कञ्चनपुर। कञ्चनपुरसहित सुदूरपश्चिमका तीन जिल्लामा भारी वर्षा भइरहेको छ । आइतबार रातिदेखि कञ्चनपुर, कैलाली र डडेल्धुरामा लगातार भारी वर्षा भइरहेको हो ।
भारी वर्षाको कारण कञ्चनपुर, कैलालीका बाढी जोखिम क्षेत्रमा उच्च सर्तकता अपनाउन महाकाली बेसिन कार्यालय अत्तरियाले आग्रह गरेको छ । कञ्चनपुरको बेलौरीमा २४९ मिलिमिटर वर्षा मापन गरिएको छ ।
अहिले कञ्चनपुरको पुर्नवास, बेलौरी र कृष्णपुर, कैलालीको दोगावरी, धनगढी र डडेल्धुरामा भारी वर्षा भइरहेको महाकाली बेसिन कार्यालयका प्रमुख संजय कुमार शाहले बताए। उनका अनुसार पछिल्लो १२ घण्टा यता बेलौरीमा २ सय ४९ मिलिमिटर वर्षा मापन गरिएको छ । भारी वर्षाको कारणले बेलौरीको कलकत्ता, शिवनगर, खल्ला कुण्डा, शान्तीपुर लगायतका क्षेत्रमा डुवाको जोखिम रहेको छ ।
भारी वर्षा भइरहेकाले सर्तकता अपनाउन महाकाली बेसिन कार्यालय अत्तरियाले आग्रह गरेको छ । वर्षापछिको बाढीको कारण महाकाली नदी र मोहना नदिले सतह सर्तकता तह पार गरेकाले तल्लो तटिय क्षेत्रमा बस्ने स्थानीयहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ । अत्याधिक वर्षाका कारण होचा स्थानमा बनेका घरहरुमा डुवानको जोखिम बढेको छ ।
सोमबार साँझ सम्म भारी वर्षा हुने अनुमान गरिएको महाकाली बेसिन कार्यालयका प्रमुख शाहले बताए । उनले भने,–“आज बेलुका सम्म भारी वर्षा हुने भएकाले तल्लो तटिय क्षेत्रमा बस्ने बासिन्दाहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गरिन्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - १७:२८
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...
फाल्गुन २१ गते, २०८२ - १७:२३
काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...
फाल्गुन २१ गते, २०८२ - १७:१५
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...
फाल्गुन २१ गते, २०८२ - १७:०५
घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा ...
फाल्गुन २१ गते, २०८२ - १६:५९
काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ । आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...
फाल्गुन २१ गते, २०८२ - १६:५१
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...
फाल्गुन २१ गते, २०८२ - १६:३९
फुङलिङ। ताप्लेजुङमा बिहीबार दिउँसो ३:३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जस...
फाल्गुन २१ गते, २०८२ - १६:३४
काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका लुटिएको घटनापछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। हराएका मतपत्रसमेत पूर्ण रूपमा फेला नपरेकाले...
फाल्गुन २१ गते, २०८२ - १६:३०
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेको छिन् । प्रधानमन्त्री कार्कीले आज...
फाल्गुन २१ गते, २०८२ - १६:२३
काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन...



प्रतिकृया लेख्नुहोस्: