Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

राष्ट्रसङ्घको नेतृत्वमा अफगानिस्तानको सङ्कट समाधानका लागि दोहा वार्ता सुरु

खबरडबली संवाददाता

दोहा कतार । अफगानिस्तानको सङ्कट समाधानार्थ संयुक्त राष्ट्रसङ्घ नेतृत्वको दोहा वार्ता सोमबार देखि सुरु भएको छ । वार्ता मादक पदार्थको प्रतिरोध, आर्थिक सुधार, सहयोगीहरुको समावेशी सहभागितामा केन्द्रित रहेको खामा प्रेसले जनाएको छ ।

अफगानिस्तानको आर्थिक र सामाजिक सङ्कटलाई सम्बोधन गर्ने उद्देश्यले दोहा प्रक्रिया बैठकहरूको नयाँ चरण सोमबार  र मङ्गलबार कतारको दोहामा हुनेछ । अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन (युएनएएमए) ले संयुक्त राष्ट्र सदस्य राष्ट्रका प्रतिनिधि, तालिबान अधिकारी, अफगानिस्तान नागरिक समाज, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्राविधिक विशेषज्ञलगायतको सहभागिता रहनेछ ।

युएनएएमएका प्रवक्ताले आगामी छलफल  मादक पदार्थ विरोधी प्रयास र अफगानिस्तानको निजी क्षेत्रको विकास प्राविधिक कार्य समूहले लागुऔषध तस्करीसँग लड्न र निजी क्षेत्रको वृद्धिको माध्यमबाट आर्थिक सुधारलाई बढावा दिने रणनीति केन्द्रित हुने प्रवक्तालाई उद्धृत गर्दै खामा प्रेसले जनाएको छ ।

सन् २०२३ मा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा पेस गरिएको स्वतन्त्र मूल्याङ्कन प्रतिवेदनको सिफारिस पछि कार्यसमूहहरू स्थापना गरिएको थियो । प्रतिवेदनले अफगानिस्तानसँग विशेष गरी गैर–राजनीतिक, प्राविधिक सहयोगको माध्यमबाट थप संरचित, समावेशी र समन्वित विश्वव्यापी संलग्नताका लागि आह्वान गरेको छ ।

युएनएएमएले  बैठकहरू तालिबानलाई औपचारिक मान्यता प्रदान गर्ने उद्देश्यले नभई अफगानिस्तानका जनतालाई समर्थन गर्न व्यावहारिक मार्गहरू खोज्नको लागि आयोजना गरिएको जनाएको छ । यी बैठकहरूको लक्ष्य विशेष आर्थिक विकास, लागुऔषध नियन्त्रणजस्ता क्षेत्रहरूमा अफगानिस्तानको सङ्कटहरूको व्यावहारिक, अराजनैतिक समाधानहरू विकास गर्नु हो ।

सन् २०२१ अगस्टमा तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानको मानवीय र आर्थिक स्थिति बिग्रँदै गएको छ । सन् २०२३ मा संयुक्त राष्ट्रद्वारा नियुक्त विशेषज्ञले फगानिस्तानको अवस्थाको स्वतन्त्र मूल्याङ्कनको प्रतिवेदनले राजनीतिक मान्यता बहसमा नपरेर खाद्य असुरक्षा, स्वास्थ्य सेवाको अभाव, शिक्षाको खाडल र जीविकोपार्जनलाई सम्बोधन गर्न समावेशी प्राविधिक मञ्चहरू सिर्जना गर्न पर्नेमा जोड दिएको छ ।

बैठकको यो आगामी चरण रचनात्मक रहने अपेक्षा गरिएको र यसको उद्देश्य सहयोग, संवाद र समन्वित कार्यको माध्यमबाट अफगानिस्तानको दबाबपूर्ण चुनौतिहरू समाधान गर्न सम्बन्धित सबैलाई एकजुट गर्नु रहेको सहभागी अफगानी प्रतिनिधिले बताएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE