Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

अत्यधिक शरणार्थी फिर्ता हुँदा अफगानिस्तानको स्थायित्वमा असर पर्ने जोखिम

खबरडबली संवाददाता

काबुल । अफगान शरणार्थीहरू ठुलो सङ्ख्यामा छिमेकी मुलुक इरानबाट आफ्नो देश फर्किन थालेपछि संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त कार्यालय (युएनएचसीआर) ले गहिरो चिन्ता व्यक्त गरेको छ । 

यसरी ठुलो सङ्ख्यामा शरणार्थीहरू एकैचोटि फिर्ता भएपछि अफगानिस्तानको पहिले नै संवेदनशील रहेको स्थायित्वमा थप असर पर्न सक्ने चेतावनी दिइएको हो । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को मार्च २० बाट लागु भएको फिर्तासम्बन्धी समयसीमापछि हालसम्म ६ लाख ४० हजारभन्दा बढी अफगान नागरिकहरू इरानबाट फर्किएका छन् । इरान र पाकिस्तान दुबैबाट हालसम्म १२ लाखभन्दा बढी अफगानहरू स्वदेश फर्किएको युएनएचसीआरको प्रतिवेदनमा उल्लेख छ।

युएनएचसीआरका अफगानिस्तानस्थित प्रतिनिधि  आराफत जमालले भने, “हामीले तुरुन्तै सहयोग पुर्‍याउनु आवश्यक छ । अन्तर्राष्ट्रिय समुदायलाई हामी आग्रह गर्न चाहन्छौं कि उनीहरूले आपतकालीन सहायता मात्र होइन, दीर्घकालीन पुनःस्थापनाका कार्यक्रमहरूमा पनि सहयोग पुर्‍याउन् । यदि शरणार्थीहरूलाई समाजमा सम्मानजनक र स्थायी रूपमा पुनःस्थापित गर्न सकिएन भने अस्थिरता र पुनः विस्थापनको चक्र निरन्तर दोहोरिन सक्छ ।”

संयुक्त राष्ट्रसङ्घले पुनः आग्रह गर्दै  शरणार्थीको फिर्ता स्वेच्छिक, सुरक्षित र मर्यादापूर्ण हुनुपर्ने भनेको छ । कुनै पनि प्रकारको दबाब वा जबरजस्ती फिर्ताले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्न सक्दैन, बरु समग्र क्षेत्रमा अस्थिरता निम्त्याउन सक्छ ।

युएनएचसिआरको अनुमान अनुसार हालसम्म पनि करिब ७० लाख अफगान शरणार्थी विदेशमा बसोवास गरिरहेका छन्, तीमध्ये धेरैजसो इरान र पाकिस्तानमा छन् । तीमध्ये अधिकांशले कुनै पनि कानुनी कागजात नपाएका कारण उनीहरूको अवस्था झनै संवेदनशील रहेको जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घले समग्र अन्तर्राष्ट्रिय समुदाय, छिमेकी राष्ट्र र सहयोगी संस्थाहरूलाई अपिल गर्दै शरणार्थीहरूको सुरक्षित पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणमा सक्रिय भूमिका खेल्न आग्रह गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्पा र गेस्टहाउसमा प्रहरी छापा, पाँचजना पक्राउ

काठमाडाैं । नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिको काममा  लगाएको आरोपमा प्रहरीले काठमाडौंका स्पा र गेस्टहाउसमा छापा हानेर पाँचजनालाई पक्राउ गरेको छ ।...

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending