Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

राष्ट्रसङ्घको नेतृत्वमा अफगानिस्तानको सङ्कट समाधानका लागि दोहा वार्ता सुरु

खबरडबली संवाददाता

दोहा कतार । अफगानिस्तानको सङ्कट समाधानार्थ संयुक्त राष्ट्रसङ्घ नेतृत्वको दोहा वार्ता सोमबार देखि सुरु भएको छ । वार्ता मादक पदार्थको प्रतिरोध, आर्थिक सुधार, सहयोगीहरुको समावेशी सहभागितामा केन्द्रित रहेको खामा प्रेसले जनाएको छ ।

अफगानिस्तानको आर्थिक र सामाजिक सङ्कटलाई सम्बोधन गर्ने उद्देश्यले दोहा प्रक्रिया बैठकहरूको नयाँ चरण सोमबार  र मङ्गलबार कतारको दोहामा हुनेछ । अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन (युएनएएमए) ले संयुक्त राष्ट्र सदस्य राष्ट्रका प्रतिनिधि, तालिबान अधिकारी, अफगानिस्तान नागरिक समाज, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्राविधिक विशेषज्ञलगायतको सहभागिता रहनेछ ।

युएनएएमएका प्रवक्ताले आगामी छलफल  मादक पदार्थ विरोधी प्रयास र अफगानिस्तानको निजी क्षेत्रको विकास प्राविधिक कार्य समूहले लागुऔषध तस्करीसँग लड्न र निजी क्षेत्रको वृद्धिको माध्यमबाट आर्थिक सुधारलाई बढावा दिने रणनीति केन्द्रित हुने प्रवक्तालाई उद्धृत गर्दै खामा प्रेसले जनाएको छ ।

सन् २०२३ मा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा पेस गरिएको स्वतन्त्र मूल्याङ्कन प्रतिवेदनको सिफारिस पछि कार्यसमूहहरू स्थापना गरिएको थियो । प्रतिवेदनले अफगानिस्तानसँग विशेष गरी गैर–राजनीतिक, प्राविधिक सहयोगको माध्यमबाट थप संरचित, समावेशी र समन्वित विश्वव्यापी संलग्नताका लागि आह्वान गरेको छ ।

युएनएएमएले  बैठकहरू तालिबानलाई औपचारिक मान्यता प्रदान गर्ने उद्देश्यले नभई अफगानिस्तानका जनतालाई समर्थन गर्न व्यावहारिक मार्गहरू खोज्नको लागि आयोजना गरिएको जनाएको छ । यी बैठकहरूको लक्ष्य विशेष आर्थिक विकास, लागुऔषध नियन्त्रणजस्ता क्षेत्रहरूमा अफगानिस्तानको सङ्कटहरूको व्यावहारिक, अराजनैतिक समाधानहरू विकास गर्नु हो ।

सन् २०२१ अगस्टमा तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानको मानवीय र आर्थिक स्थिति बिग्रँदै गएको छ । सन् २०२३ मा संयुक्त राष्ट्रद्वारा नियुक्त विशेषज्ञले फगानिस्तानको अवस्थाको स्वतन्त्र मूल्याङ्कनको प्रतिवेदनले राजनीतिक मान्यता बहसमा नपरेर खाद्य असुरक्षा, स्वास्थ्य सेवाको अभाव, शिक्षाको खाडल र जीविकोपार्जनलाई सम्बोधन गर्न समावेशी प्राविधिक मञ्चहरू सिर्जना गर्न पर्नेमा जोड दिएको छ ।

बैठकको यो आगामी चरण रचनात्मक रहने अपेक्षा गरिएको र यसको उद्देश्य सहयोग, संवाद र समन्वित कार्यको माध्यमबाट अफगानिस्तानको दबाबपूर्ण चुनौतिहरू समाधान गर्न सम्बन्धित सबैलाई एकजुट गर्नु रहेको सहभागी अफगानी प्रतिनिधिले बताएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...

निर्वाचित एमालेकाे पहिलाे बैठक भाेलि बस्ने

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending