनमा जानुपर्ने बताएकी छन् । पार्टी निकट युवा सङ्घ नेपाल रुपन्देही जिल्ला भेलालाई शनिबार तिलोत्तमामा सम्बोधन गर्दै उनले समस्याको समाधान अर्ली महाधिवेशनबाट खोजिनुपर्ने बताएकी हुन् ।

पतञ्जलिको जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री समेत रहेका नेपामाथि मुद्दा चलेपछि अध्यक्ष पद छाड्ने की नछाड्ने भन्ने विषयमा बहस भइरहेको बेला झाँक्रीले पार्टी पुनर्गठन गर्नुभन्दा अर्ली महाधिवेशनमा जानु राम्रो हुने बताइन् । उनले कानुनी र संवैधानिक हिसाबले एकीकृत समाजवादी सहित अन्य पार्टीका सदस्यहरूमाथि पनि समस्या देखिएको प्रसङ्ग उल्लेख गर्दै अब पार्टी सुदृढ बनाउन करेक्सन गर्दै जानुपर्ने जिकिर गरिन् ।

एकीकृत समाजवादीको गत महाधिवेशन मनोनीतहरूबाट भएको सन्दर्भ कोट्याउँदै अब त्यसो गर्न नहुने उनको भनाई थियो । उनले पार्टीलाई सुधार गरेर लैजानुपर्नेमा जोड दिँदै अब असन्तुष्टिहरूलाई थुन्न नहुने बताइन् ।

नेता झाँक्रीले नेतृत्वमा एउटै व्यक्ति भइरहँदा ‘मास फ्रस्टेशसन’ भएको समेत दाबी गरिन् । उनले अब पार्टीलाई करेक्सन गर्दै नजाने हो भने असन्तुष्टिहरू बढ्दै जाँदा अराजकहरूको हातमा राजनीति जान सक्ने सङ्केत गरिन् । उनले पछिल्लो समय भएका राजनीतिक परिवर्तनले केही पनि गरेन भनेर भन्नलाई सजिलो भएपनि त्यसलाई चिर्ने गरी काम गर्ने पार्टी र नेता चाहिएको बताइन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: