Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

तनहुँमा चितुवाको आक्रमणबाट १७ बालबालिकाको मृत्यु

खबरडबली संवाददाता

तनहुँ। तनहुँमा नरभक्षी चितुवाको बिगबिगी नियन्त्रणमा आउन सकेको छैन ।  चितुवाको आक्रमणबाट जिल्लामा आठ वर्षमा १७ बालबालिकाको मृत्यु भएको भने २१ घाइते भएका छन् । चितुवाबाट जिल्लाको भानु, बन्दीपुर, आँबुखैरेनी, व्यास पालिकामा बढी प्रभावित छन् ।

चितुवाको आक्रमणबाट सबैभन्दा धेरै भानु नगरपालिका प्रभावित भएको छन् भने हाल बन्दीपुर गाउँपालिकामा आतङ्क बढेको छ । वि।सं। २०७४ फागुन ९ गतेदेखि हालसम्म आठ वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १२ बालक र पाँच बालिकाको गरी १७ बालबालिको मृत्यु भएको डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत तथा सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की वर्ष आठकी सुप्रीति थापा, बन्दीपुर–१ का वर्ष पाँचका सुप्रिम थापा, बन्दीपुर–३ की वर्ष ११ को डिना चेपाङ छन्।

यस्तैगरी, व्यास नगरपालिका–१२ छिर्कनका वर्ष आठ का अभिनव कुँवर भानु नगरपालिका–३ का वर्ष ६ का विशाल श्रेष्ठको मृत्यु भएको छ ।

त्यस्तै, भानु–४ की वर्ष चार को रञ्जिता लम्साल, भानु–२ की वर्ष वर्ष आठ को पुष्पा अधिकारी, सोही वडाका वर्ष १० का अमृत गुरुङ, वर्ष सात को ऋतिक रोका मृत्यु भएको छ ।

यसैगरी, भानु–१ का कुशल बानियाँ, शुक्लागण्डकी नगरपालिका–३ का वर्ष दुई का रविन नेपाली, आँबुखैरेनी नगरपालिका–१ का वर्ष आठ को पुजन सिञ्जाली, बन्दीपुर–४ का वर्ष ११ का इसाक सुनार र शुक्लागण्डकी–२ नारायण रानाको मृत्यु भएको छ ।

बन्दीपुर गाउँपालिका–२ कुवादीका दलबहादुर गुरुङका छोरा ६ वर्षका उत्सव गुरुङ गत जेठ २६ गते मृत्यु भएको थियो । बन्दीपुरकै वडा नम्बर–५ याम्पाका  १३ वर्षीय सुन्दर अछामीको २०८१ साल साउन ४ मृत्यु भएको थियो ।

यस्तै २०८१ साल चैत २९ गते इसुब विकको नौ वर्षको छोरी अनुजा बिकको मृत्यु भएको छ । बन्दीपुरमा  एक वर्षको अवधिमा  तीनको मृत्यु भएको हो ।

वन्यजन्तुको आक्रमणमा परेका १४ परिवारलाई एक करोड ४० लाख र २१ जना घाइते भएकालाई नौ लाख ४५ हजार पाँच सय २६ रुपियाँ उपचार खर्च प्रदान गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। तीन जना मृत्यु भएकोकालाई ३० लाख रुपियाँ भुक्तानी दिन बाँकी रहेको उहाँले जानकारी दिए। मृत्यु भएमा १० लाख दिने व्यवस्था भएको र रकम निकास हुन बाँकी रहेकोले भुक्तानी दिन बाँकी रहेको श्रेष्ठले बताए ।

चितुवा आतङ्क बढ्न थालेपछि डिभिजन वन कार्यालय तनहुँको सक्रियतामा चितुवा नियन्त्रणका लागि पासो थपिएको छ । बाख्रा खान जाँदा चितुवा पासोमा पर्ने हुँदा नियन्त्रणका लागि सहज हुने डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अनुसार विभिन्न ठाउँमा गरी २२ स्थान बाख्रा सहितको पासो राखिएको छ

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिले फिर्ता पठाए

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...

राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...

सम्पत्ति शुद्धीकरण मुद्दामा रामबहादुर बम्जनले पाए सफाइ

काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...

बाँकेको खजुरा बजारको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर सङ्कलन

नेपालगन्ज। स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्...

अब बाँकी रहेका कम्युनिस्ट शक्तिहरूलाई पनि एकताबद्ध गर्नेछौँ - प्रचण्ड

रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।...

ढाकामा नेपालका १० फोटोपत्रकार सम्मानित

काठमाडौँ। बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । ब...

स्थानीय चुनावका लागि रास्वपाको नयाँ मापदण्ड: ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ उत्तीर्ण गर्नुपर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूका लागि नयाँ योग्यता मापद...

रवि लामिछानेको उद्योगी व्यवसायीलाई आश्वासन - डर–त्रासमा नपर्न आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रक...

घाउमा इन्फेक्सन भएपछि ओलीको भेटघाट बन्द, अझै १०-१५ दिन सुरक्षित बस्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को हाल राजनीतिक भेटघाट नियन्त्रित गरिएको छ। हालै पत्थरीको शल्यक्रिया गरेका उनी ...

स्वतन्त्र र जिम्मेवार प्रेस नै लोकतन्त्रको आधारस्तम्भ - सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending